२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar आगामी ५० वर्षलाई मार्गनिर्देशन गर्ने शिक्षा ऐन बनाउनुपर्छ : अपेन अध्यक्ष बोहरा News Polar बूढीगण्डकी बाढी : उद्धार र जोखिम न्यूनीकरणमा जुट्न ट्रक यातायात व्यवसायी महासंघको अपिल News Polar पोखरामा ओभरसीज फ्रेण्डसिप इन्टरनेसनल अस्पताल सञ्चालनमा, २४ सै घण्टा आकस्मिक सेवा News Polar निजी विद्यालय कम्पनीकै रूपमा सञ्चालन गर्न पाउनुपर्छ : प्याब्सन अध्यक्ष अधिकारी News Polar बुढीगण्डकी बाढीः दर्जनौँ घर र पुलमा क्षति, प्रभावित क्षेत्रबाट ४७ जनाको उद्धार News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन

मदन भण्डारी राष्ट्रिय पुरस्कारको आवेदन आह्वान

मदन भण्डारी राष्ट्रिय पुरस्कारको आवेदन आह्वान
अ अ+ अ-

काठमाडौं । मदन भण्डारी फाउन्डेसनले मदन भण्डारी राष्ट्रिय पुरस्कार २०८० का लागि आवेदन आह्वान गरेको छ ।

फाउन्डेसनले २०६८ सालदेखि हरेक वर्ष जननेता मदन भण्डारीको नाममा स्थापित मदन भण्डारी राष्ट्रिय पुरस्कार प्रदान गर्दैै आएको छ ।

जनताको बहुदलीय जनवादले मार्गदर्शन गरेअनुरुप सामाजिक न्याय, समविकास, पर्यावरण संरक्षण, आर्थिक समृद्धि, विभेदरहीत समाज निर्माणका क्षेत्रमा अध्ययन, अनुसन्धान र नविन प्रयोग गरी समाजमा महत्वपूर्ण योगदान पुर्‍याउनुभएका व्यक्तित्वको पहिचान, सम्मान र प्रोत्साहन गर्न यो पुरस्कार प्रदान गरिँदै आएको छ ।

हालसम्म विभिन्न १० विधामा यो पुरस्कार प्रदान गरिएको छ ।

पुरस्कारका लागि नेपालमा दर्ता भएर कम्तिमा विगत पाँच वर्षदेखि सञ्चालनमा रही, राष्ट्रिय अर्थतन्त्रलाई बलियो बनाउने अभिप्राय र पछाडि परेका क्षेत्र र समुदायमा बेरोजगारी दर घटाउन मद्दत पुग्ने गरी विशेष समुदाय वा क्षेत्रका, कम्तिमा ५० जना नेपाली नागरिकहरुलाई प्राथमिकता दिएर व्यवसाय सञ्चालन गरी वार्षिक कम्तिमा ५० करोड बराबरको वार्षिक कारोबार गरी नेपाल सरकारलाई तिर्नुपर्ने करका दायित्वहरु पूरा गरेको उद्यमी तथा व्यक्ति एवम् महिलाको नाममा दर्ता भएका विशेषत: महिला स्वयम्ले सञ्चाचलन गरेका उद्योगलाई विशेष प्राथमिकता दिइने भएको छ ।

यसैगरी राष्ट्रियस्तरमा प्रभावकारी रुपमा रोजगारी सिर्जना गर्दै र राष्ट्रिय अर्थतन्त्रको उत्थानमा योगदान पुर्‍याउँदै, दिगो आर्थिक विकासका विभिन्न आयामहरुमा क्रियाशील उद्यमी वा विशेष भूमिका खेवलेका व्यक्तिको पहिचान गरी पुरस्कृत गर्ने कार्यक्रम रहेको फाउन्डेसनले जनाएको छ ।

पुरस्कारको राशी एक लाख रुपैयाँ र प्रमाणपत्र छ । पुरस्कार जननेता मदन भण्डारीको जन्मजयन्ती अर्थात् असार १४ गते एक कार्यक्रमाबीच हस्तान्तरण गरिने छ ।

पुरस्कारको मापदण्ड र आवेदन फाराम फाउन्डेसनको वेबसाइटमा उपलब्ध गराइएको छ । फाउन्डेसनले मापदण्डका आधारमा पुरस्कारका लागि उपयुक्त व्यक्ति वा संस्था आफैंले वा तोकिएको मितिसम्ममा सिफारिस गर्ने संस्थाले आवेदन फाराम भरी उपयुुक्त व्यक्ति वा संस्थाको सिफारिस गरिदिन आह्वान गरेको छ ।