२ चैत्र २०८१, शनिबार
March 15, 2025 Saturday

23.27°C

काठमाडौं

23.27°C

Kathmandu

Feels-like: 22.64

Wind: 3.09

Humidity: 38

Latest
प्रतिस्थापन विधेयकलाई सदनमै छलफल गरेर अगाडि बढाउने प्रतिनिधि सभाको तयारी समाजवादी मोर्चाले यही चैत १५ गते जनप्रदर्शन गर्ने आइजिपी कप क्रिकेटः मधेस प्रदेश विजयी मञ्जुश्री ट्रेल रेसमा अर्जुन विजेता सञ्चारमन्त्री गुरुङद्वारा शोक व्यक्त नारायणहिटी दरबार अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन – फोटोफिचर पूर्वराजाप्रति माधव नेपालको टिप्पणीः कुनै त्याग, तपस्या र बलिदान नगरेकाको हातमा देश दिन सकिँदैन सन् २०२६ को अन्त्यमा स्टारशिप मङ्गल ग्रहमा प्रस्थान गर्नेः मस्क शनिवार ‘अञ्जिला’को बम्पर व्यापार: शो थप हुने बित्तिकै हाउसफूल हुँदा दङ्ग छु – निर्देशक ‘जलवायु परिवर्तनका असर घटाउन बाह्य सहयोग अपरिहार्य’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी प्रकरण: गृहमन्त्री लामिछानेको नाममा छानबिन हुनुपर्ने कांग्रेसको अडान यथावत्



अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल र नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको छ ।

आईतवार बिहान सभापति देउवाको निजी निवास बुढानीलकण्ठमा भेट भएको हो । सभापति देउवाको आग्रहमा प्रधानमन्त्री दाहाल बुढानीलकण्ठ पुग्नुभएको काँग्रेस सांसद जीवन परियारले बताउनु भयो । उहाँले बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पनि बोलाइएको भएपनि प्रधानमन्त्री मात्रै बैठकमा सहभागी हुनुभएको बताउनु भयो । भेटमा दाहाल र देउवाबीच वान टु वान वार्ता समेत भएको छ ।

वार्ताबारे काँग्रेस सभापति देउवाले दलका नेताहरुलाई नबताएको र अहिलेको गतिरोध अन्त्य गर्ने बारेमा नै छलफल भएको हुनुपर्ने सांसद परियारले बताउनु भयो । उहाँले भेटमा सहकारीको रकम अपचलनसम्बन्धी उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको नाम नै किटान गरेर जानुपर्ने अडान काँग्रेसले राखेको पनि बताउनु भयो । उहाँले प्रधानमन्त्री सहकारी प्रकरणबारे छानबिन समिति गठन गर्न र अहिलेको गतिरोध हटाउन सकारात्मक देखिनुभएको बताउनु भयो । शिर्ष दलका नेताहरुको बैठक आईतवार साँभm वा सोमवार बिहान पुन: बसेर निस्कर्षमा पुग्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज बिहान प्रधानमन्त्रीको निवासमा शिर्ष नेताहरुको बैठक गर्ने तय भएको थियो । आज ९ बजे बालुवाटारमा विपक्षी दलका नेता शेरबहादुर देउवा, सत्तारुढ दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रधानमन्त्री पुष्पकमल दाहाल बसेर अहिलेको गतिरोधलाई अन्त्य गर्न छलफल गर्ने तय भएको थियो । पार्टी सभापतिको स्वास्थ्य अवस्थाका कारण यहाँ नै बस्न आग्रह गर्नुभएको थियो । बैठकमा प्रधानमन्त्री मात्रै आउनुभयो । उहाँहरुको छुट्टै बैठक भयो, जसमा हामी थिएनौँ । अहिलेको कार्यदलले निस्कर्षमा पुर्‍याउन नसकेको विषय विगत लामो समयदेखि हामीले संसदमा उठाइरहेको विषय उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेको गोरखा मिडिया नेटवर्कको प्रवन्ध निर्देशक हुँदा विभिन्न सहकारीबाट रकमहरु गोरखा मिडिया नेटवर्कमा प्राप्त भएको र उक्त रकम अपचलन भएको भन्नेबारेमा नेपाली काँग्रेसले उठाइरहेको विषय हो संसदमा ।’

‘यो विषयमा छानबिन समिति बनाउने कुरा र कार्यदलमा सहमति जुट्न नसकेको अवस्थामा यसलाई कसरी टुंग्याउन सकिन्छ भन्नेबारेमा प्रधानमन्त्रीजी गम्भीर रहेको हामीले पाएका छौँ । प्रधानमन्त्रीज्युले सम्भव भएसम्म यसलाई अझै छलफल गरेर आज बेलुका वा भोलि बिहानसम्म बसेर टुंग्याउनेमा सरकारको भनाइ छ । यही अहिलेको गतिरोध अन्त्य गर्न केन्द्रित भयो होला भन्ने लाग्छ । अहिलेको स्थितिको अन्त्य गर्न प्रधानमन्त्रीले जोड दिनुभएको छ । नेपाली काँग्रेसले रवि लामिछानेको नाम नै राखेर छानबिन समिति बनाउनुपर्छ भन्ने अडान छ, उहाँहरुलाई हामीले यदी रवि लामिछानेको नाम नराख्दै गर्दा कस्तो किसिमको प्रश्ताव गर्नुहुन्छ सरकार पक्षले भनेर पर्खिरहेका हौँ । उहाँहरु यसमा ठिक ठाउँमा हुनुहुन्न । सरकार पक्ष छानबिन गर्ने ठाउँमा आउनुभएको छैन ।’

उहाँले सत्ता पक्ष छानबिन गर्ने गरी सही रुपमा अझै प्रश्तुत नभएको आरोप समेत लगाउनु भयो ।