३ आश्विन २०८१, बिहीबार
,
Latest
दुर्घटना हुँदा दुईजनाको मृत्यु प्रयोगविहीन भयो झोलुङ्गे पुल कालीगण्डकीको अवैध दोहन बढ्यो, सडकभर बालुवाको उरुङ सुनको मूल्य तोलामा आठ सयले घट्यो अराजक, अशिष्ट र अमर्यादितहरूको क्रिडास्थल समाज नेपालीले चाहेका छैनन्ः प्रधानमन्त्री पहिचानका पाँच आधार र सामर्थ्यका चार आधारको भरमा दश प्रदेशको संरचना बनाउनुपर्छः डा. बाबुराम भट्टराई टुँडिखेलमा यसरी मनाईयो संविधान दिवस (फोटोफिचर) काम गरेर देखाउने बाहेकको एजेण्डा छैनः प्रधानमन्त्री ओटावामा नेपाल‐ क्यानडा परराष्ट्रमन्त्रीस्तरीय वार्ता सम्पन्न सङ्घीयता कार्यान्वयनले यसवर्ष नयाँ उचाई र गति लिनेछ: मुख्यमन्त्री कार्की
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिमा साउनभर कोटिहोम महायज्ञ, विभिन्न उपसमिति गठन



अ+ अ-

ललितपुर । पशुपतिक्षेत्र परिसरमा आगामी साउन महिनाभर कोटिहोम महायज्ञ सञ्चालन गर्न लागिएको छ ।

नेपालको इतिहासमा सम्पन्न भएका यस्ता महायज्ञहरुमध्येकै ठूलो मानिएको यस कोटिहोम महायज्ञलाई सफल बनाउन अहिले विभिन्न क्षेत्रबाट काम भइरहेको छ । यसै अन्तर्गत आयोजक समितिले उपत्यका भित्र १३ सय भन्दा बढी कोटीहोम महायज्ञ उपसमितिहरु बनाइ सकिएको जनाएको छ ।

पशुपतिक्षेत्रमा आयोजना हुन लागेको नेपालकै हालसम्मको ठूलो पशुपति कोटीहोम एंव १०८ श्रीमद्भागवतको अहिले देश(विदेशमा चर्चा भैरहेको छ । कोटीहोम सफल बनाउन आयोजक समिति तीब्र गतिमा लागि परेको छ ।

महायज्ञ सञ्चालन र सफल बनाउनका लागि आयोजक समितिले उपत्यका भित्रका काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा मात्र हालसम्म एक हजार ३३० ओटा उपसमिति बनाएको आयोजक संस्था मानव सेवा फाउण्डेसनका व्यवस्थापक विष्णुराज गिरीले जानकारी दिनुभएको छ ।

गिरीका अनुसार, अहिले उपसमितिले मनोनयनका साथै विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाहरुलाई निमन्त्रणा दिने कार्य भइरहेको छ । काठमाडौँ उपत्यकाका स्थानिय तह, धार्मिक मठमन्दिर, टोल सुधार समितिमा आबद्ध भएका धार्मिक मनहरुलाई समेटेर उपसमिति निर्माण गरेका छन् ।

मानव सेवा फाउण्डेसन अन्तर्गत सञ्चालमा रहेका मामाघर आश्रम र छोरीको घर ज्येष्ठ नागरिक आश्रमको भवन निर्माण एवं गाँस, बास, कपासका लागि सहयोगार्थ उक्त कोटीहोम महायज्ञ सञ्चालन हुन गैरहेको हो ।

महायज्ञमा कोटीहोमका नियममित कर्म, यज्ञ अनुष्ठान सँगै श्रीमदभागवत कथा प्रवचन, शिव महापुराण, रामायण आदि पाठ हुने छन् ।
कथाप्रवचनका लागि वाचन प्रविण पण्डित दीनबन्धु पोखरेल, सु–प्रसिद्ध कथा वाचिका राधिका दासी माता, देवी प्रतिभा, राम कथावाचिका चन्द्रकला सखी र श्रीमद देवी भागवत वाचिका विदुषी डा कान्ता भट्टराइको पनि सहभागिता रहने छ ।