३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

बर्नलीलाई हराउदै म्यानचेस्टर शीर्ष स्थानमा उक्लियो



अ+ अ-

लन्डन । म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिगमा मंगलबार राति बर्नलीलाई १–० ले हराएको छ । पउल पोग्बाले दोस्रो हाफमा गरेको गोलमा म्यानचेस्टर युनाइटेडले जित हात पार्न सफल रह्यो । यससँगै टोली अंक–तालिकाको शीर्ष स्थानमा उक्लिन सफल रह्यो । सन् २०१२ को डिसेम्बरयता म्यानचेस्टर अंकतालिकाको शीर्ष स्थानमा पुगेको यो पहिलोपल्ट हो ।

त्यस सिजन म्यानचेस्टरले एलेक्स फर्गुसनको नेतृत्वमा लिग जितेको थियो । म्यानचेस्टरको १७ खेलबाट ३६ अंक भएको छ । यो दोस्रो स्थानमा झरेको लिरभपुलभन्दा तीन अंकको अग्रता हो । मंगलबारको अर्को खेलमा एभरटनले उल्भ्सलाई २–१ ले हराई चौथो स्थानमा पुग्यो । उसको ३२ अंक भएको छ ।

गोल अन्तरले समान ३२ अंकसाथ लेस्टर सिटी तेस्रो स्थानमा छ । यस्तै सेफिल्डले सिजनको पहिलो लिग जित हात पार्न न्युकासल युनाइटेडलाई १–० ले हरायो । सेफिल्डको पाँच अंकसाथ अझै पुछारमा छ । सब्स्टिच्युट बिली सार्पले खेलको एक मात्र गोल गरे । लिगमा खेलेका १८ खेलमा सेफिल्डको यो पहिलो जित हो ।