३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

भारतविरुद्ध अस्ट्रेलियाको मध्यम प्रदर्शन, श्रीलंकाको खराब प्रदर्शन जारी



अ+ अ-

ब्रिसबेनः अस्ट्रेलियाको ब्रिसबेनमा अस्ट्रेलिया र भारतबीच शुक्रबारदेखि चौथो तथा अन्तिम टेस्ट क्रिकेट खेल शुरु भएको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको अस्ट्रेलियाले महत्वपूर्ण तीन विकेट गुमाएर ४९ ओभरमा १२८ रन बनाएको छ । पहिलो दिनको मौसम सफा रहेकाले खेल जारी छ ।
अस्ट्रेलियाले डेभिड वार्नर (१), मार्कस ह्यारिस (५) र खतरनाक फर्ममा फर्किरहेका स्टिभेन स्मिथ (३६) रनमा गुमाएको छ ।

भारतका लागि मोहम्मद सिराज, शार्दुल ठाकुर र वासिङटन सुन्दरले एकएक विकेट लिएका छन् ।

क्रिजमा मार्नस लाबुसान ५५ तथा म्याथु वेड १९ रन बनाएर खेलिरहेका छन् ।

 

इङल्यान्ड–श्रीलंका क्रिकेट
इङल्यान्ड र श्रीलंका बीच श्रीलंकाको गालेमा जारी टेस्ट क्रिकेटमा श्रीलंका ठूलो दबाबमा परेको छ । पहिले ब्याटिङ गरेको श्रीलंकाली टोली १३५ रनमै समेटिएपछि इङल्यान्डका सामु खेल जित्ने मौका बनेको छ ।

श्रीलंकाको टोलीले पहिलो दिन ४६.१ ओभरमै सबै विकेट गुमाएको थियो । इङल्यान्डका लागि डम बेसले ५ विकेट लिएका थिए भने स्टुआर्ट बोर्डले ३ र ज्याक लिचले १ विकेट लिएका थिए । एक विकेट रनआउटको रुपमा प्राप्त भएको थियो ।

पहिलो दिन नै पहिलो इनिङ शुरु गरेको इङल्यान्डले प्रभावशाली खेल प्रदर्शन गरेको छ । इङल्यान्डले २ विकेट गुमाएर १२७ रन बनाइसकेको छ । इङल्यान्डले पनि प्रारम्भिक ब्याट्सम्यान डम सिब्ले र जाक क्रलीलाई सस्तैमा गुमाएको थियो ।

तर त्यसपछि जोनी बेयरस्टोले ४७ र जो रुटले ६६ रन बनाएर टिमलाई सम्हालेका छन् । उनीहरु दुबै नटआउट खेलिरहेका छन् ।