३ भाद्र २०८३, बुधबार
,
Latest
चीन र अष्ट्रेलियाबीच मुद्रा तथा वित्तीय सहकार्य विस्तार इन्डोनेसियामा भूकम्पको चार दिनपछि जनजीवन सामान्यतर्फ फर्किंदै चट्याङ लागेर घाइते भएका एक जनाको मृत्यु बगेर बेपत्ता भएका दुई किशोरको शव फेला सम्पादक श्रेष्ठलाई पक्राउ नगर्न अन्तरिम आदेश परराष्ट्रमन्त्री खनालको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल राष्ट्रसंघको ८१ औँ महासभामा सहभागी हुने राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घबहादुर राव‍ल नियुक्त कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण भलिबल लिगलाई एक्स्ट्रिमको साथ ‘मानवअधिकारको संरक्षण तथा प्रवद्र्धनमा नेपाल र चीनबीचको सहकार्यले निरन्तरता पाउने विश्वास’
तपाईं के खोज्दै हुनुहुन्छ ?

साउथह्याम्पटनलाई हराउँदै लेस्टर दोस्रो स्थान उक्लिएर उपाधिको होडमा



अ+ अ-

लन्डन । शनिबार इंग्लिस प्रिमियर लिगमा च्याम्पियन लिभरपुललाई उछिनेर लेस्टर सिटी दोस्रो स्थान उक्लेको छ । जेम्स म्याडिसन र हार्भे बार्नेसको गोलमा लेस्टरले साउथह्याम्पटनलाई घरमा २–० ले हरायो । यो जितपछि लेस्टर पनि उपाधि होडमा सामेल भएको हो । ब्रेन्डन रोजर्सको टिमको अब १८ खेलबाट ३५ अंक भएको छ । यो शीर्ष स्थानमा रहेको म्यानचेस्टर युनाइटेडसँग एक अंकको दूरी हो ।

अर्को खेलमा चेल्सीले १० खेलाडीमा सीमित फुलहमलाई १–० ले हरायो । यसले व्यवस्थापक फ्रायन्क लाम्पार्डलाई राहत प्रदान गरेको छ । खेलको निर्णायक गोल मेसन माउन्टले खेलको अन्त्यतिर गरे र टिम २९ अंकमा सातौं स्थानमा उक्लियो ।

यस्तै वेस्ट ह्यामले बर्नलीलाई १–० ले हरायो । त्यसमा मिचाइल एन्टोनियोले एक मात्र गोल गरे । जितपछि वेस्ट ह्याम आठौं स्थानमा उक्लेको छ ।