२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar मौसम पूर्वानुमान क्षमता सात दिनसम्म विस्तार गरिएको छः उर्जामन्त्री श्रेष्ठ News Polar बाढीपीडितलाई ६३ लाख सहयोग News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै

परेड सफल बनाउन पर्यटन प्रवद्र्धकको अपिल

अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिँदै
अ अ+ अ-

न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा नेपाल डे परेड गरिने भएको छ । गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको मूल आयोजना तथा स्थानीय नेपाली संघसंस्थाहरुको सहभागितामा यहि आईतबार न्यूयोर्कको म्यानहाटन शहरमा परेड गर्न लागिएको हो ।

परेडलाई सफल बनाउन न्यूयोर्कका लागि नेपाल सरकारका पर्यटन प्रवद्र्धक गोकुल श्रेष्ठले बक्तव्य जारी गर्दै नेपाल डे परेडमा सहभागि हुन डायस्पोराका सम्पूर्ण नेपालीलाई आव्हान गर्नुभएको छ ।

वक्तव्यमा भनिएको छ– ’नेपाल र नेपालीको पहिचान, कला, संस्कृति र सभ्यताको आफ्नै इतिहास र विरासत सगरमाथाजस्तै उँचो छ । यो गौरवशाली इतिहास र विरासतको सम्र्बद्धन नेपालमा मात्र नभई नेपालीहरु रहेका हरेक ठाँउबाट हुँदै आएको छ । परेडले अमेरिकामा नेपाल र नेपालीका लागि आफ्नो पहिचान, एकता र अस्तित्व स्थापित गर्न महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।’

गैरआवासीय नेपाली संघ, अमेरिका न्यूयोर्क च्याप्टरको आयोजना एवम् स्थानीय नेपाली संघसंस्थाको सहकार्य र समर्थनमा नेपाल डे परेड हुन लागेको हो ।

कार्यक्रमले नेपालको मौलिक भेषभुषा, कला, संस्कृतिको प्रबद्र्धनसँगै नेपाल र अमेरिकाको सम्बन्धलाई जनस्तरमा पुर्‍याउन मद्दत गर्ने प्रवद्र्धक श्रेष्ठले दाबी गर्नुभएको छ । उहाँले नेपाल डे परेडले नेपालको पर्यटन प्रबर्द्धनमा समेत टेवा पुर्याउने विश्वास व्यक्त गर्नु भएको छ । वक्तव्यमा भनिएको छ– ‘कार्यक्रम सफल बनाउनु तपाईं–हामी सबै नेपालीको दायित्व हो । कार्यक्रममा सहभागिता जनाएर नेपाली एवं नेपाली मूलका अमेरिकी नागरिकहरुले अपनत्व महशुस गराउने ऐतिहासिक अवसर पनि हो ।’

उहाँले नेपाल डे परेडमा सम्पूर्ण नेपाली समुदायका महानुभावहरुलाई सहभागिताका लागि आव्हान गर्दै सवै मिलेर म्यानहाटन शहरबाट सगरमाथाको देश नेपाल र नेपालीको कला–संस्कृति विश्वभर फैलाउन र गौरवशाली विरासतको प्रबर्द्धनमा आ–आफ्नो तर्फबाट योगदान पुर्‍याउन आग्रह गर्नुभएको छ ।

सन् २०१६ देखि प्रत्यक वर्ष गणतन्त्र दिवसको अवसर पारेर नेपाल डे परेड गरिँदै आएको छ । परेडमा न्यूयोर्क लगायत न्यूजर्सी र कनेक्टिकट राज्यबाट पनि नेपाली एवं नेपाली मूलका अमेरिकीहरुको उल्लेख्य सहभागिता हुने गरेको छ । परेडमा नेपाली कला, संस्कृति झल्किने विभिन्न झाँकीका साथै नेपालका विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रदर्शनी समेत गरिनेछ । परेड म्यानहाटन शहरमा र्याली र बाजागाजा सहित परिक्रमा पछि वृहत सभा गरिनेछ ।

परेडका लागि ई. टेम्बा शेर्पालाई कन्भेनर तोकिएको छ भने सातै प्रदेशको प्रतिनिधित्व हुने गरी समितिहरु निर्माण गरिएको परेड एवं एनआरएनए न्यूयोर्क च्याप्टरका अध्यक्ष हेमन्त मल्लले जानकारी दिनुभयो ।