२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कांग्रेस महाधिवेशन : २२३१ मत गणना हुँदा उपसभापतिमा चन्द्रकान्त भण्डारी र मधु आचार्य अगाडि News Polar केन्यास्थित नेपाली अवैतनिक वाणिज्यदूत डा. जिमी अस्करद्वारा सभामुख अर्यालसँग भेट News Polar हनुमानढोकामा जमरा राखिएसँगै बडादशैं सुरु News Polar बूढीगण्डकी बाढीः ३६ जनाको उद्धार News Polar बूढीगण्डकीमा भीषण बाढी : १० जना सम्पर्कविहीन, ३५ घर बगे News Polar `पहिरोले नदी थुनिँदा बूढीगण्डकीमा बाढी’ News Polar भक्तपुरको दुवाकोटमा एभरेस्ट मल्टी स्किल्स प्रालिको उद्घाटन News Polar बूढीगण्डकी बाढीप्रति देउवाद्वारा दुःख व्यक्त, उद्धारमा जुट्न कांग्रेस कार्यकर्तालाई आग्रह News Polar ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु News Polar गहवा माईमा दर्शनार्थीको भीड News Polar सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढ्यो News Polar बेनीघाट र मुग्लिनमा बाढीको उच्च जोखिम News Polar गलौँदीमा भासिएको पृथ्वी राजमार्ग खुलाउन दिनभर काम, ८० जना जनशक्ति परिचालन News Polar नेपाल मधुमेही समाजले तीन करोडको लागतमा मधुमेह उपचार तथा अनुसन्धान केन्द्र बनाउने News Polar समस्याग्रस्त सहकारीका बचतकर्तालाई विवरण अद्यावधिक गर्न आग्रह News Polar फलाखु खोलामा २४० फिट लामो बेलिब्रिज निर्माण, आज उद्घाटन हुँदै News Polar बागमतीलाई समृद्धिको मार्गमा अघि बढाउन प्रतिबद्ध छु : मुख्यमन्त्री थापा News Polar बुढीगण्डकी बाढीबाट भएको क्षतिप्रति राप्रपाको दुःख, उद्धार र राहतमा जुट्न सरकारसँग माग News Polar बुढीगण्डकी बाढीको कारण वर्षा मात्र होइन, ड्यामिङको सम्भावनाः मौसम विभाग News Polar बूढीगण्डकी बाढी : जगतबाट ६ जनाको हवाई उद्धार, नेपाली सेनाको टोली परिचालन

आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

आज मदन–आश्रित स्मृति दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
अ अ+ अ-

काठमाडौं । नेकपा (एमाले)का तत्कालीन महासचिव मदन भण्डारी तथा संगठन विभाग प्रमुख जीवराज आश्रितको स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । २०५० साल जेठ ३ गते चितवनको दासढुंगामा रहस्यमय जिप दुर्घटना हुँदा मदन–आश्रितको निधन भएको थियो ।

दुवै नेताको निधन भएको दिनको सम्झनामा जेठ ३ गते ‘मदन–आश्रित स्मृति दिवस’ मनाइन्छ । नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय र मातहातका कमिटीसहित तीनका भ्रातृ संगठनले विभिन्न कार्यक्रम गरी मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

‘बन्दुकको नालबाट मात्रै सत्ता कब्जा हुन्छ’ भन्ने परम्परागत कम्युनिस्ट मान्यतालाई चिर्दै ‘जनताको मतद्वारा नै सत्ता कब्जा हुन्छ’ भन्ने मान्यताका साथ ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रतिपादक नेताको रुपमा मदन भण्डारीलाई कम्युनिस्ट आन्दोलनको इतिहासमा सम्झिन्छ ।

उनको सिद्धान्तपछि विश्वभरिका कम्युनिस्ट ‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ वाट श्रमजीवि वर्गको सत्ता स्थापनाका लागि लाग्नुपर्छ भनेर प्रेरित हुन पुगेको राजनीतिक विश्लेषकले बताउँदै आएका छन् ।

मदन भण्डारी र जीवराज आश्रितको कार दुर्घटनाको रहस्य भने ३१ वर्षसम्म पनि रहस्यमै छ । उहाँहरुको निधनपछि नेकपा एमालेले पटकपटक सरकारको नेतृत्व गरेको छ । अहिले पनि सरकारमा सहभागी छ । तर दुर्घटनाको कारण पत्ता लगाउन सकेको छैन ।

मदन भण्डारीकी धर्मपत्नी विद्यादेवी भण्डारी गणतन्त्र नेपालको पहिलो महिला राष्ट्रपति बन्नुहुँदासमेत यो विषय अनुसन्धान गर्नुपर्ने चर्चा भए पनि अनुसन्धान हुन सकेन । भण्डारी दुई कार्यकाल राष्ट्रपति बन्दा धेरैले यो विषयको अनुसन्धानका लागि पहल गर्नुपर्ने बताए पनि त्यो भएन ।

कार दुर्घटनाको जीवित प्रमाण मानिएका चालक अमर लामाकोसमेत हत्या भइसकेकाले यो दुर्घटना अझ रहस्यमय बनेको छ ।