१५ आश्विन २०८३, बिहीबार Thursday, October 1, 2026
१५ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar मनाङमा अलपत्र १६ पर्यटकको उद्धार News Polar हाम्रो सनसाइन स्कुल फाउन्डेसनद्वारा बाढी पीडितका लागि रु २५ लाख सहयोग News Polar बहसमा राष्ट्रिय जलवायु परिवर्तन नीति २०८३–हानी तथा नोक्शानीको क्षति मापदण्ड र अभिलेखीकरण प्रणाली बनाउन सरोकारवालाको सुझाव News Polar धनुषामा दुर्घटनामा दुई जनाको मृत्यु News Polar निजी क्षेत्रलाई विद्युत् प्रसारण लाइन प्रयोग गर्ने बाटो खुल्यो News Polar बाढीपीडितका लागि हाम्रो सनसाइन स्कुल फाउन्डेसनको २५ लाख सहयोग News Polar दुर्गा प्रसाईंलाई थप एक दिन हिरासतमा राख्न अदालतको अनुमति News Polar पूर्ण तथा अति अशक्त अपाङ्गता भएका व्यक्तिलाई व्यक्तिगत सहयोगी सेवा दिने तयारी News Polar भोटेकोशी–कालीगण्डकी विपद् अध्ययन गर्न राष्ट्रिय सभाले गठन गर्‍यो विशेष समिति News Polar पहिरोले बेनी बजारका १२ घरमा क्षति News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विधेयक राष्ट्रिय सभामा फिर्ता News Polar हिमालमा जलवायु परिवर्तन र भोटेकोशी–त्रिशूली विपद्सम्बन्धी संसदीय समितिको पहिलो बैठक News Polar मोटरसाइकल दुर्घटनामा रौतहटका २८ वर्षीय दासको मृत्यु News Polar करदाता प्रोत्साहन उपहारका लागि असोज १५ गतेभित्र खरिद बिल प्रविष्ट गर्न आग्रह News Polar जडीबुटीको दिगो संकलन र वैद्यखानाको उत्पादन बढाउन कार्यदल गठन हुने News Polar राष्ट्रियसभामा विपद् अध्ययन गर्न विशेष समिति गठन News Polar अपाङ्गता भएका व्यक्तिका लागि व्यक्तिगत सहयोगी सेवा कार्यविधि बनाइने News Polar निर्वाचन आयोगद्वारा राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश News Polar राष्ट्रियसभाका रिक्त दुवै सदस्य यथाशीघ्र पदपूर्ति गरिनेः मन्त्री गौतम News Polar पूर्वसांसद घनेन्द्र बस्नेतको निधनप्रति प्रतिनिधि सभामा शोक प्रस्ताव पारित

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु

पर्यटकीय गन्तव्य बन्दै हाँडिकोट टापु
अ अ+ अ-

गलकोट । जैमिनी नगरपालिका-१० राङखानी, वडा नं ७ जैदी र वडा नं ८ छिस्तीको शिरमा रहेको छ हाँडिकोट टापु । समुद्री सतहदेखि दुई हजार एक सय ९५ मिटर उचाइमा रहेको हाँडिकोट जैमिनी क्षेत्रकै अग्लो पहाड पनि हो ।

यहाँबाट जैमिनीसहित अन्य रमणीय स्थलको दृश्यावलोकन गर्न पाइने भएकाले पर्यटक आउने गर्छन् । पूर्वाधार निर्माणसँगै हाँडिकोटको प्रचारप्रसार भएपछि पर्यटकीयस्थलको रुपमा विकास भएको छ । यहाँ आउन सडक र पदमार्ग दुबै सुविधा छ । जैमिनी नगरपालिकाले नगरको पर्यटकीय गन्तव्यको रुपमा जैमिनी धामपछि हाँडीकोट टापुको पूर्वाधार निर्माणलाई प्राथमिकता दिएको हो ।

हाँडिकोटका थुपै्र विशेषता छन् । यहाँबाट देखिने सूर्योदय र सूर्यास्तले पर्यटकलाई मोहित बनाउँछ । “पहिला बाख्रावस्तु चराउन, बाँको खोज्न टापुमा जान्थ्यौँ, अहिले पर्यटकीयस्थलका रुपमा स्थानीय सरकारले विकास गरेको छ”, स्थानीय लालबहादुर पुनले भन्नुभयो, “रु ५० लाख बढीको पूर्वाधार बनिसक्यो, स्थानीयले समेत ठूलो लगानी गरेका छन् । रु २५ लाख टापुमाथि दृश्यावलोकन स्तम्भ निर्माणमा खर्च भएको छ, टावरले पूर्णता पाएको छैन, यहाँ आउने पर्यटकलाई बस्न सत्तल निर्माण गरेपनि खानेपानी सुविधा छैन ।”

टापुबाट तल हेर्दा बादलले ढाकेका पहाड देखिने भएपछि यहाँ आउने पर्यटकलाई लोभिन थालेका हुन् । पुनका अनुसार व्याडथला र डाँडाखानीबाट पदमार्गमार्फत हाँडीकोटमा अघिल्लो दिन नै पर्यटक आइपुग्ने गर्छन् । बिहानै सूर्योदय हेर्न उनीहरु अघिल्लो दिन नै यहाँ आइपुग्ने गरेका हुन् । यहाँको बाइसे चौबिसे राजाको दरबार भने अहिले भग्नावशेष मात्र बाँकी छ । समथर भू(भाग, राजदरबारका भग्नावशेष, मन्दिर, कुटी, पोखरी र शिला सूसज्जित हाँडिकोट पुगेर सूर्योदय हेर्ने र तस्बिर खिचाउन बागलुङ बजार, पर्वत, म्याग्दी र पोखराबाट पर्यटक आउने गरेका छन् ।

हाँडिकोटमा विश्रामस्थल, सत्तल, दृश्यावलोकन स्तम्भ, शिव मन्दिर, कुटी, मञ्च, खेल मैदान, टल्कने शीला संरक्षण लगायतका पर्यटकीय पूर्वाधार निर्माण भइसकेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिनुभयो । उहाँले गण्डकी प्रदेश सरकारको सहयोगमा हाँडिकोटको पर्यटकीय पूर्वाधार निर्माण गरिएको बताउनुभयो ।

यस ठाउँको प्रचारप्रसारका लागि हाँडिकोट महोत्सव समेत गरिँदै आएको छ । “हाँडिकोटलाई जैमिनीको प्रमुख पर्यटकीय गन्तव्य र जैमिनीधामलाई धार्मिक गन्तव्य बनाउन नगरपालिकाले पूर्वाधारमा लगानी बढाएको छ, यहाँ आउने पदमार्ग र सडकमार्ग राम्रो बनाउने, पर्यटकलाई बस्न मिल्ने सत्तल निर्माण र दृश्यावलोकन स्तम्भमा लगानी गरेका छौँ” उपप्रमुख शर्माले भन्नुभयो, “हाँडिकोटको पूर्वाधार र प्रचारप्रसारका कारण आन्तरिक पर्यटक बढेको छ ।”

यहाँ विसं २०७७ यता पूर्वाधार निर्माण सुरु गरिएको हो । बाइसे चौबिसे राज्यका पालामा भुरेटाकुरे राजा रजौटाहरुले राज्य गरेको स्थान समेत हो यो । यहाँ तत्कालीन राजारजौटाले प्रयोग गरेका जाँतो, ओखललगायतका सामग्री अहिले पनि छन् । हाँडिकोट पुग्न सदरमुकाम बागलुङ बजारदेखि तीन घण्टा मोटर यात्रा गर्नुपर्छ ।