१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

१५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छ: प्रमुख सचेतक बर्तौला

१५ गते अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्नुहुन्छ: प्रमुख सचेतक बर्तौला
अ अ+ अ-

काठमाडौँ। नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जेठ १५ गते काँग्रेसले संसदमा विरोध गरेपनि अर्थमन्त्रीले संसदबाट नै बजेट भाषण गर्ने बताउनुभएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि संसदभवन बाहिर सञ्चारकर्मीहरुसँग प्रतिक्रिया दिँदै यस्तो बताउनुभएको हो । उहाँले संविधान बमोजिम जेठ १५ गते संसदबाट बजेट ल्याउनुपर्ने प्रावधान रहेको बताउनु भयो । उहाँले संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न नमिल्ने भन्दै १५ गते बजेट ल्याउनैपर्ने संवैधानिक बाध्यता रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले उठाएको विषयमा सरकार सकारात्मक रहेको बताउनु भयो । उहाँले नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्नुपर्ने बताउनु भयो । उहाँले काँग्रेसले संसदको अवरोध राखे पनि सरकारले बजेट अन्य बाटोबाट भन्दा पनि संसदभित्रबाट ल्याउने बताउनु भयोे ।

उहाँले भन्नुभयो,‘ संविधान बमोजिम जेठ १५ गते बजेट ल्याउनुपर्छ । नेपाली काँग्रेसलाई हाम्रो पटक–पटकको आग्रह हो । संविधानले दिएको व्यवस्थालाई सरकारले अवमूल्यान गर्न सक्दैन । जेठ १६ गते बजेट ल्याउने सुविधा सरकारलाई छैन । नेपाली काँग्रेसले जे विषय उठाउनुभएको छ । उठाउने कुरामा रोक्नुस भन्दैनौं तर सहमतिमा आउनुपर्छ भन्छौं । सरकारले आगामी आर्थिक वर्षको बजेट यही संसदबाट ल्याउँछौं । नेपाली काँग्रेसले बजेट ल्याउनको लागि सहयोग गर्छ ।’

‘काँग्रेस सबै कुरा बुझेको राजनीतिक शक्ति हो । लामो संसदीय अभ्यासबाट आएको र भोली संसदमा आएर सरकारमा पुग्ने काँगे्रस हो भने संवैधानिक व्यवस्थाको बाध्यतालाई बुझेर सहजिकरण गर्छ । अवरोध गरिराख्नु भयो भने पनि अरु बाटोबाट भन्दा पनि संसदभित्रबाटै बजेट आउँछ । अर्थमन्त्रीलाई बजेट पढ्न नाराबाँजीले असर पर्‍यो भने पनि कानमा कपास राखेर भए पनि बजेट पढ्नु पर्ने हुन्छ । सरकारले प्रतिपक्षलाई पेल्न खोजेका छैनौ सहमतिमा ल्याउन खाजेका छौं । प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार उहाँहरुले भनेका सहकारीहरुको नाम राख्न पनि तयार,गोरखा मिडिया राख्न पनि तयार छौं । तर गोरखा मिडियाका गार्डदेखि एमडीसम्म संसदीय समिति जान मिल्छ की मिल्दैन । त्यसैले सत्तापक्षले होइन काँग्रेसले बलमिचाई गरेको छ ।’

उहाँले सरकारले प्रमुख प्रतिपक्षलाई पेल्न नखोजेको भन्दै सहमतिमा ल्याउन खाजेको बताउनु भयो । उहाँले प्रमुख प्रतिपक्षले भनेका सबै विषयवस्तुहरुलाई स्वीकार गर्न तयार रहेको बताउनु भयो ।