• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

काँग्रेसले समिति माग गरेको होइन, सरकार माग गरेको हो: प्रमुख सचेतक बर्तौला



काठमाडौ। नेकपा(एमाले)को प्रमुख सचेतक महेश बर्तौलाले प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले संसदीय छानविन समिति माग नगरी सरकार माग गरेको आरोप लगाउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक बर्तौलाले नेपाली काँग्रेसले संसदीय छानविन समितिको नाम गरेर सरकारको माग गरेको बताउनुभएको हो । उहाँले गृहमन्त्री रवि लामिछानेको नाममा छानविन समिति बनाएर राजीनामा माग्ने र सरकार ढाल्ने बदनियत काँग्रेसले राखेको भन्दै त्यो कुरा सम्भव नहुने बताउनु भयो । उहाँले काँग्रेसको माग बदनियतपूर्ण र पूर्वाग्रहप्रेरित रहेको बताउनु भयो । उहाँले कोही व्यक्तिको नाममा अनुसन्धान गर्न समिति बनाउन नसकिने स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो – ‘यस्तो बदनियत राखेर एउटा कोही अमुक व्यक्तिका नाममा अनुसन्धान गर्नका लागि अनुसन्धान अधिकारी नेपाली कांग्रेसले नियुक्त गर्न पाउँदैन । नेपाली कांग्रेसको यसप्रकारको दादागिरी, उदण्डता, अराजकता, अधिनायकवादी तरिका स्वीकार्य हुन सक्दैन । यदि काँग्रेस संवादको माध्यमबाट अगाडी बढ्न तयार छ भने हामी सम्वादको सबै वातावरण बनाएर अगाडी जान तयार छौँ । कार्यदलको बैठक बस्न सक्छ । कार्यदललाई व्यवस्थित ढंगले लैजान चाहान्छौँ । सहकारी पीडितलाई न्यायको प्रक्रियाबाट अगाडी जान चाहन्छौँ । बचतकर्ताहरुको वचतको सुरक्षाको सुनिश्चितता गर्न चाहान्छौँ । ठगि र बदमाशी गर्नेहरुलाई कारबाही गर्न चाहन्छौँ । त्यो यो संसदीय छानविन समितिले गर्न सक्छ । तर नेपाली काँग्रेस तयार छ ? तपाईहरुलाई चाहिएको छ रवि लामिछानेको नाम । नाम लिने, भोलिपल्टदेखि सदनमा राजीनामा माग्ने । सरकारलाई ढाल्ने । अस्थिरतातर्फ मुलुकलाई लैजाने दाउपेच नेपाली कांग्रेसको छ । नेपाली कांग्रेसले समिति माग गरेको होइन । समितिको नामबाट सरकार माग गरेको हो । जुन कुरा असम्भव छ । नेपाली कांग्रेसको त्यो बदनियत हो भन्नेकुरा, पूर्वाग्रहप्रेरित छ भन्ने कुरा उसको समग्र चरित्र र व्यवहारबाट उदाङ्गो भएको छ ।’

उहाँले संसदीय छानविन समितिको कार्यादेश टुंग्याउन प्रमुख प्रतिपक्ष दलसँग संवाद कायम राखिने पनि बताउनु भयो ।