५ पुष २०८२, शनिबार
,
Latest
तनहुँमा ६८ जना कैदीबन्दी अझै फर्किएनन् यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बाँसका भौतिक संरचना निर्माणसम्बन्धी मार्गदर्शन–२०८२ सार्वजनिक भएपछि उत्साहित छ ‘रूपाकोट मझुवागढी’ प्रथम कावासोती गोल्डकप आजदेखि सुरु हुँदै सुनौलो परिवार नेपाल र रिलायन्स फाइनान्स लिमिटेडबीच सहकार्य कण्ठरोग निवारणमा सफलता : गलगाँडको समस्या शून्य दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने
तपाईं के खोज्दै हुनुहुन्छ ?

इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति पूर्वराष्ट्रपति भण्डारीद्वारा दु:ख व्यक्त



अ+ अ-

काठमाडौं । इतिहासविद् ज्ञानमणि नेपालको निधनप्रति पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले दु:ख व्यक्त गर्नुभएको छ ।

पूर्वराष्ट्रपति भण्डारीले सामाजिक सञ्जालमार्फत् इतिहासविद् नेपालको निधनमा दु:ख व्यक्त गर्नुभएको हो । उहाँले भन्नुभएको छ– ‘नेपाल निरुपण’, ‘नेपाल निरुक्त’, ‘नेपाल–भोटचीन सम्बन्धका केही सांस्कृतिक पक्ष’, ‘नेपालको महाभारत’ लगायत दर्जनौँ अनुसन्धानमूलक पुस्तकका लेखक, नेपाली इतिहास लेखनको अनुसन्धानकर्ता, नेपालको सांस्कृतिक इतिहासका ज्ञाता एवं खोजकर्ता इतिहासविद् ज्ञानमणि नेपालको निधनको खबरले दु:खी भएको छु ।’

पूर्वराष्ट्रपति भण्डारीले इतिहासविद् नेपालको निधनबाट हामीले नेपाली इतिहासको वस्तुपरक अध्ययन र अनुसन्धानमा संलग्न एक देशभक्त वौद्धिक व्यक्तित्व गुमाएका छौं भन्नुभएको छ । उहाँले दिवंगत ज्ञानमणि नेपालप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।

इतिहासविद् नेपालको ९१ वर्षको उमेरमा मंगलबार निधन भएको थियो ।