१६ श्रावण २०८३, शनिबार
,
Latest
भियतनाम सरकारद्वारा अवैतनिक महावाणिज्यदुत राजेशकाजी श्रेष्ठ सम्मानित ‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’ सिंहको कवितासङ्ग्रह ‘लोकतन्त्रको अस्मिता’ लोकार्पण ‘ग्यासको आपूर्ति नियमित छ, अभाव छैन’ मिड–भ्याली इन्टरनेसनल कलेजको ‘बिल्ड नेपाल ह्याकाथन’ आजदेखि सुरु,एआईदेखि रोबोटिक्ससम्मका प्रविधिमा प्रतिस्पर्धा  नेपाल–चीन कूटनीतिक सम्बन्ध ७२ वर्षमा धनुषामा कर्फ्युः हटाइएर निषेधाज्ञा जारी हुलाकमार्फत आजदेखि घरदैलोमै सवारी चालक अनुमतिपत्र ढुवानी सुरु निर्यात ठप्प हुँदा भद्रपुर भन्सारको राजस्व लक्ष्य पूरा भएन रुसी मिसाइल र ड्रोन आक्रमणमा किएभमा तीनको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

छानबिन समितिको कार्यादेश टुंगो नलागेपछि भोलिलाई सर्यो राष्ट्रिय सभा बैठक



file photo
अ+ अ-

काठमाडौँ । संघीय संसद् अन्तर्गतको राष्ट्रियसभा बैठक आज पनि बस्न सकेन । विशेष कारण देखाउँदै भोलि दिउँसो सवा १ बजेसम्मलाई बैठक सारिएको संसद सचिवालयले जनाएको छ ।

सहकारी प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश टुंगिन नसक्दा आज बैठक नबसेको बुझिएको छ ।

कानून मन्त्रालयमा आज बसेको कार्यदलको बैठकमा संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लाग्न सकेन ।

प्रमुख प्रतिपक्ष कांग्रेसले गृहमन्त्रीलाई मातहत निकायले अनुसन्धान र बयान गराउन नसक्ने भएकैले संसदीय छानबिन आवश्यक रहेको प्रष्ट पारेको छ ।

अर्कोतर्फ, उपप्रधान तथा गृहमन्त्रीको नाम नलेख्ने तर समस्याग्रस्त सहकारीको नाम लेख्ने गरी सहमतिको प्रयास गरिएको छ ।