• ३ असार २०८१, सोमबार
  •      Mon Jun 17 2024
  •   Unicode
Logo
Latest
★   सूर्य नेपाल प्रिमियर गल्फ च्याम्पियनसिप मंगलवारदेखि ★   चाँगुनारायणमा बस्ती विकासको नाममा खहरे मासेर सडक निर्माणको काम थालेपछि स्थानीयहरु आन्दोलित ★   लोमान्थाङमा च्याङग्राको भुवा प्रशोधन केन्द्र स्थापना ★   ‘बोक्सीको घर’ ले पूरा गर्‍यो ५१ औँ दिन ★   वैचारिक, राजनीतिक कार्यदिशामा आधारित भएर सहमतिमा नेतृत्व चयन गर्नुपर्छ: झलनाथ खनाल ★   सरकार र आन्दोलनरत ट्याङ्कर चालकबिच सहमति ★   संसद सचिवालयका कर्मचारीको मागबारे बैठक सकारात्मक, माग सम्बोधन नभए आन्दोलन जारी रहने चेतावनी ★   कोशी प्रदेशमा चट्याङबाट एक दशकमा दुई सय ५४ को मृत्यु ★   ‘नदी धमिलिने बित्तिकै मेलम्ची बन्द’ ★   भारतमा रेल दुर्घटनामा परी पाँच जनाको मृत्यु

गृहमन्त्रीको नाम उल्लेख गरेरै छानविन समिति बन्ने कुराबाट पछि हट्दैनौँ: काँग्रेस



काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले सहकारी प्रकरण छानविन गर्न गठित संसदीय समितिमा गृहमन्त्रीको नाम उल्लेख गर्नुपर्ने आफूहरुको अडान कायम रहेको बताएको छ ।

आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कार्यदल सदस्य समेत रहेका सांसद परियारले कार्यदल बैठक काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ भएको बताउनुभएको हो ।

उहाँले आफूहरु गृहमन्त्री लामिछानेको नाम तोकेरै कार्यादेश बनाउनुपर्ने अडानमा कायम रहेको उल्लेख गर्दै सत्तापक्ष सो कुरामा सहमत नभएको बताउनु भयो । उहाँले सत्तापक्ष विभिन्न शब्दहरुमा खेलिरहेको आरोप पनि लगाउनु भयो । उहाँले विभिन्न सहकारीको रकम अपचलन भएको गोर्खा मिडिया नेटवर्कसँग संवद्ध पदाधिकारीहरुलाई छानविनको दायरामा नल्याएसम्म काँग्रेस मान्नेवाला नरहेको स्पष्ट पार्नुभयो । उहाँले कार्यादेशमा सहमती भएर संसदीय छानविन समिति बनेन भने बजेट प्रश्तुत हुँदापनि आफूहरुको आन्दोलन जारी रहने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘कार्यदल बैठकमा काँग्रेसले अघि सारेको प्रश्तावमा जहाँको त्यहीँ छौँ । कार्यदलको बैठकमा नेपाली काँग्रेसले उठाउँदै आएको विषयमा सत्तापक्षले के भनेको छ भने हामी रवि लामिछानेको नाम राखेर टिओआर बनाउन हामी असमर्थ छौँ । हाम्रो बटमलाइन त्यही नै हो भनेर पटक–पटक भन्नुभयो । तर अन्य कुरामा सहमत छौँ भनेर उहाँहरुले भन्नुभयो । हामी नजिक पुगेका छौँ पनि भन्नुहुन्छ । तर एकपछि अर्को र पछिल्लो दिनमा आइपुग्दा अन्य शब्दावलीमा उहाँहरु खेलिरहनु भएको छ । त्यसकारण नेपाली काँग्रेस पार्टी जहाँ अडिएको छ, रवि लामिछाने हिजो कार्यरत रहेको गोर्खा मिडिया नेटवर्कमा जुन खालको अपचलन भयो भनेर विपक्षी दलले उठाएको छ । उठाएको अडानमा त्यहीँ छौँ । जबसम्म गोर्खा मिडिया नेटवर्कमा अपचलन भएको, त्यहाँ भएका पदाधिकारीहरु, त्यहाँ भएका व्यक्तिहरु जो–जो छानविनको दायरामा ल्याउनुपर्छ, त्यो छानविनको दायरामा नल्याएसम्म नेपाली काँग्रेसले मान्नेवाला छैन । यदि सत्तापक्षले टिओआरमा सहमती गर्‍यो । भोलिसम्म सहमती गरेर टिओआर बनेर छानविन समिति बन्यो संसदबाट भने सहज ढंगबाट बजेट आउँछ । होइन भने हाम्रो विरोध जारी रहन्छ । विपक्षी उभिँदा पनि संसद चलाउनु लोकतन्त्रकै उपहास हो ।’

नेपाली काँग्रेसकी सांसद जावेदा खातुन जागाले सहकारीबाट अपचलन भएको जनताको लाखौँ रुपैयाँ रकम फिर्ता नभएसम्म आफूहरु पछि नहट्ने बताउनु भयो । उहाँले गृहमन्त्रीमाथि छानविन गर्न समिति नबनेसम्म आन्दोलन जारी रहने बताउनु भयो । उहाँले सडक आन्दोलन समेत शुरु भएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो – ‘प्रतिपक्षलाई मर्यादापालकको घेराबन्दीमा राखेर, जर्बजस्ती दादागिरीको भरमा जसरी आज नीति तथा कार्यक्रम पास भयो । दु:खद् कुरा भएको छ । पीडितहरु आन्दोलित हुनुहुन्छ । हामी जनताको पक्षमा छौँ । अब हामी सडकमा पनि जादैछौँ । जबसम्म जनताको लाखौँ वचत अपलचन भएको छ, त्यो जबसम्म फिर्ता हुँदैन । गृहमन्त्रीको छानविन समिति जबसम्म गठन हुँदैन । तबसम्म नेपाली कांग्रेस पार्टी कुनै हालतमा पछाडी हट्दैन ।’

नेपाली कांग्रेसकी सांसद रमा कोईराला पौड्यालले राष्ट्रिय स्वतन्त्र पार्टीको सांसद स्वर्णिम वाग्लेलाई सहकारी ठगको मतियार भएको आरोप लगाउनुभएको छ । वाग्लेले प्रतिनिधि सभा बैठकमा बोल्ने क्रममा बिपी कोईरालाको नाम लिएको भन्दै सहकारी ठगको मतियारले बिपीको नाम लिनु गलत भएको बताउनु भयो । उहाँले सहकारी ठगलाई बिपी कोईरालाको नाम लिने अधिकार नभएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘बिपीको नाम लिन सबैको अधिकार छ । तर बिपीले सहकार्य शुरुवात गर्दाखेरी जुन अवधारणाले सहकार्यको शुरुवात गर्नुभएको थियो । त्यो अवधारणा आज देखिएको छ त ? जो सहकारी ठगहरुको मतियार हुनुहुन्छ, उहाँले रोष्टममा बिपीको नाम लिनु भनेको त्यो अत्यन्तै गलत भएको छ । सहकारी ठगहरुलाई बिपीको नाम लिने अधिकार छैन है । आज स्वर्णिमजीले नाम लिनुभयो । उहाँ सहकारी ठगको मतियार हो ।’

उहाँले गृहमन्त्री रवि लामिछानेमाथि छानविन गर्नेगरी संसदीय छानविन समिति नबनेसम्म काँग्रेसको आन्दोलन जारी रहने बताउनु भयो ।