१९ मंसिर २०८२, शुक्रबार
,
Latest
प्लेअफमा पुग्न लुम्बिनीले पायो १३३ रनको लक्ष्य मधेश प्रदेशको मुख्यमन्त्रीमा कृष्णप्रसाद यादव नियुक्त लोकतान्त्रिक पद्धतिलाई स्थापित गर्न पत्रकारको महत्त्वपूर्ण योगदान छः मुख्यमन्त्री शाह मधेस प्रदेशसभा सदस्य विच्छा निलम्बनमा बालुवाटारमा सर्वपक्षीय बैठक सुरु भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन मधेशको मुख्यमन्त्रीमा कांग्रेस सांसद कृष्णप्रसाद यादवको दाबी पेश भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की जेनजी आन्दोलनका सहिद: एउटा सपनाको अन्त्यसँगै देशले भोगेको गहिरो क्षति कृषिमन्त्री डा परियार र राजदूत चेन सङबीच भेटवार्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ४१.२४ अंक बढेर २२३५.७२ विन्दुमा



अ+ अ-

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ४१ दशमलव २४ अंक बढेर २ हजार २२३५ दशमलव ७२ विन्दुमा पुगेको छ । आइतबार २०६ ओटा कम्पनीको १ करोड ५० लाख ३० हजार ८३६ कित्ता शेयरको रू. ६ अर्ब ३२ करोड ६६ लाख ४६ हजार बराबरको शेयर खरीदविक्री भएको छ ।

कारोबारमा आएका १२ ओटा समूहमध्ये जीवन बीमा कम्पनीहरुको समूहबाहेक सबै समूहको परिसूचक बढेको छ । सबैभन्दा बढी विकास बैंक समूहको परिसूचक ३ शदमलव ९८ प्रतिशत वृद्धि भएको छ । त्यसैगरी बैकिङ समूहको परिसूचक ३ दशमलव ५९ प्रतिशत वृद्धि भएको छ । दोस्रोमा कुमारी बैंकको रू. ३० करोड ४५ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।

सबैभन्दा प्रभु लाइफ इन्स्योरेन्सको शेयर मूल्य १० प्रतिशत, नारायणी डेभलपमेण्ट बैंकको ९ दशमलव ९७ प्रतिशत र आरम्भ चौतारी लघुवित्तको शेयर मूल्य ९ दशमलव ८९ प्रतिशत वृद्धि भएको छ । आइतबारको कारोबारमा सर्वाधिक कारोबार भने प्रभु बैंकको भएको छ । उक्त कम्पनीको रू. ४० करोड २९ लाख ९१ हजार बराबरको शेयर खरीदविक्री भएको हो ।