११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar पाल्पामा पहिरोले घर पुरिँदा वृद्धको मृत्यु News Polar सुनको मूल्य तोलामा ७०० रुपैयाँले बढ्यो News Polar क्यानडामा हेलिकोप्टर दुर्घटना, चार जनाको मृत्यु News Polar जबराको पक्राउप्रति एमाले महासचिव पोखरेलको आपत्ति, भने– ‘विधिको शासनको मर्मविपरीत’ News Polar मनाङमा पहिरोले ३३ केभी विद्युत् लाइन अवरुद्ध News Polar नारायणीसहित विभिन्न नदीमा बाढीको उच्च जोखिम, सतर्क रहन आग्रह News Polar पाल्पा पहिरोमा दुईको मृत्यु, तीन जना बेपत्ता News Polar बागलुङमा पहिरोमा पुरिएर एकै परिवारका चार जनाको मृत्यु News Polar मध्यरातमा चोलेन्द्रमाथि देखिएको सुरक्षा ‘थ्रेट’ News Polar सिद्धार्थ राजमार्गका विभिन्न स्थानमा पहिरो, सडक आंशिक रूपमा सञ्चालनमा News Polar बागलुङमा पहिरोमा पुरिएर चार जनाको मृत्यु News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन

सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई

सार्कलाई सक्रिय बनाउन नेपालले ठोस पहल गर्नुपर्ने परराष्ट्रविद्हरुको भनाई
अ अ+ अ-

काठमाडौँ । परराष्ट्रविद्हरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) लाई सक्रिय बनाउन पहल गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशनले सोमबार यहाँ आयोजना गरेको दक्षिण एसियाको भविष्यस अवसर, चुनौती र सम्भावना बिषयक अन्तरक्रिया कार्यक्रममा उहाँले सार्कलाई सक्रिय गराउनु पर्ने बताउनु भएको हो ।

उहाँहरुले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) निर्जिव भइरहेको वेला परारष्ट्रविद्हरुले अव बोल्ड निर्णय गरेर अगाडि बढ्नुको विकल्प नभएको बताउनु भएको हो । उहाँहरुले सार्कलाई सक्रिय बनाउनका लागि ठाउँ परिवर्तन गरेर भएपनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा उहाँहरुले भारत र पाकिस्तानको कारणले सार्कलाई बन्दक बनाउन नहुने सुझाव दिएका हुन् । एमालेका स्थायी कमिटीसदस्य डा। राजन भट्टराईले सार्कलाई सक्रिय बनाउनका लागि ठाउँ परिवर्तन गरेर भएपनि शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले नेपाल अहिले सार्कको अध्यक्ष राष्ट्र भएकोले पुर्नजिवित बनाउनका लागि पहल गर्नुपर्ने भनाई राख्नुभयो । उहाँले पाकिस्तानमा हुन नसकेको शिखर सम्मेलन नेपालमा नै गर्नुपर्ने बताउनुभयो ।“अहिले पनि हामीमा अन्य देशलाई कन्भिन्स गर्ने क्षमता रहेको छ । नेपालका लागि किन शिखर सम्मेलन उपयुक्त छ भनेर अहिलेको वातावरणले हामी बताउन सक्ने ठाउँमा रहेका छौ,” उहाँले भन्नुभयो, “चाहे त्यो सार्कको कुरा होस् वा राजनीतिक वातावरणको कुरा होस् चाहे हाम्रो वहुपक्षिय सम्बन्धको कुरा होस् । सवैको जस्तो हाम्रो अरु देशको जस्तो प्रतिकुल अवस्थामा छैनौ ।”

उहाँले सार्कलाई पहिल्यै अवस्थामा फर्काउनका लागि नेपालले अध्यक्ष राष्ट्रको हैसिलयले पहल गर्नुपर्ने भनाई राख्नुभयो ।
उहाँले एमाले सरकारमा गएपछि नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह ९इपिजी० ले तयार पारेको प्रतिवेदन बुझाउनेमा सकारात्मक वातावरण बनेको भन्दै भारतमा निर्वाचन सकिएपछि बुझाउने तयारी भइरहेको बताउनुभयो । “भारतको निर्वाचन सकिएपछि सरकारकै पहलबाट इपिजीको प्रतिवेदनलाई बुझाउने पहल गर्नुपर्दछ” उहाँले भन्नुभयो, “हामी कपिपय बिषय यस्ता हुन्छन् । त्यसमा हामी थकित हुनुहुँदैन । प्रतिवेदन लामोसमयदेखि थाति राखेका समस्यालाई सम्बोधन गरेको छ । त्यसमा सहमति प्रतिवेदन तयार गरेकोले भारतले नाई भन्न सक्दैन । हामीबाट त्यो प्रतिवेदन सहि भएकोले हामीले बुझाउन खोज्दा खोन्दै सकेनौ थकित भयो भनेर छाड्न हुन्न । ”

सांसद एवम् पूर्व परराष्ट्रमन्त्री विमला राई पौडेलले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले शिखर सम्मेलन गर्नुपर्ने बताउनुभयो ।

उहाँले आफू परराष्ट्रमन्त्री हुँदा वखत सम्मेलन गराउनका लागि श्रीलंकामा भएको कार्यक्रममा सवै देशका परराष्ट्रमन्त्रीलाई भेटेर पहल गरेको स्मरण गर्नुभयो । “सवै देशबाट सकारात्मक जवाफ आएपनि भारतबाट आएन । भारतले जवसम्म पाकिस्तानमा शिखर सम्मेलनको ठाउँ तोकिन्छ तवसम्म हामी गदैनौ भन्ने जवाफ आयो,” उहाँले भन्नुभयो ।

उहाँले नेपाल सार्कको अध्यक्ष राष्ट्र भएकोले बन्दक बनाएर राख्न नहुने बताउनुभयो । उहाँले सार्कसंग हामीले अन्य संगठनसंग के के फाइदा लिन सकिन्छ त्यता तिर पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

परराष्ट्रविद् डा. निश्चलनाथ पाण्डेले नेपाल अध्यक्ष राष्ट्र भएकोले सार्कका गतिविधि गर्नुपर्ने धारणा राख्नुभयो ।

मलेसियाका लागि नेपालका पूर्वराजदूत उदयराज पाण्डेले सार्कको साँचो भारतको रहेकोले भन्दै हामी अध्यक्ष राष्ट्र भएकोले बोल्ड निर्णय गरेर सार्कलाई पुनजिवित गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले हाम्रो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सार्कको एजेण्डा लिएर सवै देशको भ्रमण गर्नुपर्ने सुझाव दिनुभयो ।

“हाम्रो काँधमा अध्यक्षको जिम्मेवारी आइलाग्यो । सवै जनाले ब्लेम हामीलाई नै गर्नछन र गर्नुपनि पर्दछ । कि हामी यसलाई भंग गरेर जाउ कि पुनजिवित गरौ । अध्यताको हैसियतले हामीले एउटा बोल्ड डिसिजन गर्नुपर्दछ,” उहाँले भन्नुभयो ।

परराष्ट्रविद् शम्भुराम सिंखडाले राजनीतिक दल, नागरिक समाज र मिडियाले दवाद दिएर भएपनि सार्कलाई पुनजिवित बताउनुुपर्नेमा जोड दिनुभयो । उहाँले पाकिस्तान र भारतमा नयाँ सरकार बनेसंगै सार्कले पुर्नजिवित पाउने सम्भावना रहेको बताउनुभयो । “सार्कको सक्रिय बनाउने जोड दिनुपर्दछ । संस्थागत रुपमा सार्क जति अगाडि बढेको छ । विमेस्टेक त्यति अगाडि बढेको छैन । सार्कले चार्टर बनाउने सम्मको काम गरिसकेको छ । त्यो लेभलमा पुगेको सार्कलाई बचाउनुपर्दछ,” उहाँले भन्नुभयो ।

एमालेकी केन्द्रीय सदस्य शर्मिला कार्कीले राजनीतिक दलका नेताहरुबीच पनि सार्कका बिषयमा गम्भिर बन्नुपर्ने सुझाव दिनुभयो । प्राध्यापक प्रेमसागर चौलागाईले सार्कलाई फरक तरिकाले लैजानुपर्नेमा जोड दिनुभयो ।

फाउण्डेशनका अध्यक्ष महेन्द्र वहादुर पाण्डेले सार्क सक्रिय नहुदा नेपाललाई घाटा भएकोले भन्दै अध्यक्ष राष्ट्रको हैसियतले सार्कलाई नेपालले सक्रिय बनाउनुपर्नेमा जोड दिनुभयो ।