१४ आश्विन २०८१, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ



अ+ अ-

काठमाडौं । विप्लव समूहका नेता धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् । 

पश्चिम कमाण्ड प्रमुखसमेत रहेका बाँस्तोला काठमाडौं उपत्यका क्षेत्रबाट पक्राउ परेका हुन् । 

प्रहरी उच्च स्रोतका अनुसार बाँस्तोलासँगै समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ निकट नेता विवेक कुमाल पनि पक्राउ परेका छन् । 

बाँस्तोला समूहको सचिवालय सदस्य एवं विदेश विभाग प्रमुखसमेत हुन् ।