१ मंसिर २०८१, शनिबार
,
Latest
कार्वन व्यापारलाई थप प्रभावकारी बनाउन आवश्यक: वनमन्त्री शाही कीर्तिपुर नगरप्रमुखमा कांग्रेसबाट डङ्गोलले चुनाव लड्ने सहकारी ठगीको अनुसन्धान कहिँकतैबाट प्रभावित हुँदैन् : सञ्चारमन्त्री गुरुङ नेपालको सिमानाको इतिहास तथा यसको विवेचना विचार गोष्ठी सम्पन्न स्थानीय तह उपनिर्वाचन: कीर्तिपुर र काठमाडौं-१६ मा माओवादी र एस बिच सहकार्य लायन्स र निजी क्षेत्रबीच सहकार्य हुन्छ : अध्यक्ष ढकाल एकहजार १६९ उपभोक्ता रहेको चांगाथली खानेपानी उपभोक्ता समितिको अध्यक्षमा बस्नेत प्रधानमन्त्रीले ‘चिनियाँ कार्ड’ प्रयोग गर्न खोजेको भन्ने प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति मञ्चमा फर्किए मह जोडी भोलिदेखि निर्वाचन आचारसंहिता लागू हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

४० वर्ष पुगेपछि महिलाहरुमा शारीरिक र मानसिक तनाव हुन्छ, समयमै ध्यान दिनुपर्छ: डा. मिना थापा



अ+ अ-

काठमाडौँ । महिलाहरु प्रजनन अवधि अथवा सन्तान प्राप्त गर्ने समयको अन्तिम अन्तिममा र महिनावारी सुक्ने बेलामा एउटा परिवारप्रति कर्तव्यबोध, जिम्मेवारीको महशुस हुनुका साथै घरको प्रतिष्ठीत गृहिणीको रुपमा आफूलाई स्थापित गर्न चाहन्छन् । यसको साथसाथै यो अवस्थाका महिलाहरुको उमेर ४० वर्ष नाघिसकेका हुन्छ । यो उमेरमा उनीहरुले आफनो शरीरमा केही परिवर्तन भएकोे पनि महशुस गरेका हुन्छन् । शरीरमा भएको विभिन्न हर्मोनहरुको परिवर्तन चालिस वर्षको उमेरबाट शुरु हुन्छ ।

जसले गर्दा उनीहरुमा शारीरिक र मानसिक साथै अरु कुराहरुमा पनि परिवर्तनहरु हुन शुरु हुन्छ । न्युज एजेन्सी नेपालले आज ४० वर्ष पुगेपछि महिलाहरुमा हुने मानसिक र शारीरिक परिवर्तन, कठिनाइ र उपचारका बारेमा स्त्री तथा प्रसुती रोग विशेषज्ञ डा. मिना थापासँग कुराकानी गरेको छ । कुराकानीका क्रमा उहाँले ४० वर्षपछि महिलाहरुले दैनिक माछा, मासु, जंक फुडहरु खान कम गर्दै लैजानुपर्ने बताउनु भयो । ४० वर्ष पुगेपछि साईकोलोजिकल चेन्जेज हुने भएकाले खानपिनमा विशेष ध्यान दिनुपर्ने बताउनु भयो । यसै सम्बन्धमा केन्द्रित रहेर स्त्री त्था प्रसुती रोग विशेषज्ञ डा. मिना थापासँग गरेको कुराकानीको सम्पादित अंश ।

प्रश्न: ४० वर्ष माथिका महिलाहरुको स्वास्थ्य अवस्थालाई कसरी हेर्नुपर्छ ?

जवाफ: ४० वर्ष नाघेपछि महिलाहरुको स्वास्थ्य अवस्थामा धेरै चेन्जेजहरु (परिवर्तन) आउँछ । त्यो भन्दाअघि र पछिमा फरक हुन्छ । त्यसको कारण के हो त भन्दाखेरी ४० वर्ष पछाडि महिनावारी सुक्ने जुन प्रक्रिया शुरु हुन्छ नि । त्यो प्रक्रियामा गइसक्यो भन्ने बुझिन्छ । अब सबै महिलाहरुको उस्तै उमेरमा महिना सुक्छ भन्ने पनि छैन । धेरै जसोको ५०/१ मा एभेरेज एज हुन्छ । त्यसमा महिनावारी सुक्छ । महिनावारी सुक्नु भनेको हो को भने महिलाहरुको जुन प्रजनन सम्बन्ध जुन क्षमताहरु छन् । प्रजननसम्बन्धि जे जति उसको काम हुन्छ, त्यो चाहीँ बिस्तारै कम भएर गएको भन्ने बुझिन्छ । त्यो चाहीँ प्रजननको लागि चाहिने जति हर्मोनहरु छ नि । त्यो हर्मोनहरु बिस्तारै कम हुँदै जान्छ । त्यो कम भएको कारण महिलाका शरीरमा चेन्जेजहरु आउन थाल्छ । त्यो फिजिकल चेन्जेज पनि हुनसक्छ, साईकोलोजिकल चेन्जेज हुनसक्छ । कतिपय चाहीँ उहाँहरुको स्वास्थ्यलाई नै खराब गर्ने खालको चेन्जेजहरु पनि हुनसक्छ । हुन त यो फिजिकल हो । नर्मल्ली हुने चिज नै हो । तर पनि त्यस्तो हुनसक्छ । ४० वर्ष पुगेपछि साईकोलोजिकल चेन्ज भनेको जस्तै मेरो आमा त एकदमै रिसाको रिसाइ गर्ने, बुझाउन गाह्रो भयो भन्ने हुन्छ । श्रीमानहरुले पनि एकदमै धेरै किचकिच गर्ने भयो भन्ने खालको हुन्छ । त्यो सबै हर्मोनहरुको कारणले गर्दा भएको हो । जुन हर्मोन हामीलाई चाहिन्छ, शरीरको सबै थोक मेन्टेन गर्न । त्यसमध्ये इम्पोटेन्ट (महत्वपूर्ण) हर्मोन जस्तै इस्टोजिन भन्ने हर्मोनको कमी हुँदै जान्छ । त्यो कारणले गर्दा यो समस्या देखापरेको हो ।

प्रश्न: यो बेलामा प्राय: महिलाहरु मानसिक र शारीरिक द्वन्द्वमा हुन्छन् भन्ने छ,के यो सही हो ?

जवाफ: मैले अघि नै भनिसके नि, यो ४० कटेपछि जुन हर्मोनहरु चेन्जेजहरु आउँछ नि । त्यसले गर्दा त्यो फिजिकल नभई मानसिक रुपमा चेन्जेजहरु देखिन्छ । जस्तो ४० वर्ष कटेपछि कतिपय स्याड हुँदै जाने, एकदमै दिक्क मान्ने, पहिला गरेको काम पनि किन गरेको छु भनेर दिक्क मान्ने । रेष्टलेस हुने, निन्द्रा नलाग्ने, पुरानो कुरा सम्झेर बस्ने, सक्स्यूअल डिजाएरहरु कम हुँदै जानेजस्तो कुराहरु हुँदै जान्छ । कतिपय त म अब ४० वर्ष पुगे, जिउ पनि नराम्रो भयो । नेगेटिभ फिलिङहरु आउन थाल्छ । त्यसैगरी फिजिकल चेन्जेजहरु पनि देखिन्छ । यसमा कमन फिजिकल चेन्जेज भनेको शरीरमा अचानक तातो हुने, एक छिनमा फेरि चिसो हुने । त्यस्तो खालको लक्षण देखिन थाल्छ । त्यसलाई हामी हर्ट प्रोसेस भन्छौं । त्यो चाहीँ त्यो चाहीँ महिनावारी सुक्ने ताका करिव ७० प्रतिशत महिलाहरुमा त्यो देखिन्छ । त्यो कुरा अरुले त बुझ्दैन । मलाई तातो भयो भन्दा अँ हामीलाई चिसो भएको बेला तपाईलाई तातो हुने भन्ने पनि हुनसक्छ । अथवा फ्यान चलाइराखेको छ । एक जनाले घटाउ भन्छ, अर्कोले बढाउ भन्छ । त्यो हिसावले द्वन्द्व निस्किन्छ । त्यो महिलाले आफूले चाहेर भएको स्थिति होइन त्यो । अब त्यो चाहीँ फिजिकल्ली हिसावले पनि उहाँको हर्मोनमा चेन्जेजहरु आएकाले त्यो हुन आएको हो । त्यस्तै गरेर राति निन्द्रा नलाग्ने, योनीद्वारहरु सुख्खा हुँदै जाने जस्ता समस्या पनि देखिन थाल्छ ।

प्रश्न: यस्तो समस्या छ भनेर चाहीँ महिलाहरुले कसरी थाहा पाउने ?

जवाफ: महिलाहरुले यस्तो समस्या छ भनेर त भन्नुहुन्छ । तर परिवारको अरु सदस्यले चाहीँ त्यो कुरालाई समस्याको रुपमा मान्दैन । त्यो एउटा गाह्रो भएको विषय हो । जस्तै महिलाले मलाई एकदमै छटपटी हुन्छ । निन्द्रा लाग्दैन, रेष्टलेस हुन्छ । घर परिवार र आफन्तले भने तलाई त मानसिक रोग लागेछ भनेर डिस्करेज गरिदिने हुनसक्छ । उहाँले आफूलाई पहिचान त गर्नुहुन्छ । तर त्यो साँच्चीकै मानसिक रोग हो कि हर्मोनको कारणले भएको हो भन्नका लागि चाहीँ उहाँ डाक्टरकोमा नै आउनुपर्ने भयो । तर त्यो समस्या चाहीँ देखिन्छ उहाँकोमा । उहाँले आफूलाई भन्नुहुन्छ । पढेलेखेकाहरुले मेरो यो महिनावारी सक्न लागेर यस्तो भएको होकि पनि भन्नुहुन्छ । अव साईकोलोजिकल चाहीँ पहिला मानसिक रोगतिर गएर पछि गाईनोलोजिष्टतिर आउनेहरु पनि हुन्छन । फिजिकलको लागि धेरै ठाउँमा डुल्ने, मेडिकलमा जानेहरु पनि हुन्छन् ।

प्रश्न: भनेपछि यो समस्या महिलामा भन्दा पनि घरपरिवारले नबुझ्दा भएको हो ?

जवाफ: हो । त्यो बुझ्दाखेरी त्यसलाई समस्याको रुपमा लिन नसकिएको हो । अथवा त्यस्तो हुन्छ भनेर रियलाईज नगर्दा पनि त्यस्तो हुन्छ । यस्तो अवस्थामा मानसिक समस्या हुनसक्छ, फिजिकल समस्या हुनसक्छ भन्ने कुरा घरपरिवारका सदस्यले जानेको भए महिनावारी सुक्न लागेर पो त्यस्तो भएको हो कि । एकचोटी गाईनालोजिष्ट कहाँ भटौँ न भन्ने हुन्थ्यो । त्यसकारण यसका लागि सबैले थाहा पाउन जरुरी छ । जसरी महिनावारी शुरु हुने बेलामा ऊ हलक्क बढ्यो भने महिनावारी हुन लाग्यो है भनेर बुझ्छन् नि । त्यस्तै गरेर अब यो ४० वर्ष कटेपछि जोडो हुने, गर्मी हुने, चिडचिडाहट हुने, निन्द्रा लाग्न छोड्यो भनेर यसरी भन्न थाल्यो भने महिनावारी सुक्न लागेर हो कि भनेर बुझनुपर्ने भयो । यो कुरा समाजका सबै मान्छेले बुझन जरुरी छ ।

प्रश्न: यो समस्याको निदान र स्वास्थ्य हेरचार चाहीँ कसरी गर्ने त ?

जवाफ: यसको निदान गरेर यसको डाईनोक्सीस चाहीँ हुँदैन । गर्नुपर्दैन पनि । ४० वर्षको उमेरमा मान्छे मानसिक रोगी हुँदैन भन्ने त छैन नि । त्यस्तो बेलामा साईलोजिकल प्रोब्लम (समस्या) केही आएछ भने मानसिक रोगको गएर गोईनोलोजिष्ट कहाँ आउन सक्छ । कतै यो हर्मोनले हो कि भनेर पहिला मानसिक रोगकोमा गएर पछि मानसिक रोगमा जान पनि सकिन्छ । त्यस्तै गरेर ४० वर्ष उमेर पुगेका मानिसहरुलाई हर्ट प्रोसेज भन्छौं हामी । राती तातो हुने, चिसो हुने, एक्कासी जुरुक्क उठ्ने । अथवा मेरो छाला एकदम सुख्खा भएर गयो, योनीद्वारतिर सुख्खा हुन थाल्यो भने यस्तो अवस्थामा महिनावारी सक्नेताका भएको हो कि भनेर एकचोटी गाईनोलोजिष्टलाई भेट्न जरुरी हुन्छ । सबभन्दा ठूलो कुरा चाहीँ सम्पूर्ण मानिसहरुले छोरा हुन वा छोरी । उनीहरुले महिनावारी सक्ने ताका यि समस्याहरु हुनसक्छ है भनेर जबसम्म हामी जानकार हुँदैनौ नि । त्यसको समाधानतिर हामी जान सक्दैनौं ।

प्रश्न: अहिलेको अवस्थामा त्यो अवेरनेस हुने कुरामा कस्तो पाउनुभएको छ ?

जवाफ: अहिले बिस्तारै यो कुरामा अवेरनेस हुँदै गएको छ । जस्तो सबैको हातहातमा सोसल मिडियाले गर्दा पनि होला । कहीँ यस्तो हुने बित्तिकै लौ मलाई महिनावारी सक्न लागेर यस्तो प्रोब्लम भएको हो कि भनेर आउनेहरु हुनुहुन्छ । पहिलाको हेरिकन त अहिले बढेको हो । तर यो नै सफिसेन्ट चाहीँ छैन है । किनकी, पढेलेखेको मान्छेलाई पनि थाहा छैन कि यस्तो हुन्छ भनेर । एउटा यस्तो बिरामी भेटेको छु कि हर्ट प्रोसेजको कारणले सिंगै काठमाडौंमा उपचार गरेर इन्डियामा गएर उपचार गर्दा पनि निको नभएर पछि म कहाँ आएर मैले हर्मोनको उपचार गरेपछि निको भएको पनि छ । यो चाहीँ यस्तो पनि हुनसक्छ है भन्ने नलेज नभएर यस्तो भएको हो नि ।

प्रश्न: यसको उपचार पद्धति के हो ?

जवाफ: यो बेला हुने सबभन्दा ठूलो समस्या भनेको महिनावारी घटबढ हुने समस्या हो । त्यो बेला चाहीँ हामी कहाँ आउनुहुन्छ है । जस्तो महिनावारी कहिले एक महिनामा हुने, कहिले तीन महिनामा हुने, कहिले १५ दिनमा हुने समस्या हुन सक्छन् । यस्तो खालको भयो भने त्यस्तो अवस्थामा हामी कहाँ आई पुग्नुहुन्छ । त्यो हामीले बुझाउँछौं । महिनावारी सुक्ने बेलामा अव हर्मोन चाहिने भन्दा कम हुँदै गयो । यसको घटबढ भयो । मेन्टेन भएन । समस्या शुरु भयो । त्यो समस्या धेरैलाई हुन्छ । त्यसको उपचार पनि छिटो हुन्छ । किनकी त्यसलाई समस्याको रुपमा उहाँहरुले बुझ्नुहुन्छ । जस्तै सुत्न गाह्रो भयो । अथवा हर्ट प्रोसेस तातो भयो, चिसो भयो । अथवा सुख्खा हुन थाल्यो । पिसाव पोल्ने, चिलाउने हुन थाल्यो भने यो चाहीँ अर्कै समस्याको पो हो कि भनेर बुझ्नुुहुन्छ । उमेर ४० कटेपछि सबभन्दा डर लाग्दो कुरा गर्नुहुन्छ भने हाम्रो शरीरको हड्डी साह्रै कमजोर हुँदै जान्छ । हड्डीमा, मासुमा घट्दै जान्छ । यो चाहीँ उमेर अनुसार घटदै जाने प्रक्रिया हो । जस्तो यो प्रोब्लम मेलमा पनि हुन्छ । महिलाहरुको चाहीँ महिनावारी सक्ने बेलामा त्यो प्रक्रिया धेरै छिटो हुन्छ । यसअघि एकदमै स्लो हुन्छ । तर महिनावारी सुकेपछि बोर्नको डेन्सिटी घट्ने प्रक्रियामा एकदमै फास्ट हुन्छ । त्यसकारण त्यो चाहीँ ठूलो समस्या हो । डेन्सिटी घटयो भने हाम्रो हड्डी छिटो भाँचिन्छ । कतिपय अवस्थामा बोर्न (हड्डी) भाँच्चिएकै कारणले पनि मान्छेको ज्यान तलमाथि हुनसक्छ । त्यो ठूलो समस्या भयो । अर्को महिनावारी सुक्ने बेलादेखि सुकिसकेपछि मुटुको समस्या देखिन्छ । कोरोनरी हार्ट डिजिज भन्छौं हामीले । त्यो भनेको हार्टअट्याक भन्नेकुरा हुन्छ नि । हो त्यस्तो खालको समस्या चाहीँ बढ्दै जान्छ । यस्तो अवस्थामा सुगर बढ्न सक्छ, ब्लड प्रेसर बढ्न सक्छ । थाईराइड बढने भन्ने चाहीँ थाहा भएको छैन । तर सबै उमेर समूहका महिलामा थाईराईडको समस्या देखिने भएकाले ४० वर्ष पछि पनि त्यो समस्या देखिन्छ । तर ह्वात्तै बढेको देखिँदैन । तर ब्लड प्रेसर, सुगर, हड्डी खिइने, पिसावसम्बन्धि समस्या अवस्था पनि बढ्छ ।

प्रश्न: हाम्रो देशमा यसको उपचार सेवा चाहीँ कस्तो पाउनुभएको छ ?

जवाफ: यो वास्तवमा पब्लिक हेल्थ ईस्यु हो यो । यो चाहीँ हामीले पब्लिकमा गएर नलेज दिएर उहाँहरुलाई एक्सरसाईज गर्ने, खानपानमा ध्यान दिने, आफूलाई सोसलाईज गर्ने । यो गर्नुभयो भने उहाँहरुको साईकोलोजिकल र थोरबहुत फिजिकल प्रोब्लम पनि हल हुन्छ । तर यदी त्यसले गर्दा पनि भएन भने जुन हर्मोनहरुको कारणले त्यो समस्या भएको थियो, त्यसलाई हामीले रिप्लेस गर्न सक्छौ । तर त्यो हर्मोन आफैँमा सेफ हर्मोन चाहीँ होइन । दिन मिल्छ, प्रोब्लम हल पनि हुन्छ । त त्यो दिँदा मोनिटरिङ चाहिन्छ । औषधि खाएपछि सजिलोहुने भएकाले अस्पताल नजाने गर्नुहुन्न । किनकी यो हर्मोनका आफ्नै किसिमको साईट इफेक्ट हुने भएकाले यसले राम्रो इफेक्टिभली काम पनि गर्छ तर मोरिङका लागि उहाँले डाक्टरलाई बेलाबेलामा भेटिरहन पनि सक्नुहुन्छ । औषधि यहाँ उपलब्ध छ । यो उपचार सबै गाईनोलोजिष्टहरुले गर्न सक्नुहुन्छ ।

प्रश्न: केएमसीमा चाँही यसको उपचार सेवा कस्तो छ ?

जवाफ: प्राईमरिली हामीले गाईनोमा नै हेर्छौं । भएन भने हामी कार्डियोलोजी, हर्ड, ब्लड प्रेसर आदिमा पठाउँछौं । अल्टिमेटली हर्मोन दिनुपर्‍यो भने उपचार दिने हामीले नै हो । र महिलाहरुले पनि आफ्नो लागि चाहीँ आफैले पनि गर्नुपर्छ । अब ४० वर्ष पुगेपछि अरुको लागि मात्रै होइन, आफ्नो शरीरको लागि पनि हेर्नुपर्ने भयो है भन्ने कुरा चाहीँ बुझ्नुपर्ने हुन्छ ।

प्रश्न: यस उपचारका लागि नेपालमा कति खर्च हुन्छ ?

जवाफ: हामीले यहाँ एकदम सस्तो उपचार दिइराखेका छौं यहाँ । हामी कहाँ एकदमै स्पेसलाईज डाक्टरहरु नै हुनुहुन्छ । जेनेरलबाट आउँदा ५० रुपैयाँको टिकट काटेर डाक्टरलाई भेट्न सक्नुहुन्छ । भनेपछि त यसलाई त सुलभ नै त मान्नुपर्ला । अब अरु बिएमडी गर्नुपर्‍यो, अथवा ईसिजी गर्नुपर्ला । त्यो पनि अरु पब्लिक हस्पिटल जस्तै छ । कुनैमा त हामी त्यो भन्दा पनि सस्तो नै छौं । त्यसकारण हाम्रोमा उपचारका लागि त्यस्तो महंगो छैन । जस्तो पाठेघरको मुखको क्यान्सर पनि हामी गरिदिन्छौं । त्यो पनि अरु ठाउँमा हेरिकन हाम्रोमा सस्तो छ । त्यो हामी ११ सयमा नै गर्छौं । त्यो अन्य ठाउँमा हुँदैन । हामी त्यसैमा क्यान्टरको डाक्टर कहाँ पनि ५० रुपैयाँको टिकटमा नै उपचार हुन्छ । उपचारको हिसावले यहाँको उपचार साह्रै नै सुलभ छ ।

प्रश्न: ४० वर्ष कटेपछि आकस्मिक रुपमा कुनै जोखिमहरु हुनसक्छ ?

जवाफ: अघि मैले भने यसको कारण ठूलो समस्या मुटुको हर्ट अट्याकको समस्या हुनसक्छ । उहाँको बोर्न फ्याक्टर हुनसक्छ । हडड्ी खिइने क्रम तिब्र हुनाले यसको फ्याक्चर हुन नदिन एकदम केयर हुनुपर्‍यो । त्यसकारण ४० उमेर पुगेपछि महिलाहरुले मलाई अब धेरै रोग हुन्छ है भन्ने सोचेर आफ्नो लागि आफैले ध्यान दिनुपर्ने हुन्छ । अब हामीले महिलाहरुको एउटा प्याकेज पनि शुरु गर्दैछौं । पाठेघरको मुखको क्यान्सर हुने सम्भावना छ कि छैन ? भनेर टेस्ट केएमसीले गर्दैछ । जनरल हेल्थ चेकअप गर्छौं । कुनै समस्या छ कि छैन भनेर । मुटु, सुगररोग छ कि छैन भनेर टेस्ट गर्ने गरेर हामी एउटा प्याकेज शुरु गर्दैछौँ ।

प्रश्न: ४० वर्ष उमेर कटेपछि कस्तो खानपानमा ध्यान दिनुपर्छ ?

जवाफ: यो उमेर लागेपछि महिलाहरु मोटाउँदै जानुहुन्छ । शरीरको बीच भागमा बढी बोसो लाग्न थाल्छ । त्यो भनेको खतरा हो । त्यसले मुटुको रोगलाई निम्त्याउँछ । सुगरलाई निम्त्याउँछ । त्यसो हुनाले उहाँहरुले एक्सरसाईजमा मात्रै होइन, खानपानमा पनि ध्यान दिनुपर्छ । पहिला जति मात्रा खानुहुन्थ्यो, अब त्यति खानु हुँदैन । किनभने उहाँको फिजिकल एक्सरसाईज पनि बिस्तारै घट्दै जान्छ । खानपान घटाउँदै जानुपर्छ । क्यालोरी इन्टेक पहिला २ हजार लिनुहुन्थ्यो भने अब हजार, १२ सय क्यालोरी इन्टेक गर्नुपर्ने हुन्छ । फ्याट इन्टेक पनि कम गर्नुपर्छ । हामीले फलफूल, भिजिटेबललाई इन्टेकमा बढाउनुपर्ने भयो । त्यसले क्यालोरी इन्टेक पनि कटाउँछ । दैनिक माछा, मासु खाइन्छ भने त्यसलाई पनि घटाउनुपर्ने हुन्छ । जंक फुड खाने बानी घटाउनु पर्छ । त्यसले त्यसले क्यालोरी बढाउने, शरीरलाई मोटो बनाउने भयो । जंक फुडमा केमिकल पनि हुन्छ । अर्को प्रोसेज गरेको खानेकुराहरु पनि खानुभएन । चिया, कफीको मात्रा पनि घटाउनु पर्‍यो ।

प्रश्न: केही सुझाव ?

जवाफ: अब चाहीँ महिलाहरुले ४० वर्ष कटेपछि आफ्नो लागि आफैले सोच्ने बेला भयो । वर्षको एकपटक कम्तिमा अस्पताल गएर आफ्नो स्वास्थ्य चेक अप गराऔं । त्यसमा कुनैपनि समस्यालाई सानो नठानौं, त्यसले पनि ठूलो जोखिमको रुप लिनसक्छ । मुख्य कुरा उहाँहरुले आफ्नो लाइफस्टाइललाई मोडिफाई गर्नुपर्‍यो । त्यसमा योगा गर्ने, सामाजिक गतिविधिमा सहभागी हुने, क्यालोरी इन्टेक कम गर्ने । त्योसँगसगै पानीको मात्रा बढाउने । त्यसले किड्नीको फंग्सनलाई काम गर्ने बनाई राख्छ । र केही समस्या भयो भने गाईनोलोजिस्ट कहाँ आएर भेटि हाल्नुपर्दछ । बेलैमा उपचारका आए बेलैमा निदान पनि गर्न सकिन्छ । त्यसका लागि हाम्रो अस्पतालमा मैले अघि नै भनेका प्याकेजहरु छन् । परीक्षण गरांै ।

डा. मिना थापा स्त्री तथा प्रसुती रोग विशेषज्ञ हुनुहुन्छ ।