६ पुष २०८१, शनिबार
,
Latest
प्रदेश राज्यमन्त्रीको गाडी भारतमा दुर्घटनाः तीन जना घाइते एआईबाट भिडियो बनाएर चरित्रहत्या गरेको भन्दै गायिका समीक्षाबाट उजुरी पावर प्लेमा जनकपुरले बटुलेको रनले नतिजामा फरक पर्यो– सुदूरपश्चिमका प्रशिक्षक टमटा मेरा लागि ललित राजवंशी उत्कृष्ट खेलाडी हुन्ः जनकपुरका प्रशिक्षक पुबुदु एस्टन भिल्लासँग हार्यो म्यान्चेस्टर सिटी प्रधान सेनापति सिग्देलबाट पूर्वी पृतना मुख्यालयको निरीक्षण प्रधानमन्त्रीद्वारा क्रिकेट विजेतालाई बधाई दक्षिण ललितपुरका विकट गाउँमा नि:शुल्क वृहत प्रजनन स्वास्थ्य शिविर एनपिएल विजेता र उपविजेताले कति–कति पैसा पाए ? एनपिएल विजेतालाई राष्ट्रपतिको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

हरित रोजगारीका निम्ति कोरियाले ९८ लाख डलर दिने



अ+ अ-

काठमाडौं । कोरिया सरकारले पोखरामा हरित रोजगारी सिर्जनाका निम्ति ९८ लाख अमेरिकी डलर प्रदान गर्ने भएको छ ।

सहयोगसम्बन्धी समझदारीपत्रमा नेपालका लागि कोरियाका राजदूत तेयोङ पार्क र अर्थसचिव मधुकुमार मरासिनीले मङ्गलबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।

कोरियाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका)मार्फत उक्त रकम पोखरा महानगरपालिकालाई प्रदान गरिनेछ । महानगरपालिकासँगको सहकार्यमा फोहरमैला व्यवस्थापनका माध्यमबाट हरित रोजगारी सिर्जना गरिनेछ । हरित रोजगारी परियोजना राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी)मार्फत सञ्चालन हुनेछ ।

त्यस अवसरमा अर्थसचिव मरासिनीले नेपालको सामाजिक–आर्थिक विकासमा कोरियाबाट निरन्तर सहयोग प्राप्त भएकामा कृतज्ञता व्यक्त गर्नुभयो ।

राजदूत पार्कले परियोजनाका माध्यमबाट नेपालको आर्थिक विकासमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँले कोरिया र नेपालबीच कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पुगेको सन्दर्भमा आपसी सहयोग विस्तारमा जोड दिइएको उल्लेख गर्दै नेपाल कोरियाको प्राथमिकता प्राप्त देश हो भन्नुभयो । रासस