११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढ्यो



अ+ अ-

काठमाडौं । मंगलबार पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढेको छ । शेयर बजार २ हजार २४३ दशमलव १७ विन्दुबाट शुरु भएको कारोबारको पहिलो घण्टामा २ हजार २४७ दशमलव ७८ विन्दुमा पुगेर शून्य दशमलव ३७ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको १० हजार २४ पटकको कारोबारमा २१ लाख ५ हजार ४२८ कित्ता शेयरको रू. ९८ करोड २५ लाख ३१ हजार बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३० मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, युनाइटेड फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।