७ श्रावण २०८३, बिहीबार
,
Latest
बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न मानार्थ वाणिज्यदूतहरूलाई परराष्ट्रमन्त्री खनालको आह्वान ‘स्क्यामर’ र अन्य अपराधीको निगरानी गर्न आग्रह कृषि विश्वविद्यालय विदेशी विद्यार्थी भर्ना लिने तयारीमा तीन महिनामा सात हजार फरार प्रतिवादी पक्राउ मन्त्री बादीद्वारा सिंहदरबारस्थित दिवा शिशु केन्द्रको अनुगमन बिमा ऐनसम्बन्धी कसुरमा मृदुला सरिया पक्राउ निजी क्षेत्रसँग सहकार्य गरेर शिक्षा क्षेत्रमा सुधार गर्छौंः मन्त्री पोखरेल उपराष्ट्रपति यादव इजिप्टको राष्ट्रिय दिवसमा सहभागी नेपाली काँग्रेसले शुरु गर्‍यो ‘एनसी फर एनसी’ अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

सहकारी ठगलाई जोगाउन सरकार संसदीय मूल्य मान्यता मास्न उद्धत भयो: कांग्रेस



अ+ अ-

काठमाडौं । नेपाली कांग्रेसले सरकार सहकारीका केही ठगहरूलाई जोगाउन संसदीय मूल्य मान्यता मास्न उद्धत रहेको निष्कर्ष निकालेको छ ।

संसद बैठकपछि बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले सरकार पीडितलाई नभइ सहकारी ठगलाई जोगाउन उद्धत भएको बताए ।

उनले सदनमा कांग्रेसले बोल्न माग गर्दा पनि सत्तापक्षको दम्भको कारणले बोल्न नदिएको आरोप लगाए । सरकारले विपक्षीलाई बोल्न नदिएर आजै विश्वासको मत लिन जिद्दी नाटक गरेकोमा खेदजनक रहेको बताउदै उनले भने, ‘निर्बाध रूपले सदन सञ्चालन हुने अवस्था हुँदा हुँदै सरकारले बलमिचाइँ गर्‍यो। र, तानाशाही प्रवृत्ति देखायो। पर्याप्त समय हुँदा हुँदै पनि आज अवरुद्ध सदनको बीचमा बहुमत सिद्ध गर्ने नाटक गर्‍यो यो नेपालको संसदीय इतिहासमा नौलो र दुखदायी घटना मन्चन गरेको छ। यसले संसदीय मूल्य मान्यतालाई कमजोर पारेको छ।’