२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री दाहाल बुढानिलकण्ठमै पुगेर देउवासँग भेट, के-के भयाे कुरा ?



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई बुढानिलकण्ठमा पुगेर भेट गरेका छन् ।

नेपाली कांग्रेसले लगातार संसद् अबरुद्ध गरेपछि नीति तथा कार्यक्रम पारित र बजेट ल्याउन समस्या परेपछि प्रधानमन्त्री दाहालले आज देउवालाई उनकै निवासमा पुगेर भेटवार्ता गरेका हुन् ।

प्रधानमन्त्री दाहाल र देउवाबीच सहकारी ठगीसम्बन्धी संसदीय छानबिन समितिको कार्यादेशका विषयमा पनि छलफल भएको छ । विशेष गरी संसद्को अवरोध हटाउने विषयमै छलफल केन्द्रीत रहेको सभापति देउवाको सचिवालयले जनाएको छ ।

यसअघि कांग्रेस सभापति देउवाले आज बिहानैदेखि आफ्ना नेताहरुसँग भेटघाट गरिरहेका छन् ।

कांग्रेस नेताहरू बिहानैदेखि देउवा निवासमै छलफल गरिरहेका छन् ।

यसपछि प्रधानमन्त्रीले छलफलका लागि दलका शीर्ष नेताहरूको बैठक बोलाएका छन् । त्यसअघि देउवाले आन्तरिक छलफल गरिरहेका छन् ।