२३ जेष्ठ २०८३, शनिबार
,
Latest
वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पक्राउ अवैध लागूऔषध २३ जना पक्राउ अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण छन्: अध्यक्ष नेपाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सरकारले कृषि क्षेत्रमा ल्याएका योजना अर्थपूर्ण रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा देवशंकर पौडेलेको लिखुसँग आत्मसमर्पण विमोचन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको बताउनु भयो । उहाँले अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भ्रष्टीकरण रहेको बताउनु भयो । उहाँले भ्रष्टाचारले नेता, कार्यकता र देश बिग्रिएको बताउनु भयो ।

उहाँले समाज विकृति र विसंगतिका कारण बिग्रिरहेको बताउनु भयो । उहाँले देशको योजना बनाउँदा हावादारी योजना बनँउन नहुने बताउनु भयो । अध्यक्ष नेपालले आफूहरु नेपालको राजनीति सहज ढंगले अघि बढ्नुपर्ने पक्षमा रहेको बताउनु भयो । उहाँले नेतृत्वमा बस्नेहरुले जनताको चाहना, पीडा र वेदनालाई सम्बोधन गर्न आवश्यक रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको राजनीतिमा सबैभन्दा बिग्रिएको पक्ष भनेको भ्रष्टीकरणको पक्ष छ । नेताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले, कार्यकर्ताहरु पनि बिग्रिएका छन् भ्रष्टाचारले । देश पनि बिग्रिएको छ भ्रष्टाचारले । समाज पनि बिग्रिएको छ, विकृति र विसंगतिले । त्यसैले यि सबै चिजबाट कसरी हामीले उन्मुक्ति प्राप्त गर्ने, हामी ति सबैबाट कसरी माथि बढ्ने ? भ्रष्टाचारलाई उन्मु्लन गर्नेकुरामा, नियन्त्रण गर्नेकुरामा, यसबाट जोगिने कुरामा, ध्यान कसरी दिने ? देशको योजना बनाउँदा हावादारी योजना बनाएर भएन । अहिले मैले बजेटको एउटा पक्ष देखेँ । कृषिको सन्दर्भमा ल्याइएका योजनाहरु मलाई साह्रो मन पर्‍यो । कृषिलाई नेपालको अर्थतन्त्रको आधारशिलाको रुपमा लिनुपर्ने र त्यस रुपमा नै अघि सारिएको देख्दा धन्यवाद दिन मन लाग्यो । राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्‍याएर चल्नुपर्दछ । सबै चिजलाई ध्यानमा राखेर चल्नुपर्छ । संवेदनशील भएर पनि चल्नुपर्छ । संवेदनशील भएर चल्न सक्यो भने संवेदनशीलताको कवच आवश्यकता पर्दछ ।

अध्यक्ष नेपालले राष्ट्रिय राजनीतिलाई अघि बढाएर जाने सन्दर्भमा विचार पुर्‍याउन जरुरी रहेको बताउनु भयो ।