२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतको संघर्षपूर्ण खेल, एडिलेड टेस्ट बराबरीमा सकियो



अ+ अ-

सिड्नी – अस्ट्रेलिया र भारतबीचको तेस्रो टेस्ट क्रिकेट बराबरीमा सम्पन्न भएको छ । अस्ट्रेलियाले खेल जित्ने पूर्वानुमान गरिए पनि भारतीय ब्याट्सम्यानको धैर्यपूर्वक खेलले अस्ट्रेलिया निराश भएको थियो ।

पाँचौं दिन २ विकेटको क्षतिमा ९८ रनबाट खेल्न थालेको भारतले कूल ५ विकेटको क्षतिमा ३३४ रन बनाएको थियो । जितका लागि अस्ट्रेलियाले भारतसामु ४०७ रनको चुनौती दिएको थियो ।

कुनै पनि टिमले सिड्नीको खेल मैदानमा चौथो इनिङमा २८८ भन्दा बढी रन बनाउन सकेका थिएनन् । सन् २००६ मा दक्षिण अफ्रिका विरुद्ध अस्ट्रेलियाले चौथो इनिङमा सर्वाधिक बढी रन पछ्याएर खेल जितेको इतिहास छ ।

भ्रमणकारी टोली भारतले आफू विजयी हुने आकांक्षा राखेको देखिएको थिएन । भारतीय ब्याट्सम्यान हनुमा बिहारीले १६१ बलको सामना गरेर २३ रन मात्र बनाएका थिए । रविचन्द्रन अश्विनले पनि ११८ बल खेल्दै महत्वपूर्ण ३९ रन बनाएका थिए । दुबैले भारतीय टोलीको स्कोरलाई ३३४ सम्म पु¥याएका थिए ।

भारतका लागि रिषभ पन्तले ११८ बल खेल्दै विस्फोटक ९७ रन बनाएका थिए भने चेतेश्वर पूजाराले ७७ रन बनाए । यससँगै चेतेश्वरले टेस्ट खेलमा ६,००० रन पूरा गरे ।

अस्ट्रेलियाले पहिलो इनिङमा ३३८ तथा दोस्रो इनिङमा ६ विकेटको क्षतिमा ३१२ बनाएर भारतसामु जितका लागि ४०७ रनको चुनौती दिएको थियो ।

भारतले पहिलो इनिङमा २४४ तथा दोस्रो इनिङमा ५ विकेटको क्षतिमा ३३४ रन बनायो । एएफपी