१५ फाल्गुन २०८१, बिहीबार
February 27, 2025 Thursday

14.27°C

काठमाडौं

14.27°C

Kathmandu

Feels-like: 14.05

Wind: 2.06

Humidity: 88

तपाईं के खोज्दै हुनुहुन्छ ?

चिनियाँ राजदूत र पत्रकार गजेन्द्र बुढाथोकीबीच आरोप–प्रत्यारोप



अ+ अ-

काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत छन् सोङ र पत्रकार गजेन्द्र बुढाथोकीबीच आरोप प्रत्यारोप चलेको छ । राजदूत सोङ र पत्रकार बुढाथोकीले धम्कीयुक्त भाषा नै प्रयोग गरेका छन् ।

पत्रकार बुढाथोकीले पोखरा विमानस्थल निर्माणका लागि लिइएको ऋण सम्बन्धमा सामाजिक सञ्जाल ‘एक्स’मा गरेको एउटा पोस्टमा आरोप प्रत्यारोप चलेको हो । बुढाथोकीले तीन दिनअघि ‘पोखरा विमानस्थलका लागि लिएको ऋण २ प्रतिशत ब्याजदरको भन्दै आएका थिए । ५ प्रतिशत पो रहेछ’ भन्दै पोस्ट गरेका थिए ।

त्यही पोस्टमा मंगलबार राति रिप्लाइ गर्दै राजदूत सोङले अहिलेसम्म आफूले देखेको सबैभन्दा ठूलो झुट भएको बताएका छन् । उनले लेखेका छन्, ‘यो सार्वजनिक सूचना हो, तैपनि यसबारे झुट बोल्ने आँट गर्नुभयो ।’

सोङले आफूहरूले बुढाथोकी र उनले प्रतिनिधित्व गर्ने (व्यक्ति/संस्था) बाट पनि औपचारिक माफीको माग गरेको बताएका छन् ।
पत्रकार बुढाथोकी टक्सार म्यागेजिनका सम्पादक हुन् । उनले आफूलाई धम्की नदिन र सीमामा बस्न राजदूतलाई सुझाव पनि दिएका छन् ।