• ११ श्रावण २०८१, शुक्रबार
  •      Fri Jul 26 2024
  •   Unicode
Logo
Latest
★   भेडेटारमा स्काइ टावर ★   मौद्रिक नीतिले समर्थन र स्वागत पाएको छः प्रधानमन्त्री ★   संघीय संसदले सहकारी संस्थाहरुको नियमन गर्नुपर्छः पूर्वअर्थमन्त्रीहरु ★   विमान दुर्घटनामा ज्यान गुमाउने पाँच जनाको शव आफन्तले बुझे ★   गृहमन्त्री लेखकसँग पूर्वसांसद मञ्चका प्रतिनिधिको भेट ★   सदन र सडकलाई प्रभावकारी ढंगले जोड्छौँ: माओवादी केन्द्र ★   दुई वर्षभित्र सबै नागरिकको घरमा विद्युत् सेवा: ऊर्जामन्त्री ★   भ्रष्टाचारविरूद्व कदम चाल्दा सरकारबाट हटाइयो – प्रचण्ड ★   कोशी सरकारबाट बाहिरियो माओवादी ★   ओबामाको समर्थनले ह्यारिसलाई राष्ट्रपतीय उम्मेदवारीका लागि थप बल पुग्ने

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री सोडारीले आज विश्वासको मत लिँदै, एमालेले मत दिने तर सरकारमा नजाने



धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले आज विश्वासको मत लिँदै हुनुहुन्छ । मुख्यमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि आज प्रदेशसभाको बैठक बोलाइएको छ ।

गठबन्धनका तर्फबाट मुख्यमन्त्री बनेका सोडारीलाई नेकपा एमाले पनि विश्वासको मत दिने निर्णय गरेको छ । हिजो बसेको एमाले प्रदेश संसदीय दलको बैठकले विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने निर्णय गरेको हो ।

एमालेले विश्वासको मतको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप पनि जारी गरेको छ ।

एमालेकै समर्थनमा वैशाख ६ गते मुख्यमन्त्री नियुक्त भएका एकीकृत समाजवादीका सोडारीले यसअघि वैशाख २१ र २२ गते विश्वासको मत लिने तयारी गरेका थिए । तर एमाले तयार नभएपछि तेस्रो पटक जेठ ३ गते विश्वासको मत लिन बैठक आह्वान गरिएको छ ।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत प्राप्त गर्न २७ सदस्यको समर्थन चाहिन्छ । सोडारीको पक्षमा नेकपा माओवादी केन्द्रका १०, एमालेका १०, नागरिक उन्मुक्तिका २, स्वतन्त्र एक र एकीकृत समाजवादीका चार सांसदको समर्थन छ ।