२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको सूचना बेच्ने मान्छेलाई गृहमन्त्रीले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ: प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गर्नुभएको हो । उहाँले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिनुभएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद कुर्नुपर्छ भन्ने हुँदैन । गृहमन्त्रीज्युलाई अनुरोध के छ भने संसदमा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ । उहाँलाई पक्राउ गरिहाल्नुपर्‍यो । बोल्नुभएन बोलेपछि पक्राउ गर्नुपर्‍यो । ४ वटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोलि हाल्यौं । छानविन समिति बनायौं ।’

उहाँले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गर्नुभयो । उहाँले सहकारी छानविन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गर्नुभयो ।