६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक



file photo
अ+ अ-

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक आज पनि बस्न सकेन । विशेष कारण देखाउँदै भोलि दिउँसो सवा १ बजेसम्मलाई बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको बुझिएको छ ।

कानून मन्त्रालयमा आज बसेको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लाग्न सकेन ।

प्रमुख प्रतिपक्ष कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

अर्कोतर्फ, उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास गरिएको छ ।