२० मंसिर २०८२, शनिबार
,
Latest
दोहा फोरम: वैश्विक चुनौतीको सामना गर्न संवादको मञ्च टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै विपद्मा दमकल र एम्बुलेन्ससँगै परिचालन हुने व्यवस्था गरेका छौंः चिरिबाबु महर्जन सुदूरपश्चिममाथि सानदार जितका साथ विराटनगरले पहिलो क्वालिफायर खेल्ने नेपालको साना तथा मझौला व्यवसायमा चिनियाँ चासोः दुईपक्षीय व्यापार प्रवर्द्धनमा सहकार्य गर्न इच्छुक निर्माण व्यवसायी महासंघद्वारा एफक्यान रोड रेस आयोजना, धावकहरूको उत्साहजनक सहभागिता सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ
तपाईं के खोज्दै हुनुहुन्छ ?

मंगलबार शेयर बजार २८.३१ अंक बढ्यो, ५ अर्ब मुनिको कारोबार



अ+ अ-

काठमाडौं । मंगलबार नेप्से परिसूचक २८.३१ अंक बढेर २ हजार २६७ दशमलव ७३ विन्दुमा पुगेको छ । यस दिन २ हजार २४३ दशमलव १७ विन्दुदेखि खुला भएको बजार २ हजार २३३ विन्दुसम्म झरेको थियो । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ८९ अंक बढेर ४३३ दशमलव २८ विन्दुमा पुगेको छ । यस दिन २०२ ओटा कम्पनीको ४५ हजार ५६९ पटकको व्यापारमा रू. ४ अर्ब ९८ करोड २३ लाख ९१ हजार बराबरको १ करोड ३५ लाख ३१ हजार २२७ कित्ता शेयर कारोबार भएको छ । 

मंगलबारको कारोबारमा सर्वाधिक हिस्सा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले ओगटेको छ ।  उक्त कम्पनीको रू.२९ करोड ६ लाख ३४ हजार बराबरको शेयर कारोबार भएको हो । गत आर्थिक वर्षको मुनाफाबाट ११ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव मंगलबार सार्वजनिक गरेको उक्त कम्पनीको सर्वाधिक रकमको शेयर कारोबार भएको हो । 

हालसम्मकै न्यून लाभांशका कारण लगानीकर्ताहरुको मनोबलमा गिरावट आउँदा कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू. २५ ले घटेर अन्तिम मूल्य रू. १ हजार ६५ मा झरेको छ । यस अघि ८४ प्रतिशतसम्म लाभांश दिएको कम्पनीले यस वर्ष हालसम्मकै न्यून लाभांश प्रस्ताव गरेको हो ।

गत वर्ष पनि कम्पनीले लगानीकर्ताहरुको हात खाली बनाएको थियो । दुई वर्षपछिको लाभांश पनि हालसम्मकै न्यून हुदाँ मंगलबार विक्री चाप बढेसँगै कम्पनीको शेयरमूल्य पनि घटेको हो ।यो दिन आइएमई जनरल इन्स्योरेन्सको शेयरमूल्य भने सर्वाधिक १० प्रतिशतले बढेको छ । यस दिन उक्त कम्पनीको शेयर प्रतिकित्ता रू. ७५ ले मूल्य बढेर अन्तिम मूल्य रू. ८२५ कायम भएको छ । उक्त कम्पनीसँगै मंगलवार अन्य ७ ओटा कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ ।

यो दिन आरम्भ चौतारी लघुवित्तको ९ दशमलव ९८ प्रतिशत, कर्पोरेट डेभलपमेण्ट बैंकको ९ दशमलव ९३ प्रतिशत, युनाइटेड फाइनान्सको ९ दशमलव ९० प्रतिशत, अपर तामाकोशीको ९ दशमलव ८९ प्रतिशत, प्रभु लाइफको ९ दशमलव ७८ प्रतिशत, समृद्धि फाइनान्सको ९ दशमलव ७० प्रतिशत र गोर्खाज फाइनान्सको ९ दशमलव शून्य ५ प्रतिशतले शेयरमूल्य बढेको हो ।

मंगलबारको बजारमा जलविद्युत् समूहका लगानीकर्ताहरुले सर्वाधिक कमाएका छन् । यो दिन कारोबारमा आएका १२ ओटा समूहमध्ये जलविद्युत् समूहको परिसूचक सर्वाधिक ३ दशमलव ६ प्रतिशत बढेको हो ।

त्यस्तै यो दिन जीवन बीमाको २ दशमलव ६७ प्रतिशत, निर्जीवन बीमाको २ दशमलव ६६ प्रतिशत, वित्तको २ दशमलव ५ प्रतिशत, लघुवित्तको १ दशमलव ५३ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८७ प्रतिशत, बैंकिङकको शून्य दशमलव ८४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ८३ प्रतिशत, होटलको शून्य दशमलव ५२ प्रतिशत, अन्यको शून्य दशमलव ३७ प्रतिशत र उत्पादन तथा प्रशोधनको शून्य दशमलव १२ प्रतिशत परिसूचक बढेको छ । यस दिन व्यापारिक समूहको परिसूचक भने शून्य दशमलव ६१ प्रतिशत घटेको छ ।