२७ मंसिर २०८२, शनिबार
,
Latest
एनपीएल: उपाधि जित्न लुम्बिनीलाई ८६ रनको लक्ष्य मरिसकेको संविधानलाई जबर्जस्ती ब्युँताउन खोज्नु देशलाई थप दुर्घटनामा लैजानु हो: अध्यक्ष लिङदेन विघटित प्रतिनिधिसभाको पुन:स्थापना, संवैधानिक सरकार गठन र त्यसपछि ताजा जनादेश एनपिएल उपाधि भिडन्त: सुदूरपश्चिमविरुद्ध कप्तान पौडेलको ह्याट्रिक एमालेलाई देव गुरुङको प्रश्तावः देश संकटमुक्त गराउन मिलेर अघि बढौं एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित एनपिएल उपाधि भिडन्त: पावरप्लेमा सुदूरपश्चिमले तीन विकेट गुमायो जेन—जी आन्दोलनले मुलुकलाई गम्भीर समस्यामा धकेल्योः पूर्णबहादुर खड्का युवापुस्तालाई राज्यको मूल प्रवाहमा जोड्नुपर्ने नेपाल–चीन कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सवः छोङछिङ महानगरमा विविध सांस्कृतिक कार्यक्रम
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृहमन्त्रीलाई छानविनको दायरामा ल्याउन छानविन समिति चाहिएको हो: सांसद महत



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सांसद डा. प्रकाशशरण महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन हुनेगरी संसदीय छानविन समिति बनाउनुपर्ने बताउनुभएको छ ।

शुक्रवार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सांसद महतले गृहमन्त्री रवि लामिछानेमाथि नै छानविन गर्नका लागि संसदीय छानविन समिति आवश्यक भएको बताउनुभएको हो ।

उहाँले सहकारी ठगि प्रकरणमा गृहमन्त्री लामिछाने संलग्न रहेको भन्दै उहाँलाई छानविनको परिधिभित्र ल्याउनुपर्ने बताउनु भयो । उहाँले गृहमन्त्री लामिछाने शक्तिमा भएकाले सो उपर भइरहेको छानविनमा अनुचित प्रभाव पर्नसक्ने भन्दै सोही कारण संसदीय छानविन समितिको माग गरिएको बताउनु भयो । उहाँले सत्ता र शक्तिमा हुनेहरु छानविनमा नआउने तर सत्ता र शक्ति बाहिर हुनेहरु छानविनमा आउनेगरी समिति बन्नु नहुने उहाँको भनाई छ ।

उहाँले भन्नुभयो – ‘संसदीय छानविन समितिको मर्म दुरुपयोगमा संलग्न कोहीपनि कुनै सत्ता, शक्तिको कारणले छानविनको परिधिभित्र नआउने र जसको सत्ता, शक्ति बाहिर छैन उनीहरु मात्रै छानविनको परिधिमा आउने त्यस्तो भेदभावपूर्ण तरिकाबाट हुनु भएन । त्यसलाई समान किसिमबाट हेरिनुपर्छ । त्यस किसिमबाट छानविन समिति बन्ने कुरा न्युनतम कुरा हो । गृहमन्त्री पनि संलग्न हुनुहुन्छ भन्ने कुरा स्पष्ट छ । त्यसो हुनाले छानविनको दायरामा सबै आउनुपर्‍यो उहाँ लगायत । उहाँको पनि आउनुपर्‍यो । जति पनि सहकारी पीडित छन् त्यसको पनि छानविन गर्नुस् । यद्यपी राज्य संरचनाले कतिपय कुराहरु गरिपनि राखेको छ । अब त्यो विषय पनि संसदीय छानविन समितिले नै हेरोस् । रविजी शक्तिमा पनि हुनुहुन्छ । जिम्मेवारीमा पनि हुनुहुन्छ । त्यसकारण यो छानविन प्रक्रियामा अनुचित प्रभाव पर्ने सम्भावना छ । त्यसो हुनाले हामीले संसदीय छानविन समितिको माग गर्‍यौँ । होइन भने त्यस्तो आवश्यकता पर्दैन थियो । त्यसो हुनाले उहाँको विषय पनि त्यहाँ उल्लेख हुनुपर्‍यो ।’

सांसद महतले गिरिबन्धु टि स्टेटको सम्पूर्ण निर्णय प्रक्रियामा सत्तारुढ दलहरुनै संलग्न भएको भन्दै कांग्रेसको कुनै संलग्नता नरहेको जिकिर गर्नुभयो । उहाँले सो सम्बन्धमा अदालतको निर्णय कार्यान्वयन गर्ने जिम्मेवारी सरकारको पनि बताउनु भयो ।