२० मंसिर २०८२, शनिबार
,
Latest
इजरायलको ‘पूर्ण फिर्ता’ बिना गाजा युद्धविराम अधुरो हुने कतारका प्रधानमन्त्रीको भनाइ एनपिएलः रोसिङटनको अर्धशतकमा पोखरा आठ विकेटले विजयी अविश्वास बढेको छ, सुरक्षाका लागि सरकार जिम्मेवार हुनुपर्छः सभामुख घिमिरे अध्यक्ष ओलीबाट महाधिवेशन विशेष ई–बुलेटिन शुभारम्भ पार्टीको १५औँ महाधिवेशन र निर्वाचनको तयारी सँगसँगैः महामन्त्री थापा धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना मुलुकमा अब धुमधामका साथ समाजवाद आउँछः माधव नेपाल अन्य प्रदेशहरुमा पनि एमाले बाहेकको समीकरण बन्छः दाहाल प्रधानमन्त्रीले मलाई पक्राउ गर्न दबाब दिइरहनुभएको छः ओली आगो लगाएकै भरमा सरकार बन्छ र चल्छ भन्ने नसोच्न ओलीको चेतावनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभामुखको कुर्सीमा पार्टीको कार्यकर्ता देख्यौँ: प्रमुख सचेतक शाही



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सभामुख देवराज घिमिरे सभामुखको रुपमा नभई पार्टीको कार्यकर्ताको रुपमा प्रश्तुत हुनुभएको बताउनुभएको छ ।

सोमवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रमुख सचेतक शाहीले प्रतिनिधि सभा बैठकमा सभामुख घिमिरेले सभामुखको रुपमा भुमिका निर्वाह नगरेको बताउनुभएको हो । उहाँले सभामुखलाई सभामुखको रुपमा कुर्सीमा बसेको नदेखेर पार्टीको कार्यकर्ताको रुपमा कुुर्सीमा देखेको टिप्पणी गर्नुभयो । उहाँले सभामुखलाई सभामुख हो वा अमुक पार्टीको कार्यकर्ता हो भनि प्रश्न समेत गर्नुभयो । उहाँले बैठकमा प्रमुख प्रतिपक्ष दल लगायतका अन्य प्रतिपक्ष दलहरुले अवरोध गर्दागर्दै प्रधानमन्त्रीले विश्वासको मत लिनुले पनि सभामुखको भुमिकाप्रति प्रश्न उठेको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘आज हामीले सभामुख देखेनौँ । कुर्सिमा बसेको मान्छे देख्यौँ । तर कुन पार्टीको कार्यकर्ता देख्यौँ । सभामुखले आज ठूलो गल्ती के गर्नु भएको छ भने, संसदमा उपस्थित भएको संख्याको पनि गलत टिप्पणी सार्वजनिक गर्नुभएको छ । संसदमा नेपालको इतिहासमा नै पहिलोपल्ट होला कि संसदमा यसरी प्रमुख प्रतिपक्ष लगायत अन्य प्रतिपक्षले हामीले आजको विश्वासको मत मान्दैनौँ भन्दैगर्दा सभाबाट जर्बजस्ती गरेको । अर्को कुरा मर्यादापालक कहाँ बस्ने हो ? मर्यादापालकले सभामुखलाई रक्षा गर्ने हो कि ? सांसदलाई रक्षा गर्ने हो ? वा सत्तापक्षका प्रधानमन्त्री र मन्त्रीलाई रक्षा गर्ने हो ? हाम्रो नियमावलीमा स्पष्ट के छ भने कुनैपनि मन्त्रीपटी, कुनैपनि मान्छेपटी अगाडी फर्केर मर्यादापालकहरु बस्न मिल्दैन भन्ने हाम्रो नियमावलीमा स्पष्ट लेखेको छ ।’

‘तर आज प्रधानमन्त्री र मन्त्रीहरुलाई मर्यादापालकले घेरेर राख्नुपर्ने जुन अवस्था भयो त्यो भएको हुनाले आज हामीले के देख्यौँ भने सभामुख देखेनौँ । एउटा पार्टीको कार्यकर्ता त्यहाँ बसेको देख्यौँ । सभामुखज्यूलाई भन्छु तपाई सभामुख हो कि अमुक पार्टीको कार्यकर्ता हो ? यो प्रश्नचिन्ह खडा भएको छ । जबकि हाम्रो उपस्थितिलाई सम्म त्यहाँ गणना गरिएको छैन । यसरी पनि गर्न मिल्छ ? यो कहाँको न्याय हो ? प्रधानमन्त्रीले विश्वासको मत लिन अझै २२ दिन बाँकी छ नि त । विश्वासको मत भोलि, पर्सि लिएको भएपनि हुन्छ । सभामुखले निष्पक्षताको भुमिका खेल्नु भएन । अहिले हाम्रो प्रतिपक्ष दलहरुको बैठक पनि भर्खरै सकिएको छ । हामी सबैको निर्णय के छ भने, सभामुख सभामुख जस्तो रहनु भएन ।’

प्रमुख सचेतक शाहीले प्रतिपक्ष दलहरुको साझा निष्कर्ष नै सभामुखको भुमिका सभाभुखको जस्तो नभएको रहेको बताउनु भयो ।