२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar सुदूरपश्चिम प्रदेशको ३७ अर्ब ७० करोडको बजेट प्रस्तुत, दुई महिनाको बजेट शून्यता अन्त्य News Polar बिपी राजमार्ग : पुनर्निर्मित सडकबाटै आवागमन, दसैँमा थप सहज News Polar बुढीगण्डकी बाढी : मनाश्लु हिँडेका पर्यटक बीचैमा रोकिए News Polar बूढीगण्डकीमा बाढी : ५ जना बेपत्ता, खोज तथा उद्धारका लागि ४३७ जना सुरक्षाकर्मी परिचालित News Polar सप्ताहव्यापी विश्व खाद्य दिवस सुरु, खाद्यका लागि कृषि अभियानको संयोजकत्वमा विविध कार्यक्रम News Polar कांग्रेसको १५औँ महाधिवेशन : उपसभापतिमा चन्द्रकान्त भण्डारी र महामन्त्रीमा प्रदीप पौडेल अगाडि News Polar मुलुकको समग्र शिक्षा क्षेत्रको ४१ प्रतिशत भार निजी क्षेत्रले वहन गरेको छ, लगानीको सुरक्षा खै ?- हिसान News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’

देउवाले प्रयोग गर्न खोज्दा माधवको बेचैनी बढ्दै

देउवाले प्रयोग गर्न खोज्दा माधवको बेचैनी बढ्दै
अ अ+ अ-

काठमाडौं । संसद्को अहिलेकै कार्यकालमा एक पटक जसरी पनि प्रधानमन्त्री बन्ने ध्याउन्नमा रहेका सत्तारुढ दल नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको बेचैनी बढेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कार्डका रुपमा प्रयोग गर्न खोजेपछि उनको छटपटी बढेको हो ।

आफ्नो दल सरकारमा भए पनि अध्यक्ष नेपाल विपक्षी दलको वैकल्पिक गठबन्धन बनाउने बैठकमा बिहीबार सहभागी भए । यता सत्ता समीकरणमा, उता विपक्षी खेमाको बैठकमा सहभागी हुनुले नेपाल ठूलै छटपटीमा रहेको पुष्टि हुन्छ ।

अध्यक्ष नेपालले सत्ता गठबन्धनका नेताहरुसँग धेरै पटक गुनासो गरिसकेका छन् । तर सुनुवाई हुनु त कता हो कता उल्टै उनी दबाबमा परिरहेका छन् । गठबन्धनका शीर्ष नेताहरुको बैठकमा उनलाई बोलाइएको छैन भने कुरासमेत सुनिँदैन । उनको पार्टी नेकपा एसले नेतृत्व गरेको सुदूरपश्चिम सरकारलाई पूर्णता दिन एमालेले सघाएको छैन । कर्णाली र कोशीमा एमालेको नेतृत्वमा आफ्नो दललाई सहभागी नगराएको, राजनीतिक नियुक्तिमा बेवास्ता गरेको, सरकारका महत्वपूर्ण निर्णय लिँदा आफूसँग परामर्श नगरेको लगायत उनका गुनासा हुने गरेका छन् ।

कांग्रेस–माओवादी गठबन्धन हुँदा नेपालको चुरिफुरी बेग्लै थियो । उनी सत्ताको मियो जसरी आफूलाई प्रस्तुत गर्थे । तर अहिले उनको कुरा सुन्नै छाडिएको छ । प्राय: आफ्ना गुनासो सम्बोधन नभएपछि नेपालको छटपटी सुरु हुन्छ । त्यसपछि उनी सार्वजनिक रूपमा दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न थाल्छन् । विपक्षीहरुसँग नजिक हुन खोज्छन् ।

सत्ता समीकरणको रेखा नाघेर बुधबार उनी विपक्षी दल कांग्रेस, जनता समाजवादी नेपाल र लोकतान्त्रिक समाजवादीको बैठकमा सहभागी हुन कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठ पुगे । मधेश प्रदेशमा जसपाका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत लिने सन्दर्भमा बोलाइएको बैठकमा नेपाल सहभागी भएर ओली र दाहाललाई अर्को विकल्पको पक्षमा रहेको संकेत गरे ।

मधेश सरकारबाट एमाले र माओवादी बाहिरिए पनि एस सरकारमै छ । ओली र दाहालले एसले मधेश सरकारमै रहेर यो समीकरणको विकल्प खुला राखेको अर्थका रूपमा लिएका छन् । तर बुधबार विपक्षी खेमाको बैठकमा सहभागी भएर नेपालले देखिने गरी सत्ता समीकरणलाई चुनौती दिएका छन् । प्रमुख प्रतिपक्ष कांग्रेसलगायत दलको समीकरण भत्काउने नीतिलाई बल पुग्ने गरी नेपालले गतिविधि गरेकोमा ओली र दाहाल भने असन्तुष्ट देखिएका छन् । उनीहरुको चाहना गठबन्धनमा बसेर अन्तरघात गर्नुभन्दा बाहिर गइदिए हुन्थ्यो भन्ने सम्मको भइसकेको छ ।

अहिले नेकपा एसका दुई जना मन्त्री सरकारमा छन् । प्रतिनिधिसभामा १० र राष्ट्रिय सभामा ८ जना सांसद रहेको नेकपा एसलाई तत्काल सरकारबाट बाहिर ल्याउन पनि नेपाल सक्दैनन् । किनकी पार्टी कमजोर छ र त्यसमा पनि विभाजनको डर छ । नेपाल बुधबार देउवा निवास बालुवाटार गएको भोलिपल्ट बिहीबार बिहान एसका वरिष्ठ नेता झलनाथ खनाल प्रधानमन्त्री दाहाललाई भेट्न बालुवाटार पुगे । उनले एस यही समीकरण बलियो बनाउने पक्षमा रहेकाले कुनै आशंका नगर्न आग्रह गरे ।

नेपाल असन्तुष्ट हुनुमा ओलीसँगको तिक्तता पनि एक कारण हो । एमाले विभाजन भएपछि सुरु भएको तिक्तता गत फागुनमा एउटै समीकरण र सरकारमा रहँदासमेत मेटिएको छैन । नयाँ समीकरण बनेपछि नेपाल निवासमै गएर ओलीले सम्मानजनक सहकार्य हुने बताए पनि त्यसपछि भने नेपाललाई व्यंग्य गर्दै आएका छन् । ओलीले एसलाई विभाजन गरी एमालेमा गाभ्न लागेको बुझाइ नेपालको छ ।

दोहोरो चेपुवामा परेका नेपाल अब यता त उताको भएका छन् । उनी न गठबन्धनबाट अलग हुन चाहन्छन् न सक्छन् नै । यस्तै दोधार कतिसम्म पालेर राख्ने ?