७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

रविलक्षित रामकुमारीको टिप्पणी: ‘सहकारीमा जम्मा भएको पुँजी अपचलन गरेर अवस्था बदलिँदैन’



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव रामकुमारी झाँक्रीले सहकारीमा जम्मा गरेका मानिसको पुँजीलाई अपचलन गरेर अवस्था नबदलिने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले यस्तो टिप्पणी गर्नुभएको हो । उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगित गर्दै अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदल्न नसकिने जिकिर गर्नुभयो ।

उहाँले मिडियामा आएर उफ्रिएर अवस्था नबदलिने बताउनु भयो । उहाँले शक्तिमा आएर शक्तिको दुरुपयोग गरेर व्यक्तिमाथि जाइलाग्नुले राम्रो सन्देश नजाने बताउनु भयो । उहाँले व्यक्ति राज्यसँग लड्न नसक्ने भन्दै कान्तिपुर मिडियाका अध्यक्ष कैलाश सिरोहियालाई सरकारले व्यक्तिगत रिसिइबीमा पक्राउ गरेको बताउनु भयो । उहाँले समाचार लेखेबापत पक्राउ गर्नु भनेको अपराधी, दोषीलाई कारबाही गर्न लिएको बुझन नसकिने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मान्छेहरुमाथि कहिले काहीँ पावरमा पावर अफ एक्सरसाइज गर्ने मान्छेहरुमाथि अनाधिकृत लाञ्छना पनि लागेका हुनसक्छन् । तर छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने क्लिन चिट पाउने जिम्मेवारी स्वयं व्यक्तिको हुन्छ । त्यसकारण काउण्टर आरोप प्रत्यारोप होइन । मैले मिडिया ट्रायल भएको देखेँ, कान्तिपुर मिडिया ग्रुपको अध्यक्षमाथिको धरपकड कुरा । अध्यक्षको धरपकडको विषय र उहाँको संलग्नताको अवस्था र अपराधको विषय आजको फाइनान्सियल क्राइससँग र यसको तुलनासँग मात्र यो कति फरक हो । र मिडियाले निरन्तर समाचार लेखे बापत गरिएको साँच्चै अपराधी, दोषीलाई कारबाही गर्न लिएको स्टेप हो की यो बदला हो ? सहज अनुमान छैन ? मिडिया चलाउँदैमा वा कोही पावरमा हुँदैमा उसले गरेको कसुरको सजायबाट उ मुक्त हुन्छ भन्ने होइन ।’

‘तर कसुर अनुसारको सजाय र छानबिनको लागि मान्छेलाई बदलाको हिसावले राज्यले हेर्छ भने राज्यसँग त व्यक्ति लड्न सक्दैन नि । बदलाको हिसावले चालिएको स्टेप तर्साउने तरिका हो । त्यसको पक्षमा हामी छैनौँ । व्यवस्था ठिक छ अवस्था बदल्ने भन्ने छ । अवस्था बदल्न पुँजी चाहिन्छ । ठगेर खाएर पुँजी हुँदैन । अर्बौं सहकारीमा जम्मा गरेका मानिसहरुको पुँजीलाई अपचलन गरेर अवस्था बदलिँदैन, झनै खराब हुन्छ । मिडियामा आएर उफ्रिएर अवस्था बदलिँदैन ।’

उहाँले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेप्रति इंगति गर्दै छानबिन गर्न दिएर आफ्नो निर्दोषिता प्रमाणित गर्ने अवसर अझै बाँकी रहेको बताउनु भयो ।