१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएका थिए । बहस टुंग्याएर सकेसम्म आजै फैसला गर्ने तयारी रहेको थियो ।

तर, बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । भोलि नै फैसला आउन सक्ने सम्भावना प्रवल छ ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरेका थिए ।

यस्तै, गौशाला २६ को तर्फबाट २ सरकारी वकिल र उनका निजी वकिलहरूले बहस गरेका थिए ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनुवाइ भइरहेको हो ।

सन्दीपको मुद्दामा पटकपटक सुनुवाइ हुन नसक्दा उनी टी–२० विश्वकप खेल्न पाउने कि नपाउने भन्ने अन्योल छ ।