२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता जेलेन्स्कीले पुटिनलाई लेखेको पत्र समय सापेक्ष निर्णय : इयू गुल्मीमा रास्वपा सांसद सागर ढकाल सवार गाडी दुर्घटना महिला आयोगका सदस्य पौडेलद्वारा लिखित ‘नारी रेखा’ लोकार्पण एनआरएनए एनसिसि पोर्चुगलद्वारा २६ हजार युरोभन्दा बढी आर्थिक अनियमितताको दाबी, अघि बढाइयो कानुनी प्रक्रिया बुढीगण्डकीलाई बहुउद्देश्यीय बनाउन प्राधिकरण मोडलमा अगाडि बढाइँदै सञ्चारमन्त्री डा. तिमिल्सिनासँग संयुक्त राष्ट्रसंघीय निकायका प्रतिनिधिहरुद्वारा औपचारिक भेटघाट दुर्गा प्रसाई र धवलशमशेर राणाको समूहबिच राष्ट्रवादी एजेन्डासहित नयाँ राजनीतिक दल गठन गर्ने सहमति
तपाईं के खोज्दै हुनुहुन्छ ?

फेसबुकबारे यी कुराहरु तपाईलाई थाहा नहुन सक्छ, जान्नै पर्ने यी रहेका छन् २० रोचक तथ्य



अ+ अ-

काठमाडौं । फेसबुकले आफ्ना अनेक फिचरमार्फत विभिन्न खालका सेवा प्रदान गर्दै आएको छ । यसबारे कतिपय कुरा तपाईलाई थाहा नहुन पनि सक्छ ? तपाईले दैनिक प्रयोग गर्दै गरेको फेसबुकलाई पक्कै पनि अझै जान्न मन छ होला । तपाईलाई निश्चय पनि यी तथ्यहरुले मद्दत पुग्ने छ । र तपाई के गर्दा राम्रो र नराम्रो हसन्छ भन्ने बारे पनि सचेत गराउँछ । यस्को मतलव यो हो की तपाईलाई फेसबुक चलाउन सझिलो र भरपर्दो हुने ज्ञान उपलब्ध हुन्छ । यी रोचक तथ्य बँदागत रुपमा रहेका छन् 

१) संसारभरका एक तिहाई मान्छेका लगि सूचना प्राप्त गर्ने पहिलो स्रोत फेसबुक नै हो । एक तथ्यांकअनुसार प्रत्येक मिनेटमा फेसबुकमा १८ लाख पटक लाइक बटनको प्रयोग गरिन्छ।

२) फेसबुकमा २० लाख बढी सक्रिय विज्ञापनकर्ता छन् । फेसबुकले प्रयोगकर्तालाई पैसा कमाउने प्लेटफर्म पनि दिएको छ । व्यवसायीको लागि नयाँ अप्सनहरु बनाइरहन्छ । भिडियो सेयरिङ अप्सन वा अन्य विभिन्न सामाग्री सेयर गरेरपनि तपाईले फेसबुकबाट पैसा कमाउन सक्नुहुन्छ ।

३) एक सेकेन्डमा ८ जना नयाँ प्रयोगकर्ता थपिन्छन् । फेसबुक फेक अकाउण्टहरुको आँकडा ८.७ प्रतिशत रहेको छ । 

४) फेसबुक प्रयोगकर्ताले आफ्नो मृत्युपछि पनि आफ्नो अकाउन्ट अरु मानिसलाई सुम्पिन सकिन्छ। अधिकांश फेसबुक प्रयोगकर्तालाई लाग्न सक्छ, मरेपछि आफ्नो अकाउन्ट के होला ? या मरिसकेका व्यक्तिको अकाउन्ट फेसबुकले के गर्छ होला । आफ्ना प्रयोगकर्ताको मृत्यु भएको रिपोर्ट कसैले फेसबुकमा गर्यो भने उसले विभिन्न तथ्य जुटाएर यथार्थ खोजेर प्रयोगकर्ताको मृत्यु भएको पुष्टि भएमा फेसबुकले मृतकको प्रोफाइललाई मेमोरलाइज्ड गर्छ । त्यसपछि उक्त अकाउन्ट कसैले पनि लग इन वा परिवर्तन गर्न सक्दैन ।

५) तपाई फेसबुकमा कुनै कुरा अपलोड गर्दै हुनुहुन्छ भने पक्कै टाईप गर्नुहुन्छ अनि ‘ईरेज’ पनि गर्नुहोला तर तपाईले स्ट्याटस अपडेटमा जे टाइप गरेपनि त्यो सिधैं सर्भरमा आउँछ। तपाईले पोस्ट नगरेका टेक्स्टहरु पनि सर्भरमा गएको हुन्छ ।

६) तपाई आफ्नो फेसबुक अकाउन्ट लग इन गरेर इन्टरनेटमा अरू काम गरिरहनुभएको छ भने फेसबुकले तपाईका सबै गतिविधि रेकर्ड गरिरहेको हुन्छ ।

७) फेसबुक भिजिटपछि प्रयोगकर्ताले आफ्नो जिन्दगी उजाड महसुस गर्छन् किनकि मानिसहरुले हरेक खुसीको मोमेन्ट फेसबुकमा सेयर गरिरहेका हुन्छन् ।

८) फेसबुकमा नियमितजसो दैनिक ६ लाख पटक ह्याकिङका प्रयासहरु हुन्छन्।

९) फेसबुकमा नियमित झुण्डिरहनेहरुमा फेसबुक एडिक्सन डिसअर्डर अर्थात् एफएडी नामको रोगले समात्छ । विश्वमा करोडौँ मानिस एफएडीबाट ग्रसित छन् ।

१०)  ‘साइट डाउन’ हुँदा फेसबुकले प्रत्येक एक मिनेट बराबर २५ हजार डलर बराबरको नोक्सान ब्यहोर्छ ।

११)  हामीले मन पर्यो भन्ने व्यक्त गर्न दबाउने गरेको लाइक बटनको नाम पहिले ‘असम‘ थियो।

१२) अधिकांश देशमा फेसबुक सामाजिक सञ्जालमा एक नम्बरमा छ । तर, फेसबुक विश्वका केही देशमा भने प्रतिबन्धित छ । चीन, इरान, उत्तर कोरिया, लगायत देशमा फेसबुक चल्दैन ।

१३) धेरै पटक मृत्युको कारण बनेको फेसबुकमा बालबालिकाहरुको एडिक्सन चाहिनेभन्दा २० औँ गुणा बढी छ ।

१४) फेसबुकले नीलो रङ प्रयोग गर्नुको कारण निकै रोचक छ । यसका संस्थापक मार्क जुकरबर्गलाई कलर ब्लाइन्डनेस छ । उनले सबैभन्दा राम्रोसँग देख्न सक्ने रङ नीलो भएकाले नीलो रङमा फेसबुक डिजाइन गरिएको हो ।

१५) चित्त नबुझेपछि या इग्नोर गर्नको लागि हामी फेसबुकमा मानिसहरुलाई ब्लक गर्छौ नि ? फेसबुकमा ब्लक गर्न नसकिने एकजना व्यक्ति फेसबुकका संस्थापकमार्क जुकरबर्ग हुन् ।

१६)  फेसबुक सर्भरमा ३ सय पेटाबाईट डाटा स्टोरेज गरिएको छ । अनुमान लगाउनुहोस् त एक पेटाबाईटमा १० लाख गिगाबाईट हुन्छ ।

१७) एक सय वर्षमा मृत मानिसको फेसबुक एकाउण्टको तथ्याङ्क ५० करोड पुग्ने अनुमान गरिएको छ ।

१८) तपाईले डिलिट गरेको म्यासेज सर्भरमा कहिल्यै डिलिट हुँदैन ।  तपाईले ‘वन्ली मी’ गरेर पोष्ट गरेको स्टाटस समेत सर्भरलाई थाहा भइसक्छ ।

१९)  संसारभरको दिनको सवा एक बजेदेखि सवा दुई बजेसम्म सबैभन्दा धेरै अन्तर्क्रिया हुन्छन् ।  

२०) हाल फेसबुकमा तीन करोड बढी मृत मानिसको एकाउण्ट छ । एजेन्सीको सहयोगमा