• १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
  •   Unicode
Logo

देउवाका ज्योतिषीले भने– सन्दीप लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग छ



काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको ज्यातिषी सुरेशचन्द्र रिजालले जबरजस्ती करणीको अभियोगमा दोषी ठहर भई ८ वर्षको कैद सजाय पाएका क्रिकेट सन्दीप लामिछानेको फैसला उल्टिने दाबी गरेका छन् ।

लामिछानेविरुद्धको मुद्दाको आज उच्च अदालत पाटनले फैसला सुनाउँदै छ । ज्योतिषी रिजालले लामिछानेको फैसला उल्टिने वक्रदृष्टि ग्रहयोग परेको दाबी गरेका हुन् । उनले सामाजिक सञ्जालमार्फत् लामिछानेको फैसला उल्टिने बक्रदृष्टि ग्रहयोग परेको छ भनेर भविष्यवाणि गरेकै कारण मंगलबार फैसला हेर्दाहेर्दैमा ाखिएपछि उनका विपक्षीहरुले फोन तथा सामाजिक सञ्जालबाट निकै धम्कीपूण दबाब दिइरहेको बताएका छन् । सत्यको जित अवश्य हुन्छ पनि उनले भनेका छन् ।

जिल्ला अदालत काठमाडौँले गत पुस २५ गते लामिछानेले काल्पनिक नाम गौशाला २६ रहेकी युवतीलाई जबरजस्ती करणी गरेको ठहर गर्दै ८ वर्ष कैद र ५ लाखको जरिवानाको फैसला गरेको थियो ।

सो फैसला लगत्तै पनि ज्योतिजी रिजालले वक्रदृष्टि खण्डित ग्रहयोगमा आठ वर्ष कैद सजाय भएकोले छिट्टै फैसला उल्टने संकेत रहेको बताएका थिए ।

ज्योतिजी रिजाल कांग्रेस सभापति शेरबहादुर देउवा ७ पटक प्रधानमन्त्री हुने भविष्यवाणी गरेर चर्चामा आएका थिए ।