२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस्
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपेन्द्र यादवको दुवै रिट पेशीमा



फाइल फोटो
अ+ अ-

काठमाडौँ । जनता समाजवादीका पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले दायर गरेका दुई थान रिट निवेदनमा मंगलवार पेशी तोकिएको छ ।

यादवले दल विभाजन र विभाजनपछि बनेको दलका सांसदहरूलाई विश्वासको मत दिनबाट रोक्न भनेर दुईओटा रिट दायर गरेका थिए ।

दल विभाजन विरुद्ध दायर भएको रिटको पेशी न्यायाधीश प्रकाशकुमार ढुङ्गाना र अब्दुल अजिज मुसलमानको इजलासमा तोकिएको छ। २५ नम्बरमा परेको उक्त पेशीको आज सुनुवाइ हुने सम्भावना न्यून रहेको छ । दल विभाजनको मुद्दामा यादवले निर्वाचन आयोगलाई विपक्षी बनाई रिट दायर गरेका थिए ।

त्यस्तै, यादवको दोस्रो रिट न्यायाधीश अब्दुल अजिज मुसलमानको एक इजलासमा पेशी तोकिएको छ । यादवले दल विभाजन गराउँदै नयाँ पार्टी निर्माण गरेका अशोक राईसहितका ७ जना सांसदले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नमिल्ने भनी रिट दायर गरेका थिए । यो मुद्दाको पेशी दोस्रो नम्बरमा रहेको छ।