१९ मंसिर २०८२, शुक्रबार
,
Latest
सुनकोशीको फोक्सिङटार अस्थायी बेलिब्रिज जडानको काम सुरु ओली देउवा निवासमा पुगे, जेनजी आन्दोलनपछि पहिलो भेट लुम्बिनीविरुद्ध जनकपुर टस जितेर ब्याटिङमा एनपीएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? २३ औँ भारत–रूस वार्षिक सम्मेलन शुरु भ्रष्टाचार विरुद्ध खबरदारी गर्न सिंहदरबार पुगे जेन—जी प्रतिनिधि प्रधानमन्त्री कार्कीसँग जापानका राजदूतको शिष्टाचार भेट राजा, राजनीतिक दल र जेन–जीबीच त्रिपक्षीय सम्झौता गरियोस्ः राप्रपा प्रवक्ता शाही ईश्वरलक्षित बादलको टिप्पणीः अहिले नेतृत्वका लागि उम्मेदवारी घोषणा गर्दै हिँड्ने कुरा उपयुक्त होइन नवनियुक्त सदस्य सचिव मेहताले गरे पदभार ग्रहण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढ्यो



अ+ अ-

काठमाडौं । मंगलबार पहिलो घण्टामा नेप्से परिसूचक ८.३६ अंकले बढेको छ । शेयर बजार २ हजार २४३ दशमलव १७ विन्दुबाट शुरु भएको कारोबारको पहिलो घण्टामा २ हजार २४७ दशमलव ७८ विन्दुमा पुगेर शून्य दशमलव ३७ प्रतिशतले बढेको हो ।  

पहिलो घण्टाको अवधिमा १८७ ओटा कम्पनीको १० हजार २४ पटकको कारोबारमा २१ लाख ५ हजार ४२८ कित्ता शेयरको रू. ९८ करोड २५ लाख ३१ हजार बराबरको खरीदविक्री भएको छ । यस अवधिसम्म प्रिमियर इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । उक्त कम्पनीको रू. ११ करोड ४३ लाख बराबरको शेयर कारोबार भएको छ । सो अवधिसम्म कम्पनीको शेयरमूल्य रू. १ हजार ३० मा कारोबार भइरहेको छ ।

कारोबारको पहिलो घण्टामा आरम्भ चौतारी लघुवित्त, कर्पोरेट डेभलपमेण्ट बैंक, युनाइटेड फाइनान्स, समृद्धि फाइनान्स र मल्टीपर्पस फाइनान्सको शेयरमूल्य ९ प्रतिशतभन्दा बढीले वृद्धि भएको छ ।  यस अवधिमा कारोबारमा आएका १२ ओटा समूहको परिसूचकमध्ये  म्युचुअल फण्ड समूहको परिसूचक शून्य दशमलव ५९ प्रतिशतले घटेको छ भने बाँकी बैंकिङ, व्यापार, होटल्स, विकास बैंक जलविद्युत, वित्त, निर्जीवन बीमा, उत्पादन तथा प्रशोधन, अन्य, लघुवित्त र जीवन बीमा समूहको परिसूचक बढेको छ ।