२६ आश्विन २०८३, सोमबार Monday, October 12, 2026
२६ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त , मधु , बिनोद र महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी News Polar पुँजी बजारलाई गाउँको उत्पादन र अर्थतन्त्रसँग जोड्नुपर्छः अध्यक्ष भट्ट News Polar बागमती प्रदेशलाई योग, स्वास्थ्य, पर्यटन र समृद्धिको नमुना प्रदेश बनाउँछौँः मुख्यमन्त्री थापामगर News Polar कांग्रेस महाधिवेशन : उपसभापतिमा भण्डारी र महामन्त्रीमा प्रदीप पौडेलको फराकिलो अग्रता News Polar सुदूरपश्चिम प्रदेशसभामा बजेट टेबल News Polar चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध News Polar सुनका गरगहना चोरीमा संलग्न पाँच जना पक्राउ News Polar बूढीगण्डकी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा रहन प्रधानमन्त्रीको आग्रह News Polar बूढीगण्डकी बाढीः पाँच जना सम्पर्कविहीन, ८२ जनाको उद्धार News Polar इरान र ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता News Polar अपडेटः जिबुटीको सामुद्रिक तटमा डुङ्गा दुर्घटनामा १०९ आप्रवासीको मृत्यु, ११६ बेपत्ता : राष्ट्रसङ्घ News Polar दोधारा-चाँदनी झोलुङ्गे पुल मर्मतका लागि एक करोड बजेट News Polar गोरखामा बाढीपहिरोबाट भएको क्षतिप्रति चिनियाँ राजदूतद्वारा दुःख व्यक्त, सहयोग गर्ने प्रतिबद्धता News Polar विश्वकप लिग-२: क्यानडाविरुद्ध नेपालको जित News Polar तनहुँमा दुई हजार २२० मतदाताको नामावली हटाइयो News Polar राष्ट्रसेवक कर्मचारी समाजबाट वाणिज्य सचिव तामाङ सम्मानित News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १७ अर्ब  ५४ करोड पुग्यो News Polar पोखराको प्रख्यात तालबाराही मन्दिर तीन वर्षपछि भक्तजनका लागि खुला News Polar प्रा डा उपाध्यायलाई यस वर्षको संस्कृत विशेष सम्मान News Polar अस्थायी नदी अवरोध फुट्दा बुढीगण्डकीमा बाढी

राष्ट्रपतिलाई सेरेमाेनियल रुपमा राखेका हौं : प्रधानमन्त्री

राष्ट्रपतिलाई सेरेमाेनियल रुपमा राखेका हौं : प्रधानमन्त्री
अ अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गरेको बताउनुभएको छ । 

आइतबार राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय सभा सदस्यहरुको प्रश्नको जवाफ दिदैँ प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्र गरी सेरेमुनियल रुपमा राखेको भन्दै राष्ट्रपति प्रति पुरातनवादी सोचका मान्छेहरु र मुलुकलाई पछाडी फर्काउन चाहानेहरुले दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्ने गरेका बताउनुभएको हो ।

राष्ट्रिय सभा सदस्य अनिता देवकोटाले ‘यहाँले महाराज घोषणा गरियोस भनेर राष्ट्रपतिकोमा पठाउनुहोला, राष्ट्रपतिले त्यो विज्ञप्ति जारी गर्नुहोला, के हामीले महाराज भनेर मान्ने ?’ भन्ने प्रश्नको उत्तर दिदैँ प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति नभई सेरेमोनियल राष्ट्रपति राखेको बताउनुभयो । 

सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा, मर्यादाको रुपमा रहेर काम गर्ने राष्ट्रपति संविधानले व्यवस्था गरेको उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘राष्ट्रपतिलाई हामीले जम्माजम्मी प्रधानमन्त्रीले गरेको सिफारिसलाई लाहा छाप लाउने मात्रै हिसाबमा एउटा सेरेमुनियल रुपमा राष्ट्रपति राखेका छौँ अनि के एक्टिभ राष्ट्रपति चाहियो हामीलाई ? प्रधानमन्त्रीले गरेको सिफारिस नमान्ने, आफ्नै ढंगले चल्ने राष्ट्रपति चाहियो हामीलाई ? महाराजधिराज जस्तो राष्ट्रपति चाहियो हामीलाई हुकुम तामेल गर्ने ? त्यस्तो राष्ट्रपति हामीले खोजेको होईन । हामीले खोजेको सम्मानीत राष्ट्रपति भनेको सेरेमोनियल राष्ट्रपति हो । जसले सम्मानित संस्थाको रुपमा, संविधानको रक्षक र पालकको रुपमा मर्यादाको रुपमा रहेर काम गर्छ, त्यस्तो राष्ट्रपति खोजेको हो । 

संविधान भन्दा बाहिर गएर स्वेच्छाचारी ढंगले चल्ने राष्ट्रपति अहिलेको संविधानको कुरापनि होईन । हामीले ल्याएको प्रणालीको कुरापनि होईन । हाम्रो संविधानको व्यवस्था पनि होईन । राष्ट्रपति प्रति केही पुरातनपन्थी सोचका मान्छेहरु मुलुकलाई पछाडी फर्काउन चाहाने तत्वहरु अथावा आफ्नो संकिर्ण दलिय स्वार्थका हिसाबले राष्ट्रपतिको गरिमा माथि हिलो छ्याप्न खोज्नेहरुले राष्ट्रपतिको विरोध गर्छन् । हामीले देखि भोगि आएको कुरा हो ।’

राष्ट्रिय सभा सदस्य रमेशजंग रायमाझीले आली नेतृत्वको सरकार संविधानको धारा ७६ को उपधारा १ अनुसार नबनेको बतानउनुभयो । उहाँले तत्कालीन नेकपा (एमाले) र नेकपा(माओवादी केन्द्र)को संयुक्त सरकार धारा २ अन्तर्गत बनेको र प्रधानमन्त्रीले संसदले अर्को सरकार बनाउने सम्भावना हुँदाहुँदै किन संसद विघटन गर्नुभयो भन्ने प्रश्न गर्नुभयो ।

जवाफमा प्रधानमन्त्री ओलीले सरकार निर्माणको बेलामा उपधारा १ अनुसार नभएपनि दुई राजनीतिक दल एकीकरणपश्चात दुई पार्टी मिलेर एउटै संसदीय दलको नेता आफू छानिइ सरकार संविधानको धारा ७६ को उपधारा १ अनुरुप परिणत भएको बताउनुभयो । वर्तमान सरकार एकै दलको बहुमतको सरकार भएको र संसद विघटनको सिफारिस गर्दासम्म आफू बहुमतप्राप्त दलको संसदीय दलको नेता रहेको उहाँको भनाई छ ।

प्रधानमन्त्री ओलीलाई प्रश्न गर्दै राष्ट्रिय सभा सदस्य प्रमिला कुमारीले २०१७ सालमा राजा महेन्द्रले कु गरेजस्तै प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरी गणतन्त्र, संघीयता, समावेशिता र धर्मनिरपेक्षता माथि तरबार झुण्ड्याएको बताउनुभयो । राष्ट्रिय सभा सदस्यहरु सदन बन्द होस भन्ने पक्षमा नरहेको उहाँको भनाई छ । प्रधानमन्त्री ओलीलाई राष्ट्रिय सभा सदस्यहरु जितेन्द्रनारायण देव, प्रमिला कुमारी, रमेशजंग रायमाझी, प्रकाश पन्त र अनिता देवकोटाले प्रश्न गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले आ–आफ्नो दलको चुनावको तयारीमा लाग्न सुझाव समेत दिनुभयो ।