२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिवद्ध छः परराष्ट्रमन्त्री खनाल गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम पुनः सुरु सशस्त्र प्रहरी हेडक्वार्टर एमटी शाखा आगलागीबारे छानबिन समिति गठन अफगानिस्तानमा भएको बारुती सुरुङ् विस्फोटमा दुई जना बालबालिकाको मृत्यु २० मेगावाटसम्मका आयोजना कर्णाली प्रदेश सरकारले निर्माण गर्ने सगरमाथा आधार शिविरबाट दावा शेर्पाको उद्धार, उपचारका लागि ल्याइयो काठमाडौँ साहित्य मानव सभ्यताको आत्मबोध गर्ने सशक्त माध्यम होः सञ्चारमन्त्री नेपालमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका परियोजना र बजेट दुवै घट्दै, चार वर्षमा परियोजना संख्या दुई तिहाइले… कोरम नपुग्दा सार्वजनिक लेखा समितिको बैठक बस्दै नबसी स्थगित बजेटले निजी क्षेत्रलाई सम्बोधन गर्न सकेन, हामी फेरि भिड्छौँः उपाध्यक्ष डाँगी
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेबिसंघको प्रदर्शन– तस्बिरहरु



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेस निकट विद्यार्थी संगठन (नेविसंघ) ले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै आन्दोलन गरेको छ ।

आईतवार माईतीघर मण्डला क्षेत्रमा नेविसंघले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै प्रदर्शन गरेको हो । सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेले राजीनामा दर्नुपर्ने भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।

प्रदर्शनका क्रममा उनीहरुले चिया छानेको, सहकारी ठग जोगाउन कति जानेको, रविको जीविकोपार्जन सहकारी ठगी, गृहमन्त्रीज्यु प्रमाणित भए राजनीति छोड्ने रे, अनि प्रमाणित हुन छानबिन गर्नु परेन, ए रवि दाई, खोइ त जीवि राई, रवि लामिछाने, होइन, होइन ठगि लामिछाने लगायतका प्लेकार्डहरु प्रर्दशन गरेका थिए । संसद्मा पनि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले लामिछानेमाथि छानबिन हुनुपर्ने माग राख्दै अवरोध गर्दै आइरहेको छ ।