५ पुष २०८२, शनिबार
,
Latest
दुइ पान्डाको एक असाधारण र भावनात्मक कथा यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर राष्ट्र बैङ्कले एक अर्ब २० करोड बैङ्क तथा वित्तीय संस्थामा लगानी गर्ने चितवनको शक्तिखोर औद्योगिक क्षेत्र सार्वजनिक निजी साझेदारीमा निर्माण हुने देशभर १० हजार नौ सय ६७ मतदान स्थल कायम प्रधानमन्त्री कार्कीको आग्रह: आक्रोश र सपनालाई अब मतपत्रमा व्यक्त गर्नुहोस् ‘पाठ्यपुस्तक बालमैत्री र लैङ्गिकमैत्री हुनुपर्छ’ नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल नेपाललाई ध्यान केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड साफ महिला क्लब च्याम्पियनसिप फाइनलः एपीएफ र इस्ट बङ्गाल भिड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपको मुद्दा आज पनि हेर्दाहेर्दैमा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । क्रिकेटर सन्दीप लामिछानेको मुद्दा आज पनि हेर्दाहेर्दैमा परेको छ । अदालती समयपछि पनि न्यायाधीशले बहसलाई निरन्तरता दिएका थिए । बहस टुंग्याएर सकेसम्म आजै फैसला गर्ने तयारी रहेको थियो ।

तर, बहस नसकिएको भन्दै मुद्दालाई हेर्दाहेर्दैमा राखिएको हो । भोलि यही इजलासमा मुद्दाको सुनवाइले निरन्तरता पाउने छ । भोलि नै फैसला आउन सक्ने सम्भावना प्रवल छ ।

सन्दीपको मुद्दाको आज पहिलो नम्बरमै पालो थियो र बिहानैबाट बहस सुरु भएको थियो । सन्दीपको पक्षबाट ५ वकिलहरूले बहस गरेका थिए ।

यस्तै, गौशाला २६ को तर्फबाट २ सरकारी वकिल र उनका निजी वकिलहरूले बहस गरेका थिए ।

जिल्ला अदालत पाटनले सन्दीपलाई दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएको थियो । त्यसविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा सुनुवाइ भइरहेको हो ।

सन्दीपको मुद्दामा पटकपटक सुनुवाइ हुन नसक्दा उनी टी–२० विश्वकप खेल्न पाउने कि नपाउने भन्ने अन्योल छ ।