४ आश्विन २०८१, शुक्रबार
,
Latest
प्रधानमन्त्री ओली दोहामा शिक्षकलाई दलीय संलग्नता निषेध गर्ने कानून कडाईका साथ लागू गरौँ: सांसदहरु पूर्व भारतीय क्रिकेटर विक्रम राठौर राजस्थानको ब्याटिङ कोच बने विधायन व्यवस्थापन समितिले दशैँअघि नै दुई विधेयकमाथिको छलफल सक्ने साताभर मनसुनी वायुको प्रभाव, धानलाई असर पर्ने सम्भावना अमेरिकामा संविधान दिवस मनाइयो ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट ‘मुभी लभर्स कम्युनिटी’ले ‘आँखा’को विशेष प्रदर्शन गर्ने महासंघको सक्रियताले अर्थतन्त्रमा आशा जागेको छः अध्यक्ष ढकाल हाम्रो पार्टीलाई बेवास्ता गर्ने प्रवृत्ति निन्दनिय: माधव नेपाल
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

बालेनले किन भने वास्तविक गणतन्त्र आउन अझै बाँकी छ ?



फाईल फोटो
अ+ अ-

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले देशमा वास्तविक गणतन्त्र आउन बाँकी रहेको बताएका छन् । प्रमुख बालेन्द्रले पुराना अमानवीय सोच र कुप्रवृत्तिविरुद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कुप्रवृति र सोचविरुद्ध काम गर्न नसकेको बताएका छन् ।

गणतन्त्र दिवसका दिन हिजो बालुवाटारस्थित १४ वर्षीया बालिकालाई महानगरपालिकाको  टोलीले उद्धार गरेका थियो । ती बालिका एक सांसदको घरमा काम गर्न बसेकी थिइन् । बालश्रमिक भएर पनि उनी दुव्र्यवहारको शिकार भएकी थिइन् । यही विषयलाई लिएर महानगरपालिकाका प्रमुख बालेनले लामो स्टासस नै लेखेर वास्तविक गणतन्त्र आउन बाँकी रहेको बताएका हुन् ।

बालेनले लेखेको स्टाटसमा के छ त ?

गणतन्त्र दिवस धेरै पल्ट आइसक्यो । तर, वास्तविक गणतन्त्र आउन अझै धेरै बाँकी छ । पुराना अमानवीय सोच र कुप्रवृतिविरूद्ध ल्याइएको यो व्यवस्थाले त्यस्ता कुप्रवृति र सोचविरूद्ध काम गर्न सकेको छैन । आमनागरिकसम्म गणतन्त्रको मिठास पुग्न सकेको छैन । नत्र मुठ्ठीभरलाई त यो देश सँधै स्वर्ग नै थियो । अझ सबै भन्दा दुखद त, यहि व्यवस्थाका लागि नीति नियम बनाउने ठाउँमा समेत यो व्यवस्थाको मर्म विपरित काम गर्नेहरू पुगेका छन् ।

हामीले बालुवाटारछेउबाट एक १४ बर्षे बालिकालाई उद्दार गर्यौँ । उनलाई लठ्ठी र पाइपले कुटपिट हुने गरेको भन्ने उजुरी परेको थियो । उनको अवस्था नाजुक थियो । दुखको कुरा, उनी जसको घरमा बालश्रमिक भएर दुर्वव्यवहार भोगिरहेकी थिइन्, त्यो सांसदको थियो ।

त्यस्तै, केहिदिन अगाडि एक होटलबाट बुवाले लिएको ऋणको तिर्न भनि जोखिमपुर्ण श्रममा लगाइएका २ जना १०१४ उमेर बताउँने बालकहरूको उद्दार गर्यौँ ।

लाग्छ, सामन्ती भनिने कमलरी प्रथा गणतन्त्रमा पनि अझै हटेको छैन । सांसदहरू समेतले त्यहि प्रथा जोगाएर आफु सभ्य भइटोपलिएका छन् ।

बालुवाटार छेउबाट उद्धार भएकी बालिकामाथि लट्ठी र पाइपले कुटपिट हुने गरेको भनी उजुरी परेका आधारमा उद्धार गरेका हौँ । अत्यन्तै नाजुक अवस्थामा सांसद जस्तो गरिमामय पदमा आसीन व्यक्तिको घरबाट समेत हामीले १४ वर्षकी बालिकालाई उद्धार गर्‍यौँ ।

२०८१ वैशाखदेखि हालसम्म ३१ जना बालबालिकाको उद्दार भएको छ । जसमा काठमाडौँ महानगरपालिकाकै क्यान्टिनदेखि सरकारी उच्चपदस्थ कर्मचारी, बालबालिकाकै लागि काम गर्ने भनिएका अन्तराष्ट्रिय निकाय र सांसदसम्मको घरबाट निकृष्टरूपमा बालश्रम शोषण गराइरहेको अवस्थाबाट बालबालिका उद्धार गरिएको हो ।

भनाइ र गराइको यस्तो असमानता छ । पढाइदिने बहानामा देशका दुर्गमबाट, गरिब परिवारबाट काठमाडौँ ल्याएर बालबालिकामाथि हुने हिंसा र दुर्वव्यहार आततायी छ । त्यो दुख भन्न ठुलो साहस चाहिन्छ । पिडितहरूसँग त्यो हुन सक्ने सम्भावना न्युन हुन्छ । यद्यपि, काठमाडौँ महानगरपालिकाले अहिले १०४ र नेपाल प्रहरीसमेतको समन्वयमा  महानगरपालिकाको ऋजष्मि च्भकअगभ त्भबm मार्फत शोषण, दुर्व्यवहार र जोखिममा परेका बालबालिकाको उद्दार गरिरहेका छौँ ।

उद्दार गरिएका बालबालिकालाई अस्थायी संरक्षण गृहमा संरक्षणका लागि राखेका छौँ । जहाँ उहाँहरूले भोग्नुपरेको समस्याहरू सुन्ने, उहाँहरूलाई मनोपरामर्श प्रदान गर्ने, स्वास्थ्य उपचार गर्ने र आवश्यक परेमा कानुनी सहायता समेत उपलब्ध गराइन्छ । साथै, उहाँहरूको अभिभावक खोजी गर्ने र परिवारलाई जीविकोपार्जनका लागि सहयोगसहित पुनर्स्थापना गराउन सकिने अवस्था छ कि छैन भन्ने बारेको लेखाजोखा गरिन्छ । यदि परिवार पत्ता नलागेमा र बालबालिकालाई परिवारमा फर्काउदा बालबालिकाको सर्वोत्तमहित हुने नदेखिएमा त्यस्ता बालबालिकालाई उपयुक्त संस्थामा राखी निज १८ वर्ष नभएसम्मको सम्पूर्ण जिम्मेवारी सरकारले लिने व्यवस्था गरेका छौँ ।

महानगरले कार्यक्षेत्रभित्र रहेको जिम्मेवारी पुरा गरेको छ र गर्नेछ । संघीय सरकारले बालश्रममा परेर दुर्व्यवहारमा परेका बालबालिकाहरूको बयानमा आधारित भएर कारबाही प्रक्रिया बढाओस् भन्ने आग्रह गर्दछौँ । बालबालिकाहरूले पिडकमाथि कारबाही अगाडि बढाउन अभिभावकको स्वीकृति लिनै पर्ने हालको कानूनी व्यवस्थाको पनि संशोधन गरोस् । अनि मात्रै समस्यामा परेकाहरूका लागि वास्तवकै अभिभावकीय सरकार छ भन्ने प्रत्याभूति दिलाउन सम्भव हुन्छ । अनि मात्रै कुनै दबाब वा प्रलोभनमा परेर पिडकहरूमाथि कारबाही गर्न नचाहने अभिभावकको विकल्प सरकार बन्न सक्छ ।

नागरिककारूपमा तपाईंले पनि हिंसा, जोखिम र शोषणमा परेका त्यस्ता बालबालिका देख्नु भएको छ, जसलाई उद्धार गरी संरक्षण गर्नु पर्ने आवश्यकता छ भने तुरुन्त हाम्रो उद्दार टोली (Rescue Team) लाई सम्पर्क गर्नुहुन समेत हामी अनुरोध गर्दछौँ ।

सायद नागरिक र राज्यका लागि गणतन्त्रको वास्तविक अर्थ, जिम्मेवारी र भुमिका पनि यहि हो ।

सबैलाइ  गणतन्त्र दिवसको शुभकामना ।

9849543926 शान्ता पहाडी

9861484632 धिरज जोशी

9849036420  प्रविन सिलवाल