• १६ असार २०८१, आईतवार
  •      Sun Jun 30 2024
  •   Unicode
Logo
Latest
★   विश्वकप विजेता भारतीय क्रिकेट टोलीले १२५ करोड भारु पुरस्कार पाउने ★   पोल पोलमा ‘सवि’: बालेनको कटाक्ष- माया यस्तो होस्, भित्ता भित्तामा तिम्रो नाम होस् ! ★   बढ्यो पेट्रोलियम पदार्थको मूल्य ★   ओलीले दिए नेपाल आइडल विजेता करण परियारलाई सारंगी उपहार – फोटोफिचर ★   यथास्थितिमा देश अगाडि जान सक्दैन: ओली ★   विदेशबाट फर्किएका नेपाली नागरिक फेरि विदेश फर्कनु नपर्ने गरी काम गरिरहेका छौँ: श्रममन्त्री अर्याल ★   समस्याग्रस्त सहकारीका कागजात माग्ने छानविन विशेष समितिको निर्णय ★   ट्रफीसँगै सुते सूर्यकुमार ★   जडेजाले लिए सन्यास ★   ग्लोबल आइएमई बैंकका २३३ शाखाद्वारा वित्तीय साक्षरता कार्यक्रम आयोजना, ३५ हजार बढीको सहभागिता

आईपीएलको फाईनल भईरहँदा अमेरिका उडे भारतीय टोली, कोलकाता र हैदरावादमा छैनन् विश्वकप खेल्ने खेलाडी



एजेन्सी । आईपीएलको फाइनल खेलमा आइतबार कोलकाता नाइट राइडर्स र सनराइजर्स हैदरावादबीच हुँदैछ । घरेलु मैदानमा आईपीएल फाईनल भईरदा भारतीय टोली भने शनिबार नै टी–२० विश्वकपको लागि अमेरिका प्रस्थान गरेका छन् ।

आईपीएलको फाइनल खेल्न लागेको कोलकाता र हैदरावादमा विश्वकपका लागि छनोट भएका १६ सदस्यीय भारतीय टोलीमा कुनै पनि खेलाडी परेका छैनन् । कोलकाताका रिंकु सिंह भने रिजर्भ खेलाडीमा परेका छन् ।

टी–२० विश्वकपका लागि भारतीय टोलीमा मुम्बई इन्डियन्सका सबैभन्दा धेरै खेलाडी छन् । ३–३ खेलाडी दिल्ली क्यापिटल्स र राजस्थान रोयल्सका छन् । चेन्नई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोरबाट २/२ र पञ्जाब किंग्सका एक खेलाडी विश्वकप टिममा परेका छन् ।

यसपटकको टी–२० विश्वकप जुन २ बाट वेस्ट इन्डिज र अमेरिकामा हुँदैछ । उद्घाटन खेल अमेरिका र क्यानडाबीच हुनेछ । भारतीय टोलीको पहिलो खेल जुन ५ मा न्युयोर्कमा आयरल्याण्डसँग हुनेछ ।

आईपीएल फाइनलमा अष्ट्रेलिया र दक्षिण अफ्रिकाका ३र३ खेलाडी परेका छन् । वेस्ट इन्डिज र अफगानिस्तानका २–२ खेलाडी रहँदा एक किवी खेलाडी पनि रहेका छन् ।

विश्वकपका लागि भारतीय टोली

रोहित शर्मा (कप्तान), हार्दिक पाण्डेय (उपकप्तान), यशस्वी जैसवाल, विराट कोहली, सूर्यकुमार यादव, सञ्जु सैमसन, ऋषभ पन्त, शिवम दुबे, रविन्द्र जडेजा, अक्षर पटेल, कुलदीप यादव, युजवेन्द्र चहल, अर्शदीप सिंह, जसप्रीत बमराह। मोहम्मद सिराज।

रिजर्व – शुभमन गिल, खलील अहमद, रिंकु सिंह, आवेश खान।

आईपीएल फाइनल खेल्ने टोलीहरू

कोलकाता नाइट राइडर्स: श्रेयस अय्यर (कप्तान), मनिष पाण्डे, अङ्क्रिश रघुवंशी, नितिश राणा, रिंकु सिंह, केएस भरत, रहमानुल्लाह गुरबाज, शेरफान रदरफोर्ड, रमनदीप सिंह, अनुकुल रोय, आन्द्रे रसेल, वेंकटेश अय्यर, सुनील नारायण, मिचेल स्टार्क, मिचेल स्टार्क उर रहमान, चेतन सक्रिया, साकिब हुसैन, सुयश शर्मा, हर्षित राणा, वैभव अरोरा, वरुण चक्रवर्ती।

सनराइजर्स हैदरावाद: प्याट कमिन्स (कप्तान), ट्राभिस हेड, राहुल त्रिपाठी, मयंक अग्रवाल, अनमोलप्रीत सिंह, उपेन्द्र यादव, नितिश कुमार रेड्डी, अब्दुल समद, एडेन मार्कराम, अभिषेक शर्मा, मार्को यान्सन, वाशिंगटन सुन्दर, शाहबाज अहमद, सनवीर सिंह, ग्लेन। फिलिप्स, हेनरिक क्लासेन, आकाश सिंह, झाथवेदा सुब्रमण्यम, जयदेव उनाडकट, भुवनेश्वर कुमार, फजल हक फारुकी, टी। नटराजन, उमरान मलिक, मयंक मार्कंडे।