१८ भाद्र २०८३, बिहीबार
,
Latest
रसुवा भोटेकोशी बाढीः झन्डै चार खर्ब रुपैयाँ बराबरको क्षति भएको अनुमान, ‘अर्ली रिकभरी’को लागि ७… सुदूरपश्चिममा आकस्मिक बाढीको जोखिमः सतर्क रहन आग्रह बाइरोडको बाटो हुँदै २४ हजार ५०० सिलिण्डर उपत्यकामा आयो एक सातामा २५२ कन्टेनर कोरला पुगे पोखरा-दुबई उडान प्रभावकारी बनाउन पहल मारुती सिमेन्ट्सद्वारा प्रधानमन्त्री राहत कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग रक्षा बन्धनमा घर आउने भनेका सुनिल अझै बेपत्ता, परिवार शोकमा बाढी प्रभावित विद्यालय पुनःनिर्माणमा ‘ठूला विद्यालय’को अवधारणाः शिक्षामन्त्री पोखरेल पुत्रको दीर्घायुको कामना गर्दै–तीन छठ्ठी पर्व कमाण्डरसहित सहकर्मी गुमाउँदा पनि टिमुरेमा खटिइरह्यो सशस्त्र प्रहरी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीप बिना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा



अ+ अ-

काठमाडौँ । सरकारले सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गर्ने घोषणा गरेको छ ।

मगलवार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रश्तुत गर्दै यस्तो बताउनुभएको हो । उहाँले श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिने बताउनु भयो । उहाँले रोजगार व्यवस्थापन र सिप विकासका लागि एकिकृत राष्ट्रिय रोजगार ढाचा कार्यान्वयनमा ल्याइने बताउनु भयो । राष्ट्रिपति पौडेलले सञ्चालनमा रहेका व्यवसायीक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तर उन्नती गरिने पनि उल्लेख गर्नुभयो ।

उहाँले रोजगार तथा स्वरोजगार सम्बन्धि प्रधानमन्त्री रोजगार,युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकिकृत रुपमा मर्ज गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने बताउनु भयो । उहाँले प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिने बताउनु भयो ।

सरकारकाले बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेखसहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने बताउनु भयो। उहाँले श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने बताउनु भयो । उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार सम्बद्ध कानूनमा परिमार्जन गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘श्रम बजारमा उपलब्ध जनशक्तिलाई दक्ष बनाउँदै बजारको माग अनुसार उत्पादनशिल रोजगारी प्रवद्र्धन गरिनेछ । रोजगार व्यवस्थापन र सिप विकासका लागि एकिकृत राष्ट्रिय रोजगार ढाचा कार्यान्वयनमा ल्याइनेछ । सञ्चालनमा रहेका व्यवसायीक सीप विकास तालिम केन्द्रलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरुप स्तर उन्नती गरिने छ । रोजगार तथा स्वरोजगार सम्बन्धि प्रधानमन्त्री रोजगार,युवा स्वरोजगार कोष र सिप विकास तथा रोजगार प्रवद्र्धन लगायतका कार्यक्रमलाई एकीकृत गरी प्रभावकारी रुपमा कार्यान्वयन गर्ने व्यवस्था मिलाइनेछ । प्रदेशमा निजी क्षेत्रसमेतको सहकार्यमा बाहुप्राविधि शिक्षालय स्थापना गरिनेछ । बेरोजारीलाई रोजगारीको पूर्ण अभिलेख सहित रोजगारी खोज्ने सीप विकास तथा रोजगार प्राधिकरण कोष स्थापना गर्ने व्यवस्था मिलाइने छ ।

श्रम नीतिलाई थप सक्रिय बनाउँदै विभिन्न देशहरुसँगको श्रम सम्झौता पुनारावलोकन तथा थप मुलुकहरुसँग श्रम सम्झौता गरिने छ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन वैदेशिक रोजगार संवद्ध कानूनमा परिमार्जन गरिनेछ । वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइनेछ । वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखिकरण तालिमलाई निःशुल्क बनाइनेछ । सीप विना वैदेशिक रोजगारीमा जाने व्यवस्थाको अन्त्य गरिनेछ ।

उहाँले वैदेशिक रोजगारीलाई सुरक्षित र मर्यादित बनाउन श्रम स्थानान्तरण गर्ने नीति लिइने बताउनु भयो। उहाँले वैदेशिक रोजगारीमा जानुपूर्व दिने अभिमुखिकरण तालिमलाई निःशुल्क बनाइने पनि बताउनु भयो ।