२ पुष २०८२, बुधबार
,
Latest
घरमा ढुङ्गा खस्दा चार जना घाइते कम्बोडियाको सीमा क्षेत्रमा भएको झडपमा १७ जनाको मृत्युः मन्त्रालय जापानिज ‘इन्सेफ्लाइटिस’बाट पाँच महिनामा छ जनाको मृत्यु दिउँसैसम्म हुस्सु–कुहिरो लाग्न थालेपछि चिसो ह्वात्तै बढ्यो युके पठाउने भन्दै रु ५२ लाख ठगी गर्ने एक जना पक्राउ जेन–जीहरुले स्वर परिवर्तन गर्न थालेः मेयर महर्जन नेपाल सरकार र एडीबीबीच सार्वजनिक वित्त व्यवस्थापन सुदृढीकरणसम्बन्धी ऋण सम्झौता नयाँ जनभावनाअनुरुपको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौँः प्रधानमन्त्री कार्की एमाले महाधिवेशनः मतदान जारी मन्त्री घिसिङ र महानिर्देशक बरालद्वारा महाकाली सिँचाइ तेस्रो चरण आयोजनाको निरीक्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्योदय र डाफोडिल प्रिक्वाटर फाइनलमा



अ+ अ-

काठमाडौं । आयोजक सूर्योदय ‘बी’ र डाफोडिल प्रथम पीएचसीए खुला एसइइ थ्री अन थ्री बास्केटबल प्रतियोगिताको ब्वाइजतर्फ बिहीबार प्रिक्वाटरफाइनलमा प्रवेश गरेका छन् । सूर्योदय समूह ‘एच’ को उपविजेता तथा डाफोडिल सोही समूहको विजेताका हैसियतले प्रिक्वाटरफाइनलमा प्रवेश गरेका हुन् ।

घट्टेकुलोस्थित घरेलु कोर्टमा सूर्योदय ‘बी’ ले विल्सन एकेडेमीलाई ८–६ ले पराजित ग¥यो । डाफोडिलले सूर्योदय ‘बी’ लाई १२–७ तथा विल्सनलाई १६–१० ले हरायो । ब्वाइजमै मिलनको ‘ए’, ‘बी’ र ‘डि’, टिम चन्दन, एटम, भीएस कलेज ‘ए’, रोशन, मनासलु, क्याम्पियन, विनय पुरी, ग्रामर, टीआईए, टिम रावत र ओमेगा प्रिक्वाटरफाइनलमा पुगेका छन् ।

गल्र्समा भीएस कलेज ‘बी’ ले सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो । गल्र्समै सूर्योदय, साइपाल, लिम्पिया, भीएस कलेज ‘ए’, बुद्ध प्रकाश र हिमालयले क्वाटरफाइनलमा स्थान बनाए ।प्रतियोगिताको सूर्योदय फाउन्डेसनका अध्यक्ष लक्ष्यबहादुर केसी र प्रबन्ध निर्देशक सुशिल थापाले निर्णायकलाई एक कार्यक्रमबीच बल हस्तान्तरण गरी उद्घाटन गरे ।

प्रतियोगिताको ब्वाइजमा ३२ र गल्र्समा १६ गरी जम्मा ४८ टिम सहभागी छन् । ब्वाइजमा पहिलो हुनेले २० हजार, दोश्रोले १० हजार र तेश्रोले ५ हजार नगद पुरस्कार प्राप्त गर्ने छन् । गल्र्समा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ४ हजार नगद पुरस्कार जित्ने छन् । ब्वाइज÷गल्र्स दुवैमा ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई जनही २ हजार नगदबाट पुरस्कृत गरिने छ । प्रतियोगिता शनिबार सम्पन्न हुने छ ।