१९ भाद्र २०८३, शुक्रबार
,
Latest
ह्याप्पी इनर्जीले दैवी प्रकोप उद्धार कोषमा २० लाख सहयोग माथिल्लो त्रिशूली–३ ए को सुरुङमा एक शव फेला सङ्खुवासभामा शिक्षक हत्या घटनामा एक जना पक्राउ भोटेकोशी बाढीः एक हजार २९० जनाको शव फेला त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान नेपाल–अष्ट्रेलिया प्रधानमन्त्रीबीच टेलिफोन वार्ता, विपद्मा सहयोगका लागि प्रधानमन्त्री शाहद्वारा आभार उद्धारका लागि नेपाली सेनाको टोली पावर हाउसमा प्रवेश भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह माथिल्लो त्रिशूली–१, चिलिमे र रसुवागढी जलविद्युत् आयोजनामा खोज, उद्धार तीव्र रेडक्रसको ६४औँ स्थापना दिवस मनाइँदै, भोटेकोशी बाढीमा पाँच हजार स्वयंसेवक परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकको सूचना बेच्ने मान्छेलाई गृहमन्त्रीले तत्काल पक्राउ गरी कारबाही गर्नुपर्छ: प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्नेलाई तत्काल पक्राउ गर्नुपर्ने बताउनुभएको छ ।

आईतवार संसद बाहिर सञ्चारकर्मीहरुसँग बोल्दै गृहमन्त्री लामिछानेलाई सूचना बेच्ने मानिसलाई पक्राउ गर्न आग्रह गर्नुभएको हो । उहाँले गृहमन्त्रीले संसदमा उभिएर मुलुकको सूचना बेच्ने व्यक्तिको बारेमा जानकारी रहको अभिव्यक्ति दिनुभएको भन्दै उक्त व्यक्तिलाई तत्काल पक्राउ गरी कारबाही गर्न आग्रह गर्नुभयो । उहाँले गृहमन्त्रीले काम गर्न संंसद कुर्नु नपर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘गृहमन्त्री रवि लामिछानेले मुलुकको सूचना बाहिर बेच्ने मान्छेलाई तत्काल समाउनुपर्‍यो । त्यस्तो मान्छे समाउन ढिला भयो । गृहमन्त्रीले काम गर्न संसद कुर्नुपर्छ भन्ने हुँदैन । गृहमन्त्रीज्युलाई अनुरोध के छ भने संसदमा सूचना बेच्ने मानिस थाहा छ भन्नुभएको छ । उहाँलाई पक्राउ गरिहाल्नुपर्‍यो । बोल्नुभएन बोलेपछि पक्राउ गर्नुपर्‍यो । ४ वटा फाइल खोल्ने भन्नुभएको थियो । फाइल भ्याटभ्याट खोलि हाल्यौं । छानविन समिति बनायौं ।’

उहाँले संसदमा बोल्दै ४ वटा फाइल खोल्ने भनेको विषय कहाँ पुग्यो तत्काल फाइल खोल्न आग्रह गर्नुभयो । उहाँले सहकारी छानविन समिति पनि तत्काल बनाएर काम गर्न समेत आग्रह गर्नुभयो ।