१८ भाद्र २०८३, बिहीबार
,
Latest
उद्धार, राहत र पुनःस्थापनालाई प्रभावकारी बनाउन आयोगको आग्रह रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित बाढी प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन सुझाव ‘आमा, धन्न बाँचेर आएँ’ कृष्णभीरमा पहिरो पन्छाउने काम तीव्र, दुवै छेउबाट १८ जना जनशक्ति परिचालन भोटेकोशी बाढीपछिको प्रतिनिधि सभाको पहिलो बैठकलाई जलवायुको आँखाबाट हेर्दाः ‘हलुका प्रधानमन्त्री, स्पष्ट सभामुख र अलमलमा… रसुवा बाढीपछि बागमती प्रदेश सरकारको उद्धारदेखि पुनर्स्थापनासम्मको सक्रियता भोटेकोशी बाढीः विभिन्न स्थानबाट १७७ शव सङ्कलन ‘अतिकम विकसित मुलुकलाई सहानुभूति होइन, जलवायु न्याय चाहिन्छ’ सरकारले तोकेको ढुवानी भाडामात्र लिन ट्रक व्यवसायीलाई महासंघको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

ठमेलबाट ३ करोड ८५ लाख मूल्य बराबरको कोकिनसहित विदेशी महिला पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले लागुऔषध कोकिनसहित एक विदेशी महिलालाई पक्राउ गरेको छ ।

ठमेलस्थित एक होटलबाट प्रहरीले कंगोकी एकजना महिलालाई १ केजी १०१ ग्राम कोकिन सहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा कङ्गो घर भएकी ४९ वर्षीय अपुला इकुसु म्बोङ्गो रहेकी छिन् ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले दुबईबाट आएकी म्बोङ्गोलाई काठमाडौँ ओर्लिएदेखि नै पिछा गरेको थियो । ठमेलस्थित एक होटलबाट पक्राउ गरेर उनको साथबाट ५८ पोका कोकिन बरामद गरिएको ब्युरोका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।

उनको साथबाट बरामद कोकिनको मूल्य ३ करोड ८५ लाख हुने बताईएको छ । यसबारे थप अनुसन्धान भईरहेको एसपी कार्कीले बताए ।