२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

१५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छ: प्रमुख सचेतक बर्तौला



अ+ अ-

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते काँग्रेसले संसदमा विरोध गरेपनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । उहाँले संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताउनु भयो । उहाँले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले संसदको अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि संसदभित्रबाट ल्याउने बताउनु भयोे ।

उहाँले भन्नुभयो,‘ संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । नेपाली काँग्रेसलाई हाम्रो पटक–पटकको आग्रह हो । संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न सक्दैन । जेठ १६ गते बजेट ल्याउने सुविधा सरकारलाई छैन । नेपाली काँग्रेसले जे विषय उठाउनुभएको छ । उठाउने कुरामा रोक्नुस भन्दैनौं तर सहमतिमा आउनुपर्छ भन्छौं । सरकारले आगामी आर्थिक वर्षको बजेट यही संसदबाट ल्याउँछौं । नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्छ ।’

‘काँग्रेस सबै कुरा बुझेको राजनीतिक शक्ति हो । लामो संसदीय अभ्यासबाट आएको र भोली संसदमा आएर सरकारमा पुग्ने काँगे्रस हो भने संवैधानिक व्यवस्थाको बाध्यतालाई बुझेर सहजिकरण गर्छ । अवरोध गरिराख्नु भयो भने पनि अरु बाटोबाट भन्दा पनि संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीलाई बजेट पढ्न नाराबाँजीले असर पर्‍यो भने पनि कानमा कपास राखेर भए पनि बजेट पढ्नु पर्ने हुन्छ । सरकारले प्रतिपक्षलाई पेल्न खोजेका छैनौ सहमतिमा ल्याउन खाजेका छौं । प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार उहाँहरुले भनेका सहकारीहरुको नाम राख्न पनि तयार,गोरखा मिडिया राख्न पनि तयार छौं । तर गोरखा मिडियाका गार्डदेखि एमडीसम्म संसदीय समिति जान मिल्छ की मिल्दैन । त्यसैले सत्तापक्षले होइन काँग्रेसले बलमिचाई गरेको छ ।’

उहाँले सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खाजेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार रहेको बताउनु भयो ।