३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

के तपाई इन्टरनेट बैंकिङ प्रयोग गर्नुहन्छ ? यी १२ गल्तीहरु गर्न सावधान रहनुहोस्

के तपाई इन्टरनेट बैंकिङ प्रयोग गर्नुहन्छ ? यी १२ गल्तीहरु गर्न सावधान रहनुहोस्
अ+ अ-

काठमाडौं । पछिल्लो दिनहरुमा बैंक तथा वित्तीय संस्थाहरुको इन्टरनेट बैंकिङ्ग वा अनलाइन बैंकिङ्ग सेवा प्रयोग गर्नेको संख्या बढ्दो छ  । अर्को तर्फ इन्टरनेटको सहजता र बैंकहरुले दिँदै आएको इन्टरनेट बैंकिङ्ग सेवामा मानिसहरुको आकर्षण बढिरहेको छ । नेपालमा पनि इन्टरनेट बैंकिङ्ग सेवाग्राहीको संख्या बढिरहेको राष्ट्र बैंकको तथ्यांकले नै देखाउँछ । तर सहज र सजिलो मानिएको इन्टरनेट बैंकिङ्गमा जोखिमहरु पनि उत्तिकै छन् ।

ह्याकरहरु इन्टरनेट बैंकिङ्ग वा मोबाइल बैंकिङ्ग गर्नेहरुले केहि न केहि सानो गल्ती गरोस् भनेर कुरिरहेका हुन्छन् । जसले गर्दा मानिसहरुले आफ्नो खाताबाट थाहा नपाईकन नै रकम गुमाउन सक्ने संभावना हुन्छ । त्यसैले यी विषयहरुमा ध्यान दिनुहोस् र आफ्नो इन्टरनेट बैंकिङ्गलाई सुरक्षित राख्नुहोस् ।

१) पासवर्ड गोप्य राख्नुहोस्

केहि समयको अन्तरालमा तपाईको इन्टरनेट बैंकिङ्ग खाताको पासवर्ड परिवर्तन गर्नु ठिक हुन्छ । सधैं पासवर्ड लामो र मिश्रण प्रकारको राख्नुहोस्। अंग्रेजीको विभिन्न क्यारेक्टरयुक्त प्रयोगको साथ पासवर्ड राख्नु धेरै राम्रो मानिन्छ। अर्थात अंग्रेजी अक्षरहरु, अंक, क्यापिटल र स्मल लेटरका साथै विभिन्न क्यारेक्टरहरुको प्रयोग गर्नुस् । यसले तपाईंको खाता छिटो ह्याक गर्न सक्दैन्। असुरक्षित वाइफाइमा अनलाईन बैंकिङ नगर्नुहोस् र सधैँ तपाइँको व्यक्तिगत कम्प्युटरलाई मात्र यसको लागि प्रयोग गर्नुहोस्। डायरी वा मोबाइलमा आफ्नो पासवर्ड नलेख्नुस् ।

२) बैंक सम्बन्धित जानकारी गोप्य राख्नुहोस्

इन्टरनेट प्रयोग गर्दा कुनै शंकास्पद लिङ्कमा कहिले पनि क्लिक नगर्नुहोस्। कुनैपनि आकर्षक प्रस्ताव वा अफरमा क्लिक गरेर त्यसमा भएको निर्देशनहरू पालना गर्नाले खतरा निम्त्याउँछ । तपाइँको धेरै व्यक्तिगत जानकारीहरु ठग वा ह्याकरहरुकोमा पुग्छ। यस्तोमा तपाईँका बैंक वा क्रेडिट तथा अन्य कार्डहरुको जानकारी गोप्य राख्नुहोस् ।

३) सुरक्षित लिंकको प्रयोग गर्नुहोस्

तपाईँलाई इन्टरनेट बैंकिङ्गको लागि बैंकले उपलब्ध गराएको लिंकमा मात्र क्लिक गर्नुहोस् । इन्टरनेट बैंकिङ्गको लागि अनलाइनमा लिंक सर्च नगर्नुस् । जहाँ ह्याकरहरुले नक्कली लिङ्कहरु राखेर तपाईँको यूजरनेम पासवर्ड लगायत चोर्न सक्नेछन् ।

४) लक आइकनमा हेर्नुहोस्

यदि बैंकको अनलाइन वा वेबसाइटमा यूआरएल९गच०ि मा ताल्चाको चिन्ह देखिएको छ भने मात्र त्यस्तो साइटमा तपाइँको बैंक खाता आईडी र पासवर्ड प्रयोग गर्नुहोस्। यसले तपाईंको पासवर्ड गोपनीय राख्छ। यो चिन्हले तपाइँले काम गरिरहनुभएको वेबसाइट सुरक्षित छ भनेर संकेत गर्दछ।

५) आपतकालमा बैंकलाई सूचित गर्नुस्

यदि तपाई आफ्नो बैंक खातामा अनुमान वा राखेको भन्दा कम पैसा देख्नुहुन्छ भने तुरुन्तै तपाइँको बैंकलाई यसको बारेमा सूचित गर्नुहोस्। यस्तो अवस्थामा पैसा फिर्ता हुने संभावना अधिक हुन्छ । यदि तपाईं बैंकलाई सूचना दिन ढिलो गर्नुहुन्छ भने पैसा कहिल्यै फिर्ता नहुन सक्छ । यसबाहेक, हरेक रकमको कारोबार बारे तपाईंको मोबाइलमा एसएमएसबाट जानकारी लिनुहोस् र सधैँ यसलाई सक्रिय राख्नुहोस्। अर्थात बैंकको एसएमएस अलर्ट सेवा लिनुहोस् ।

६) फोन बैंकिङ्ग सुरक्षित राख्ने बैंकको जिम्मेबारी

प्रायः फोनहरू बैंकिङ्गले विवरणहरू सेभ गर्न सक्दैनन् र सबै जानकारी एउटा सुरक्षित डाटा केन्द्रमा लोड हुन्छ। जब तपाईंको फोन हरायो वा चोरी भएमा नडराउनुहोस्, आफ्नो मोबाइल अपरेटरलाई जानकारी दिएर आफ्नो नम्बर बन्द गर्नुहोस्। र यस्तोमा प्रहरीलाई खबर गर्नुस् ।

७) फ्रडको बारेमा बैंकलाई जानकारी दिनुहोस्

यदि तपाईंको इन्टरनेट बैंक खाताको साथमा कुनै प्रकारको धोखाधड़ी वा फ्रड भएको छ भने तुरुन्त बैंकलाई जानकारी दिनुहोस्। यसमा बैंकले तत्काल काम गर्नेछ। वा तपाईंलाई लाग्दछ कि तपाईँले आफ्नो इन्टरनेट बैंक खाताको विवरण गलत व्यक्तिका साथमा शेयर गर्नुभयो भने, तुरुन्त बैंकमा रिपोर्ट गर्नुहोस् र नयाँ पासवर्ड तुरुन्तै बनाउनुस्।

८) फिशिङबाट बच्नुहोस्

फिशिङ एक प्राविधिक शब्द हो जुन कुनै पनि ठगी वा घोटालाको लागि प्रयोग गरिन्छ। जब कुनै शंकास्पद व्यक्ति वा संगठनले तपाईलाई नक्कली ई(मेल पठाउँदछ भने तपाईँले यसलाई फिशिंग भनेर बुझ्न सक्नुहुन्छ। यी इमेलहरू हेर्दा विश्वसनीय जस्तै हुन्छन् र तपाईंको बैंक खाता नम्बर, पासवर्ड र धेरै व्यक्तिगत जानकारीहरु यसको माध्यमले खोज्दछन्। सधैं यस्तो इमेलबाट सावधान रहनुहोस् र त्यसमा दिएको लिंकहरूमा क्लिक नगर्नुहोस्।

९) स्मार्टफोनलाई लक गरेर राख्नुस्

यदि तपाईंसँग बैंक जाने समय छैन वा कम्प्यूटरमा अनलाइन बैंकिंगका लागि समयअभाव छ भने केबल आफ्नो फोनमा मात्र सुरक्षित बैंकिंग कारोबार गर्नुस् । यस्तो कारोबार गर्ने फोन सँधै लक राख्नुहोस् र अरू कसैसँग पासवर्ड साझा नगर्नुहोस्।

१०) लगआउट गर्न नबिर्सनुहोस्

इन्टरनेट अनलाइनबाट रकम कारोबार गरिसकेपछि तुरुन्तै आफ्नो खाता लगआउट गर्न नबिर्सनुहोस्। यदि तपाईंको खाता खुल्लै छ र लगआउट छैन भने अर्को व्यक्तिले यसलाई दुरुपयोग गर्न सक्छ।

११) एन्टिभाइरस अपडेट राख्नुहोस्

तपाईंको मोबाइल वा कम्प्युटरमा अनलाईन बैंकिंगको प्रयोगको लागि सधैँ एन्टिभाइरस प्रयोग गर्नुहोस् । र एन्टिभाइरसको नयाँ र अपडेट भएको भर्सन मात्र प्रयोग गर्नु जरुरी छ।

१२) पब्लिक वाईफाईमा इन्टरनेट बैंकिङ्ग नचलाउनुस्

अहिले नेपालका विभिन्न स्थानहरुमा सार्वजनिक वाईफाई सित्तैमा चलाउन पाईन्छ । मानिसहरुले यसको खुबै प्रयोग गरिरहेका हुन्छन् । तर यस्तोमा पब्लिक वाईफाईमार्फत इन्टरनेट बैंकिङ्ग गर्नु भनेको ह्याकरलाई निम्तो दिनु हो । पब्लिक वाईफाईबाट ह्याकरहरुले सजिलै डाटाहरु चोर्न सक्ने संभावना अधिक हुन्छ । त्यसैले सतर्क हुनुहोस् ।

यदि उल्लेखित यी विषयहरुमा इन्टरनेट बैंकिङ्ग गर्दा ध्यान दिनुभयो भने कहिल्यै तपाईँ समस्यामा पर्नुहुन्न् । त्यसैले सतर्क बन्नुहोस र सुरक्षित हुनुहोस् । एजेन्सीको सहयोगमा