२६ मंसिर २०८२, शुक्रबार
,
Latest
धुर्मुसको बकपत्र: रंगशालाको समस्या समाधान भएर हामीले कलाकारिता गरेर बाँच्न सक्ने अवस्था बनोस ओलीलाई कारबाही गर्ने प्रयास नेपालको राज्यसंयन्त्रलाई ध्वस्त पार्ने चाल: नेतृ रामकुमारी झाँक्री मुग्लिन पोखरा सडक : पश्चिम खण्डको मौरीओडारमा कालोपत्र थालियो नागढुङ्गा मलेखु सडकखण्ड : शुक्रबार र शनिबार आंशिक बन्द नहुने एनपिएलः अन्तिम खेल शनिबार, उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने एमालेको सचिवालय बैठक बस्दै, पदाधिकारीको संख्या फेरि बढाउने ! यसरी तयार हुदैछ एमालेको ११ औँ महाधिवेशन स्थल पैसठ्ठी वर्षका ऐरको ठेला व्यवसाय, स्वाभिमान र मेहेनतको जिउँदो कथा निर्वाचन आउन ८३ दिन बाँकी : जनसङ्ख्याका आधारमा समावेशी प्रतिनिधित्व गराउन समिति गठन एनआरएनको विकास कोषका लागि नियमावली परिमार्जन गरिने
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबारमा प्रचण्ड, ओली र रवि छलफलमा



फाईल फोटो
अ+ अ-

काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधानमन्त्री गृहमन्त्री एवं रास्वपाका सभापति रवि लामिछाने छलफलमा जुटेका छन् ।

सिंहदरबारमा जारी भेटमा पछिल्लो राजनीतिक घटनाक्रम, बिहिबार संसदको असामान्य परिस्थिति, कांग्रेसद्वारा निरन्तर जारी सदन अवरोधबारे छलफल भइरहेको बताइएको छ ।

उता नेपाली कांग्रेसले पनि बानेश्वर संसद भवनको ल्होत्से हलमा सरकारविरुद्ध संसदका प्रतिपक्षी दलका नेतासँग छलफल गरिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, संसद्मा बिहीबार भएको घटना र सहकारी ठगीमा संसदीय छानबिनलगायतका विषयमा छलफल हुने बताइएको छ ।

आजै बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको अडानबाट पछि नहट्ने निर्णय गरेको छ ।