२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान रासायनिक मलसम्बन्धी गुनासो सुन्न प्रदेश मन्त्रालयमा ‘फोकल पर्सन’ तोक्न संघीय सरकारको निर्देशन गर्मी छल्न महोत्तरीमा विद्यालयहरू धमाधम बन्द गरिँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार पेलेरै जान्छ भने चुनौति सामना गर्न काँग्रस तयार छ: नेता सिटौला



file photo
अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले प्रतिपक्षले जनताको आवाज उठाउँदा सरकारले पेलेर जाने भए काँग्रेसल चुनौति सामना गर्न तयार रहेको बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकारले जनताको हितमा काम गर्नुपर्ने र प्रतिपक्षले जनताका आवाज उठाउनुपर्ने बताउनु भयो । उहाँले जनतका हितमा काम नगर्ने सरकार र जनताका आवाज नउठाउने प्रतिपक्ष छिटै सकिने जिकिर गर्नुभयो ।

उहाँले प्रतिपक्षले जनतालाई संविधानले दिएको अधिकारको कुरा संसदमा निरन्तर उठाउनुपर्ने बताउनु भयो । उहाँले काँग्रेससहितका प्रतिपक्ष दलहरुले संसदमा उठाएका आवाजलाई सरकारले नजरअन्दाज गरे उक्त प्रवृत्तिलाई सामना गर्न काँग्रेस तयार रहेको बताउनु भयो । सरकार पेलेर जाने हो भने काँग्रेस सहेर नबस्ने चेतावनी दिनुभयो । उहाँले काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस नगरेको भन्दै आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारले जनताको हितमा काम गर्नुपर्छ । संविधानले जनतालाई दिएको हकहरुलाई प्रचलनमा ल्याउनुपर्छ । प्रतिपक्षले जनताको आवाज जनतालाई संविधानले दिएको अधिकारको कुरा प्रतिपक्षले संसदमा निरन्तर उठाउनुपर्छ । प्रतिपक्षले कुरा उठाएन प्रतिपक्ष सिद्धियो । सरकारले जनताको हितमा काम गरेन, सरकार सिद्धियो । प्रतिपक्षले प्रतिपक्षमा नेपाली काँग्रेस बाहेकका केही दलहरु पनि छन् । प्रतिपक्षले संसदमा जनताका आवाज उठाइरहेको छ । आवाज बुलन्द गरेको छ । सरकारले यसलाई छिटै गम्भीरतापूर्वक लिएर अघि बढ्नुपर्छ । सरकार पेलेरै जान खोज्छ भने पेलेर जाने प्रवृत्तिलाई हामीले त्यो चुनौतिलाई सामना गर्नेछौँ । हामीले भनेका पनि छौँ । सरकार साँच्चै यसै ढंगले गइराख्ने हो भने काँग्रेस तयार छ । काँग्रेस सहेर त बस्न सक्दैन । काँग्रेसले आफू मात्रै अन्याय भएको महशुस गरेको छैन, आम जनतामा अन्याय भएको कुरा काँग्रेसले उठाएको छ ।’

नेता सिटौलाले प्रदेश सरकारलाई संविधानले दिएको अधिकार कार्यान्वयन गर्न कानून नै बन्न नसकेको बताउनु भयो । उहाँले कानून संघीय संसद बनाउनुपर्ने भएपनि प्रदेश लक्षित बन्न नसकेको बताउनु भयो ।